मुगु : ११ वर्षदेखि बेसाहारा भई कहिले कसैको गाईगोठ त कहिले ओडारमा बस्दै आएका एक वृद्धले साहारा पाएका छन्।
मुगुको कार्मारोङ गाउँपालिका-९ छायालका ७१ वर्षीय बलरुप बढुवाल साहारा विहीन थिए। यो उमेरमा साहारा दिने कोही नभएपछि बेसाहारा भई ओडार र गाईगोठमा बस्दै आएका वृद्ध बढुवालले शनिबारबाट साहारा पाएका हुन्।
उनको परिवारमा कोही पनि छैनन्। उनको खेतबारी छिमेकीले उपभोग गर्दै आएका छन्। खेतबारी भएपनी खेतबारी उपभोग गर्ने छिमेकिबाट बढुवालको हेरचाह र स्याहार खान लगाउन पाएका थिएनन्।
छिमेकि गाउँ माग्री र चिमातमा केही समय अरूको गोठालो बस्दै आएका थिए। उमेर ढल्कँदै गएको र बाथरोगले हार्डजोर्नीमा समस्या आएपछि उनी गोठालो बस्न सकेनन।
अरूले दिएको गाउँबाट मागेर ल्याएको खानेकुराको भरमा कहिले कसैको गाईगोठमा बस्दै आएका थिए। बढुवाललाई ओडारमा बस्दै आएको देखेपछि मुगुम कामारोङ गाउँपालिका स्वास्थ्य निरीक्षक बलिबुढा सुर्खेतमा रहेको प्रशान्ति वृद्धाआश्रममा पुर्याएपछि बढुवालले साहारा पाएका मुगुम कार्मारोङ गाउँपालिका-९ का वडाध्यक्ष रतन बुढाले बताए।
Discussion about this post