• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

बारामा अपराधमा संलग्न भई अदालतबाट दोषी ठहर भएका ३ सय ३२ फरार अभियुक्त पक्राउ

बारामा अपराधमा संलग्न भई अदालतबाट दोषी ठहर भएका ३ सय ३२ फरार अभियुक्त पक्राउ
Share on FacebookShare on Twitter

बारा — प्रहरीले बाराका विभिन्न स्थानबाट अपराधमा संलग्न भई अदालतबाट दोषी ठहर भएका ३ सय ३२ जना फरार आरोपितहरूलाई एकै दिन पक्राउ गरी अदालतमा बुझाएको छ ।

उनीहरुलाई सोमबार बिहानैदेखि बेलुकासम्म योजनाबद्ध ढंगले पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका त्यस्ता फरार प्रतिवादीहरुमध्येका कोहीलाई प्रहरीले देखेर पनि नदेखे झैं बेवास्ता गर्दै आएकाले यसअघि उनीहरु पक्राउ पर्न सकेका थिएनन् ।

केही भने प्रहरीलाई छलेर लुकीछिपी बस्दै आएका थिए । विभिन्न अपराध र कसुरमा दोषी ठहर भएर पनि जरिवाना तथा सजायबाट उम्केर बस्नेहरुको अदालत र प्रहरीमा लामै सूची छ ।

‘फैसला कार्यान्वयनमा ल्याई राज्यको विधि र कानुनको सम्मान गर्ने उदेश्यले फरारहरुलाई पक्राउ गर्ने अभियान अन्तर्गत पक्राउ गरिएको छ,’ प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले भने, ‘लामो समयदेखि अदालतबाट कैद तथा जरिवानाको फैसला भई कानुनी कारबाहीको दायराबाट भाग्दै लुकीछिपी बस्दै आएका फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको हो ।’

उनका अनुसार पक्राउ पर्नेहरूमा सबैभन्दा बढी ६ वर्ष ५ महिना १० दिन कैद सजाय भएका बारा कलैया उपमहानगरपालिका १ का विजय दासदेखि बैकिङ कसुर मुद्दामा ७ लाखसम्म जरिवानामा परेका पचरौता नगरपालिका २ का एजाजुल हक अन्सारी, हातहतियार खरखजाना मुद्दामा २ वर्ष ११ महिना ६ दिन कैद सजाय परेका निजगढ नगरपालिका १ बस्ने बासु चौधरी लगयात छन् ।

पक्राउ परेकामध्ये ३६ जनालाई पर्साको वीरगन्ज कारागार चलान गरिएको छ भने बाँकी जरिवाना भुक्तान गरी मुक्त भएका छन् । प्रहरीका अनुसार अधिकांश हत्या, सवारी ज्यान, हातहतियार तथा लागूऔषध ओसारपसार, किर्ते, चोरी डकैती, लेनदेनलगायत मुद्दाका दोषीहरु पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # मधेश प्रदेश
दैनिक संजाल

दैनिक संजाल

Related Posts

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

सिरहामा अज्ञातले गोली हानी प्रेमनाथ यादवको हत्या, प्रहरीले अनुसन्धान जारी

सिरहामा अज्ञातले गोली हानी प्रेमनाथ यादवको हत्या, प्रहरीले अनुसन्धान जारी

कालोसूचीमा राख्ने प्रलोभन देखाएर ठगी प्रयास, नक्कली अधिकृत पर्दाफास

कालोसूचीमा राख्ने प्रलोभन देखाएर ठगी प्रयास, नक्कली अधिकृत पर्दाफास

सिन्धुली बैंक लुटमा दुई करोड ६८ लाखभन्दा बढी रकम बरामद

सिन्धुली बैंक लुटमा दुई करोड ६८ लाखभन्दा बढी रकम बरामद

बलात्कारपछि हत्या आरोपित छिमेकी पक्राउ, परिवारले अझै शव बुझेनन्

बलात्कारपछि हत्या आरोपित छिमेकी पक्राउ, परिवारले अझै शव बुझेनन्

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

Discussion about this post

© Dainik Sanjal

भर्खरै

Balanced approach of no kyc casino network

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In