Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

कालीगण्डकीको शीला जनकपुर पुग्दै, माघ १६ मा अयोध्या पठाइने


कालीगण्डकीको शीला जनकपुर पुग्दै, माघ १६ मा अयोध्या पठाइने
काठमाडौं- भारत उत्तर प्रदेशको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा भगवान रामको मुर्ति निर्माणका लागि कालीगण्डकीको शीला शनिबार जनकपुरधाम पुग्ने भएको छ।

म्याग्दी कालीगण्डकीको शीला मधेस प्रदेसको जनकपुरधाम हुँदै अयोध्या पठाउन लागिएको हो। आइतबार बिहान जनकपुरधामको जानकी मन्दिरमा शीलाको पूजा गरेर अयोध्यातर्फ पठाइने जानकी मन्दिरका महन्त रामतपेश्वर दासले बताए।

‘कालीगण्डकीबाट पठाइएको शीला शनिबार जनकपुर पुग्दैछ,’ दासले भने,‘आइतबार पूजाआजापछि शीलाई अयोध्या पठाउँदैछौं।’ जनकपुरधाम र अयोध्याबीचको धार्मिक र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउन नेपाल सरकारले कालीगण्डकी किनारबाट दुई थान शीला अयोध्यातर्फ पठाउन लागेको हो।

राम मन्दिरमा भगवान रामको मूर्ति निर्माणका कालीगण्डकीको शीला पठाइदिन अयोध्यास्थित राम मन्दिर निर्माण समितिबाट अनुरोध भएपछि नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले अग्रसरता लिएका थिए। ‘जनकपुरधाम र अयोध्याबीच पौराणिक सम्बन्ध छ। हामीले राम मन्दिरमा जनकपुरधा र नेपालका तर्फबाट यहिँ निर्माण गरिएको धनुष राख्न प्रस्ताव ग¥यौं।

उहाँहरूले भगवान रामको मुर्ति निर्माणका लागि कालीगण्डकीको शीला उपलब्ध गराइदिन भन्नुभयो,’ पूर्वउपप्रधानमन्त्रीसमेत रहेका निधि भन्छन्,‘हामीले उहाँहरूको प्रस्तावलाई स्वीकार गर्नुभयो। अब शीला पठाउने कार्य अन्तिम चरणमा छ। राम भगवानको मुर्ति निर्माणका लागि नेपालबाट कालीगण्डकीको शीला पठाउन पाउँदा खुशी लागेको छ।’

मुर्ति निर्माणका लागि कालीगण्डकीको शीला पठाउने कामले जनकपुरधाम–अयोध्या–म्याग्दीका साथै दुई देशबीच रहेको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने निधिको भनाइ छ।

रामको मुर्ति निर्माणका लागि कालीगण्डकी किनारबाट १६ र १८ टन गरी दुई थान शीला अयोध्या पठाइँदैछ। भूगर्भविदहरूले क्यालसाइट र क्वार्जाइट प्रजातिका शीलाबाट निर्माण हुने मुर्तिको आयु एक हजार वर्षभन्दा बढी हुने बताएका छन्। अयोध्या पठाउनुअघि कालीगण्डकीमा गत साता दुवै शीलाको पुजा गरिएको थियो। पूर्वउपसभापति निधि र उनकी पत्नी अनामिका निधिले कालीगण्डकीमा क्षमा पूजा गरेका थिए।

राम मन्दिर निर्माण समिति र नेपाल सरकारसँग निरन्तर समन्व्य गरिरहेका नेता निधिले कालीगण्डकीको शीला अयोध्या पठाउन मुख्य भूमिका निर्वाह गरेका हुन्।

‘२–३ वर्षअघि विवाहपञ्चमीको अवसरमा अयोध्याबाट धेरै साधुसन्तहरू पाहुना बनेर आउनु भएको थियो। राम मन्दिर निर्माण समितिका पदाधिकारीहरू पनि हुनुहुन्थ्यो। नेपालका लागि तत्कालीन भारतीय राजदूत मञ्जिव पुरी पनि आमन्त्रित हुनुहुन्थ्यो। त्यही बेला पहिलोपटक हामीले धातुले निर्माण गरिएको धनुष अयोध्याको राम मन्दिरमा राख्न अनुरोध गरेका थियौं,’ उनी सम्झन्छन्,‘उताबाट कालीगण्डकीको शीला उपलब्ध गराउन प्रस्ताव आयो। त्यसपछि निरन्तर छलफल चलिरह्यो, प्रक्रिया अगाडि बढ्यो। अब शील अयोध्यातर्फ जाँदैछ।’

