• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

जबर्जस्ती करणीपछि एक महिला र बालिकालाई भारत लैजान खोज्ने दुई भारतीय पक्राउ


बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ
Share on FacebookShare on Twitter

झापाकी एक महिला र १३ वर्षीया बालिका जबर्जस्ती करणीपछि मानव बेचबिखनको फन्दामा परेको घटना सार्वजनिक भएको छ । उनीहरूलाई दुई भारतीय नागरिकले होटलमा जबर्जस्ती करणी गरेपछि भारतीय कोठीमा बेच्नका लागि लैजाँदै गरेको अवस्थामा प्रहरीले उनीहरूको उद्धार गरेको छ भने दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीलाई पीडित महिलाले दिएको बयानअनुसार अर्काको घरमा मजदुरी गरेर जीविका चालउँदै आएकी झापा कन्काई नगरपालिका ४ की मुस्लिम समुदायकी २७ वर्षीया महिला र १३ वर्षीया बालिका कामको खोजी गर्दै गत बिहीबार प्रदेश १ को राजधानी विराटनरमा आइपुगे ।

ती महिलाकी माइली दिदीको एक दशकअघि नै मृत्यु भएपछि ती बालिका उनीसँगै बस्दै आएकी हुन् । विराटनगर आइपुगेपछि ती महिला बालिकालाई सँगै लिएर कामको खोजी गर्दै मुख्यमन्त्री कार्यालय दक्षिणको नहर छेउको मनकामना होटल पुगिन् । त्यसबेला साँझको ४ बजेको थियो । झापा घर फर्कन उनीसँग रकम पनि थिएन । खाने र बस्नेको ठेगान पनि थिएन । अन्योलमा परिरहँदा होटलमै रहेका भारतीय नागरिक सुपोल सिम्राही-१३ का बाबु साहव र अररिया नसदगन्ज-१४ का मोहम्मद जाहगिरसँग उनको भेट भएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

उनीहरुले ती महिला र बालिकालाई सोधखोज गर्न थाले । महिलाले आफ्नो अवस्थाबारे बेलीबिस्तार सुनाइन् । त्यसपछि ती दुई भारतीय नागरिकले होटलको भन्दा राम्रो र बढी पैसा हुने जागिर लगाइदिने आश्वासन दिँदै आफूहरुसँगै हिँड्न आग्रह गरेको पनि प्रहरीको अनुसन्धानमा खुलेको छ ।

महिला र बालिकाले उनीहरुको प्रस्ताव तत्काल स्वीकार गरेनन् । ‘तपाइँलाई चिनेका पनि छैनौं र हामीसँगै पनि जाँदैनौं,’ ती महिलाले उनीहरुलाई जवाफ दिएकी थिइन् । भारतीय नागरिकले भने आफूहरू पनि मुस्लिम भएकाले आफ्नै समुदायका महिला अप्ठ्यारोमा पर्दा सहयोग गर्ने भन्दै सहयोग गर्ने बाचा दिए।

‘यति साँझ भइसक्यो । तिमीहरुको बस्ने र खानेको टुंगो पनि छैन । हामी पनि आज विराटनगरमै होटलमा बस्छौं । तिमीहरु पनि यतै बस । पैसाको चिन्ता नगर हामी तिरिदिन्छौं भने,’ ती महिलाले भारतीय नागरिकलाई उद्धृत गर्दै भनिन् ।

त्यसपछि भने ती महिला र बालिका आर्थिक समस्याका कारण उनीहरुको प्रस्तावमा राजी भए । त्यहाँबाट भारतीय नागरिकले उनीहरूलाई सिटी रिक्सामा हालेर विराटनगर-१५ रानीस्थित सीमा क्षेत्रको हिमाल गेष्ट हाउसमा पुर्‍याए । त्यहाँ पुगेपछि चारै जनाले खाना खाए ।

तर राती ती भारतीय नागरिक बाबु साहवले महिलालाई सहयोग गर्ने भन्दै आफैसँग सुत्न दबाब दिए । १३ वर्षीया छोरीलाई भने आफ्नै साथीसँग सुत्न उनले दबाब दिए । यसो गर्दा होटल खर्च कम हुने भन्दै ती भारतीयले महिलालाई दबाब दिए ।

महिलाले भारतीय बाबु साहवको प्रस्ताव अस्वीकार गर्दै आफूहरू अलग कोठामा सुत्ने भनेर अडान राखिन् । तर बाबु साहव रिसाउँदै त्यसो भए आफ्नो खर्च आफैं तिर्नुपर्ने भने । अन्तत: महिला बाबु साहवकै कोठामा सुत्न बाध्य भइन् । राती बाबु साहवले जबर्जस्ती करणी गरेको महिलाले प्रहरीसँगको आफ्नो बयानमा भनेकी छन् ।

भोलिपल्ट बिहान ११ बजे चारै जनाले खाना खाएपछि होटलको सबै खर्च दुवै भारतीय नागरिकले तिरेर होटलबाट निस्किए । त्यहाँबाट उनीहरुले ती महिला र बालिकालाई भारतमा राम्रो जागिर लगाइदिने प्रस्ताव गर्दै भारतीय सीमातिर लगे ।

तर मूल ढाटमा इलाका प्रहरी रानीका प्रहरीको केरकारमा उनीहरु चारै जना पक्राउ परे । प्रहरीले दुवै भारतीय नागरिकलाई मानव बेचविखन तथा जबर्जस्ती करणीमा मुद्दा दायर गर्न सोमबार जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नालका अनुसार अनुसन्धानको प्रारम्भिक चरणमा त‍ी महिला र बालिकाको आर्थिक अवस्थाको मजबुरीको उठाएर जबर्जस्ती करणी गरेको र भारत पुर्‍याएर आफैं उपयोग गर्ने र पछि कोठीमा बिक्री गर्ने नियत रहेको पाइएको छ । साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दर्नालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

बलात्कारपछि हत्या आरोपित छिमेकी पक्राउ, परिवारले अझै शव बुझेनन्

बलात्कारपछि हत्या आरोपित छिमेकी पक्राउ, परिवारले अझै शव बुझेनन्

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

सिरहामा वृद्ध हत्या घटनामा दुई पक्राउ, सात दिनको म्याद थप

सिरहामा वृद्ध हत्या घटनामा दुई पक्राउ, सात दिनको म्याद थप

सिरहामा श्रृंखलाबद्ध आपराधिक गतिविधि: एमालेले प्रहरी प्रशासनको भूमिकाप्रति कडा आपत्ति जनायो

अज्ञात समूहद्वारा लवकुश सामुदायिक भवनमा आगजनी गरि ल.कु.ब.सहकारी र पद्मोदय फाउन्डेसनको कागजातहरु नष्ट संगै शिशुज्योति स्कुल बसमा समेत आगजनी

पद्मोदय फाउन्डेसनमाथि योजनाबद्ध मध्यरातमा आक्रमण, आगजनी र लुटपाट

पद्मोदय फाउन्डेसनमाथि योजनाबद्ध मध्यरातमा आक्रमण, आगजनी र लुटपाट

Discussion about this post


© Dainik Sanjal

भर्खरै

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In