Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

बारामा अपराधमा संलग्न भई अदालतबाट दोषी ठहर भएका ३ सय ३२ फरार अभियुक्त पक्राउ


बारामा अपराधमा संलग्न भई अदालतबाट दोषी ठहर भएका ३ सय ३२ फरार अभियुक्त पक्राउ

बारा — प्रहरीले बाराका विभिन्न स्थानबाट अपराधमा संलग्न भई अदालतबाट दोषी ठहर भएका ३ सय ३२ जना फरार आरोपितहरूलाई एकै दिन पक्राउ गरी अदालतमा बुझाएको छ ।

उनीहरुलाई सोमबार बिहानैदेखि बेलुकासम्म योजनाबद्ध ढंगले पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका त्यस्ता फरार प्रतिवादीहरुमध्येका कोहीलाई प्रहरीले देखेर पनि नदेखे झैं बेवास्ता गर्दै आएकाले यसअघि उनीहरु पक्राउ पर्न सकेका थिएनन् ।

केही भने प्रहरीलाई छलेर लुकीछिपी बस्दै आएका थिए । विभिन्न अपराध र कसुरमा दोषी ठहर भएर पनि जरिवाना तथा सजायबाट उम्केर बस्नेहरुको अदालत र प्रहरीमा लामै सूची छ ।

‘फैसला कार्यान्वयनमा ल्याई राज्यको विधि र कानुनको सम्मान गर्ने उदेश्यले फरारहरुलाई पक्राउ गर्ने अभियान अन्तर्गत पक्राउ गरिएको छ,’ प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले भने, ‘लामो समयदेखि अदालतबाट कैद तथा जरिवानाको फैसला भई कानुनी कारबाहीको दायराबाट भाग्दै लुकीछिपी बस्दै आएका फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको हो ।’

उनका अनुसार पक्राउ पर्नेहरूमा सबैभन्दा बढी ६ वर्ष ५ महिना १० दिन कैद सजाय भएका बारा कलैया उपमहानगरपालिका १ का विजय दासदेखि बैकिङ कसुर मुद्दामा ७ लाखसम्म जरिवानामा परेका पचरौता नगरपालिका २ का एजाजुल हक अन्सारी, हातहतियार खरखजाना मुद्दामा २ वर्ष ११ महिना ६ दिन कैद सजाय परेका निजगढ नगरपालिका १ बस्ने बासु चौधरी लगयात छन् ।

पक्राउ परेकामध्ये ३६ जनालाई पर्साको वीरगन्ज कारागार चलान गरिएको छ भने बाँकी जरिवाना भुक्तान गरी मुक्त भएका छन् । प्रहरीका अनुसार अधिकांश हत्या, सवारी ज्यान, हातहतियार तथा लागूऔषध ओसारपसार, किर्ते, चोरी डकैती, लेनदेनलगायत मुद्दाका दोषीहरु पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # मधेश प्रदेश
दैनिक संजाल

दैनिक संजाल

Related Posts

श्रीमान्को हत्या आरोपमा पाँच वर्षपछि श्रीमती पक्राउ

श्रीमान्को हत्या आरोपमा पाँच वर्षपछि श्रीमती पक्राउ

बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

जबर्जस्ती करणीपछि एक महिला र बालिकालाई भारत लैजान खोज्ने दुई भारतीय पक्राउ

नेपालका मदरसाहरुमा कट्टरपन्थी र अपराधी गतिविधि बढ्दै

नेपालका मदरसाहरुमा कट्टरपन्थी र अपराधी गतिविधि बढ्दै

लोकप्रिय

रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ चाहिँदैन [ केपी ओली ]

रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ चाहिँदैन [ केपी ओली ]

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ, रास्वपा सरकारबाट बाहिरिने अवस्था छ

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ, रास्वपा सरकारबाट बाहिरिने अवस्था छ

प्रचण्डले भने– सरकार तलमाथि हुँदैन

प्रचण्डले भने– सरकार तलमाथि हुँदैन

सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

भारतको उत्तरप्रदेश स्थित अयोध्यामा बिहीबार एक कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण

भारतको उत्तरप्रदेश स्थित अयोध्यामा बिहीबार एक कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण

Mahendranagar land scam case: Corruption case filed against 37 people

घूस लिएर गलत बकपत्र गर्ने सरकारी साक्षीमाथि भ्रष्टाचार मुद्दा

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : सैलेन्द्र क्रान्ति
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.