यसबीचमा निधिले राम जन्मभूमि ट्रस्टका प्रमुख चम्पत राय, राम मन्दिर निर्माण समितिका प्रमुख नृपेन्द्र मिश्र, भारतको सत्तारुढ दलका विदेश विभाग प्रमुख विजय चौथाइवालेलगायतसँग भेटेर छलफल गरेका थिए।

अयोध्यामा रामको मुर्ति बनाउन राम जन्मभूमि तीर्थ क्षेत्र कार्यालयले कालीगण्डकीको शीला पठाउन जानकी मन्दिरलाई कात्तिक १९ गते पत्राचार गरेको थियो। पुस ३ गते बसेको नेपाल सरकारको मन्त्रिपरिषद बैठकले कालीगण्डकी नदी क्षेत्रबाट दुई थान शीला जनकपुरधामस्थित जानकी मन्दिर हुँदै अयोध्यासम्म लग्न स्वीकृति प्रदान ग¥यो।

त्यसपछि पुस ६ गते गण्डकी प्रदेस सरकारले सैद्धान्तिक सहमति जनाएको थियो।

‘सरकारबाट स्वीकृति पाइसकेपछि हामी म्याग्दीको गलेश्वर पुगेर माघ १ गते सीला पूजन ग¥यौं। यो दुवै शीला सर्वसाधारणको दर्शन र पूजाआजाका लागि बढीमा माघ १४ सम्म जनकपुर पुग्नेछ,’ निधि भन्छन्,‘त्यसपछि अयोध्याका लागि हिँड्छौं। १८ गतेसम्म अयोध्या पुग्छौं। राम मन्दिर निर्माण समितिलाई दुवै शीला हस्तान्तरण गर्न म आफैं त्यहाँ हुनेछु।’

शीला हस्तान्तरण भएको केही दिनपछि एक अष्ट धातुले नेपालमै निर्माण गरिएको धनुष पनि हस्तान्तरण गरिने निधिले बताए। शीला हस्तान्तरण कार्यबाट नेपाल र भारतबीच वर्षौंदेखि रहँदै आएको धार्मिक, सांस्कृतिक र कूटनीतिक सम्बन्ध थप मजबुत हुने अपेक्षा गरिएको छ। आयोमेल बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ, रास्वपा सरकारबाट बाहिरिने अवस्था छ

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ, रास्वपा सरकारबाट बाहिरिने अवस्था छ

सृजना पुस्तकालयको सामाजिक लेखा परिक्षण सम्पन्न

सृजना पुस्तकालयको सामाजिक लेखा परिक्षण सम्पन्न

बन्द गरेर बिद्यार्थीको भबिस्यसंग खेलवाड गर्दै प्रधानाध्यापक

बन्द गरेर बिद्यार्थीको भबिस्यसंग खेलवाड गर्दै प्रधानाध्यापक

लोकप्रिय

रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ चाहिँदैन [ केपी ओली ]

रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ चाहिँदैन [ केपी ओली ]

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ, रास्वपा सरकारबाट बाहिरिने अवस्था छ

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ, रास्वपा सरकारबाट बाहिरिने अवस्था छ

प्रचण्डले भने– सरकार तलमाथि हुँदैन

प्रचण्डले भने– सरकार तलमाथि हुँदैन

सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

भारतको उत्तरप्रदेश स्थित अयोध्यामा बिहीबार एक कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण

भारतको उत्तरप्रदेश स्थित अयोध्यामा बिहीबार एक कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण

Mahendranagar land scam case: Corruption case filed against 37 people

घूस लिएर गलत बकपत्र गर्ने सरकारी साक्षीमाथि भ्रष्टाचार मुद्दा

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : सैलेन्द्र क्रान्ति
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.