• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

अदालतबाटै अन्याय भएको आरोप, एक कर्मचारीले दिए सर्वोच्चमा निवेदन

अंश चलन मुद्दामा ‘चलखेल’ भएको आशङ्का


अदालतबाटै अन्याय भएको आरोप, एक कर्मचारीले दिए सर्वोच्चमा निवेदन
Share on FacebookShare on Twitter

विराटनगर । अंश चलन मुद्दामा विवाद भएपछि उच्च अदालत विराटनगर दरबन्दी भई मोरङ जिल्ला अदालतमा कार्यरत एक कर्मचारीलाई काज सरुवा गरी सोलुखुम्बु पठाइएको छ । जिल्ला अदालत मोरङमा कार्यरत नायव सुब्बा शिवकुमार यादवलाई उच्च अदालत विराटनगरले गत पुस ११ गते काज सरुवा गर्दै पत्र थमाएको हो ।

‘यस अदालतको मिति २०७९/०९/११ गतेको निर्णायानुसार तलब, भत्ता र अन्य सुविधा पदाधिकार रहेको अदालतबाट प्राप्त हुने तथा काज भत्ता नपाउने र पदाधिकार रहेको अदालतबाट माग भएमा फिर्ता हुने गरी तपाईंलाई बढीमा ३ महिनाको लागि सोलुखुम्बु जिल्ला अदालतमा काजमा राखिएको ब्यहोरा अनुरोध छ,’ उच्च अदालतका उप–रजिष्ट्रार मणिराम पोखरेलले दिएको पत्रमा उल्लेख छ ।
Adalat bare (2)

उक्त काज सरुवा बदरको माग गर्दै यादवले भने सर्वोच्च अदालतमा गत पुस २४ गते निवेदन दिएका छन् । निवेदनमा उनले आफूलाई कुनै स्पष्टीकरणको मौका समेत नदिई ९ महिना नबित्दै सजाय गर्ने मनसायले सोलुखुम्बु जिल्ला अदालतमा काज सरुवा गरेको दाबी गरेका छन् ।

उनी गत वैशाख ६ गतेदेखि जिल्ला अदालत मोरङमा हाजिर भई तहसिल फाँटमा कार्यरत थिए । ‘नियमित आफ्नो जिम्मेवारीको कार्य गर्दै गर्दा मिति २०७९/०९/०५ मा वादी बबिता शिवाकोटी तथा प्रतिवादी रोहिनी न्यौपाने समेत भएको अंश चलन मुद्दामा मो.जि.अ.को मिति २०७९/०९/०४ को डार पुर्जी बमोजिम म समेतको डोर कर्मचारी खटिई गई बण्डा छुट्याउने क्रममा वादी प्रतिवादीबीच सहमति गराउन अथक प्रयास गर्दा समेत सहमति हुन नसकेको हुँदा प्रत्येक कित्ताबाट कानुन बमोजिम हुने बण्डा छुट्याई दिई मुचुल्का गरी ल्याउँदा वादीको चित्त नबुझी वादीका का.व्य. तथा उक्त मुद्दामा स्वार्थ बाझिएका मो.जि.अ.का केही कर्मचारीको आग्रह पूर्वाग्रहमा परी सोही बण्डा मुचुल्काको निहुँ पारी उच्च अदालत विराटनगरका रजिष्ट्रार श्री जितेन्द्रबाबु थपलियाले मलाई स्पष्टीकरणसमेतको अवसर नदिई ९ महिना नबिन्दै मेरो पायक नपर्ने मलाई सजाय गर्ने मनसायले सोलुखुम्बु जिल्ला अदालतमा काज सरुवा गरेको पत्र मलाई प्राप्त हुँदा उक्त काज सरुवाको कारण बुझ्न जाँदा श्रीमान् रजिष्ट्रार ज्यूले चोर, नीच, भ्रष्टाचारी जस्ता अपशब्द प्रयोग गरी हप्काई, धम्काई पठाइदिएको हुँदा उक्त घटनाको सही सत्य छानबिन गरी मेरो चरित्रमाथि कलंक लगाउने नियतले मैले न्यायपालिकामा मेरो इमान, धर्म र कर्मचारीको तोकिएको जिम्मेवारी निष्ठापूर्वक सम्पन्न गरिरहेको अवस्थामा नौ महिनामै गरिएको काज सरुवा फिर्ता गरिदिनुहुन सादर अनुरोध छ,’ यादवले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारलाई दिएको निवेदनमा उल्लेख छ ।

Adalat bare (1)

उनले दिएको निवेदनमा उल्लेख भए अनुसार जिल्ला अदालत मोरङका श्रेष्तेदार टिकेन्द्रवीर जङ्ग राणाको चिनजानको मान्छे भएकै कारण मुद्दामा चासो दिएका थिए । यद्यपि राणाले भने यादवले लगाएको आरोप निराधार रहेको बताउँछन् । ‘उच्च अदालतबाटै उहाँको काज सरुवा भएको हो, उतै बुझ्नु होला, उहाँले लगाएको जस्तो कुनै पनि आरोप सत्य होइन,’ राणाले भने ।

यता, उच्च अदालत विराटनगर स्रोतले दिएको जानकारी अनुसार बण्डा गर्ने क्रममा असमझदारी कायम हुनु र कर्मचारी सरुवा हुनु भनेको संयोग मात्रै होइन । ‘त्यहाँ पैसाको चलखेल भएको छ,’ कसको जागिर जाने हो थाहा छैन एक कर्मचारीले भने ।

उच्च अदालतका उप–रजिष्ट्रार मणिराम पोखरेलले भने रजिष्ट्रारको आदेश आफूले कार्यान्वयन गरेको बताउँछन् । २९ जनाको काज सरुवा गर्दा शिव कुमार यादवको पनि सरुवा भएको उनको भनाइ छ । उनको सरुवा सहज अवस्थामा नभएको पोखरेलको भनाइ छ । ‘उसको सरुवा सहज अवस्थाको भने होइन,’ पोखरेलले भने । यद्यपि यसको विस्तृत सूचना उच्च अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाबाटै लिन उनले आग्रह गरे ।

Uchha Adalat Biratnagar

रजिष्ट्रार थपलियाले भने उजुरी आएपछि यादवलाई राखिराख्ने अवस्था नभएको प्रतिक्रिया दिए । यद्यपि यो कुनै समाचारको विषय नै नबन्ने पनि बताए । ‘वकिलबाट उजुरी आयो, प्रशासनबाट कुरा आयो, सेवाग्राहीबाट कुरा आएपछि मैले सरुवा गरेको हुँ । मैले सबै कुरा थाहा पाउने कुरा होइन । सबै कर्मचारी बोलाएर छलफल गर्दा बदमासी गरेको देखिएकोले सरुवा गरिएको हो । यसलाई समाचारको विषय बनाउनु आवश्यक छैन,’ थपलियाले भने, ‘कर्मचारीको काज सरुवा मेरो पनि धनकुटाबाट सुर्खेत सरुवा भयो अवधि नपुगिकन गएँ । राज्यको सिन्दूर पहिरिएपछि भनेको ठाउँमा जानु पर्दैन र ? जहाँ पनि जानु पर्छ नि । म विभागीय प्रमुख भएपछि नकारात्मक रिपोर्ट आए पनि थाहा नपाएजस्तो गर्न सक्दिन थिएँ । मैले २९ जनाको एकै पटक सरुवा गरेको हो । अरूको कुरा त यस्तो छैन त ? ।’

थपलियाले पटकपटक भने ‘अदालतको कर्मचारीको विषय आन्तरिक भएकोले समाचार नबनाउनु ।’ ‘यो समाचार नै नबनाऊँ । हाम्रो आन्तरिक काम कारबाहीको कुरा हो । उ हाजिर भइसक्यो । मलाइभन्दा पनि मोरङको प्रशासनमा सोध्दा धेरै कुरा आउला है… तर, जुन केशबाट उसको सरुवा भयो । त्यो केश मेरै अगुवाइमा मिलाउने कोसिस गरिरहेको छु, मिल्ने अवस्थामा छ । त्यो मान्छे बदमास हो मैले चाहिँ यसरी बुझेको छु,’ थपलियाले भने ।

उता, कर्मचारी यादवले भने आफूसहित सिनियर नायव सुब्बा अम्बिका प्रसाद सुवेदीले बण्डाको काम गरेको तर, कारबाही आफूलाई मात्रै भएको बताए । ‘हामी दुईजना गएका थियौँ काम गर्न । अम्बिका प्रसाद सुवेदी र म । म भन्दा सिनियर मान्छे हो उहाँ । लेखाई पनि उहाँकै हो । मैले त सही मात्रै गरेको हो । अनि मलाई मात्रै किन सरुवा गरेको हो,’ यादवले भने, ‘यो सरुवा गैरकानुनी हो । काज भनेको सजाय होइन, सुविधा हो । मलाई अपायक पर्ने ठाउँमा सजाय गर्ने नियतले पठाएको हो । मैले गल्ती गरेको भए स्पष्टीकरणको मौका दिनुपर्ने हो । त्यो पनि मैले पाइनँ । अरूले गरेको झोसपोलको आधारमा मलाई सरुवा गर्ने हो र ? वादीको र मोरङका श्रेष्तेदारले पोल लगाएको आधारमा सरुवा भयो ।’

उनले आफूलाई मान्छेको जस्तो व्यवहार नगरिएको पनि बताए । ‘राज्यको अधिकार हो । मलाई सरुवा गर्न सक्नुहुन्छ । तर, समय नपुगी मलाई सरुवा गरियो । मैले कारण बुझ्न जाँदा पनि अपशब्द बोलेर हप्काएर पठाउने ? म मान्छे होइन ? मान्छेलाई मान्छेको जस्तो व्यवहार गर्नु पर्दैन,’ उनले भने, ‘मेरो चाप्लुसी गर्ने बानी छैन । अरूको पछिपछि लाग्ने खालको बानी पनि छैन । मलाई सरुवा हुनुमा कुनै काम उहाँले भनेजस्तो नभएको हो कि ? ।’

Siba Yadav

२ वर्षभन्दा अगाडि कर्मचारीलाई सरुवा गर्न नपाइने निजामती सेवा ऐनमा रहेको छ । तर, आफूलाई ९ महिनामै सरुवा गरिनु अन्याय भएको उनको दाबी छ । ‘०७९ वैशाख ५ गते मेरो नासुमा नियुक्ति भएको थियो खुल्लाबाट । नासुबाट उच्चमा पोस्टिङ हुनुपर्ने हो । तर, जिल्लाकै श्रेष्तेदारले बोलाएपछि म मोरङ आएँ । तर, अदालतमा न्याय पाउनु पर्ने भए पनि मलाई अन्याय भयो,’ उनले भने, ‘अहिले उहाँले नै कुरा लगाएर मलाई सोलुखुम्बु पठाउनु भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने

Discussion about this post


© Dainik Sanjal

भर्खरै

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

केन्द्र र जिल्ला विचको विवाद– सर्वोच्च पुग्ने निश्चित्

केन्द्र र जिल्ला विचको विवाद– सर्वोच्च पुग्ने निश्चित्

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In