• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

काश्मीर एकता दिवस मनाउदै गर्दा पाकिस्तानी दूतावासको उक्त कार्यक्रममा भने अपेक्षा भन्दा धेरै कम मानिसहरु सहभागीता

पाकिस्तानी दूतावासको काश्मीर एकता दिवस असफल, विरोधमा गरियो हस्ताक्षर संकलन अभियान


काश्मीर एकता दिवस मनाउदै गर्दा पाकिस्तानी दूतावासको उक्त कार्यक्रममा भने अपेक्षा भन्दा धेरै कम मानिसहरु सहभागीता
Share on FacebookShare on Twitter

काठमाडौं। काठमाडौंमा रहेको पाकिस्तानी दूतावासले काश्मीर एकता दिवस आयोजना गर्‍यो। पाकिस्तानी दूतावासको उक्त कार्यक्रममा भने अपेक्षाभन्दा धेरै कम मानिसहरु सहभागी भएका थिए।

एकातिर कार्यक्रमको न्युन सहभागीताले नेपालीहरू पाकिस्तानलाई साथ नदिने जनाएका छ्न भने अर्कोतर्फ राष्ट्रिय एकता अभियानले भने यसविरुद्ध हस्ताक्षर संकलन नै गरेको छ।

राष्ट्रिय एकता अभियानले हिन्दूहरुको हत्या बन्द गर, पाकिस्तान प्रायोजित आतंकवाद बन्द गर, पाकिस्तानमा अल्पसंख्यकहरुको सुरक्षा गर र धार्मिक अतिवाद अन्त्य गर भन्‍ने नाराका साथ हस्ताक्षर संकलन अभियान गरेको हो।

काठमाडौंस्थित गौशालामा अभियानका केन्द्रीय सदस्य डा. प्रभात कुशवाहाको नेतृत्वमा हस्ताक्षर अभियान सुरु भएको हो। हस्ताक्षर अभियानमा पेमा लामा, सरिता सिंह, दीपेन्द्र बराल, रोशन कुशवाहा, दिपेश कुशवाहालगायत अभियान्ताहरु सक्रिय थिए।

पाकिस्तानले काश्मीरमा आतंकवादी गतिविधि गराउनका लागि वित्त पोषण गरिरहेको छ भने अर्कोतर्फ काश्मीर एकताको अभियान चलाउँदै दिवस मनाइरहेको छ। पाकिस्तानको यस प्रकारको दोहोरो चरित्रविरुद्ध हस्ताक्षर अभियान चलाइएको हो।

अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले पाकिस्तान प्रयोजित आतंकवाद बन्द गर, पाकिस्तानी अल्पसंख्यकको सुरक्षा गर, हिन्दूहरुको हत्या बन्द गर र धार्मिक अतिवाद अन्त्य गर भन्दै हस्ताक्षर अभियान सुरु गरिएको बताए। उनले भने,’पाकिस्तानमा हिन्दू लगायत अल्पसंख्यक समुदायमाथि अतिवादी मुस्लिमहरुले निरन्तर सताउने तथा दु:ख दिने गरिरहेका छन्, त्यसैको जानकारी विश्व जगतले पाओस् भनेर अभियानले हस्ताक्षर अभियान सुरु गरेका हौं।’

पाकिस्तानमा हिन्दुहरु निकै कम संख्यामा मात्र छन्। बेलायती उपनिवेशबाट सन् १९४७ मा भारत पाकिस्तान विभाजन हुँदा पाकिस्तानमा १० प्रतिशत हिन्दुहरु थिए। तर व्यापक धर्मान्तरण र ज्याजतीका कारण अहिले यो मात्रा १ प्रतिशतमा झरेको छ।

हिन्दुहरुमाथि भइरहेको अत्याचार झनै झांगिएको छ। यसले पाकिस्तानको सामाजिक सुत्र नै विभक्त भइरहेको छ। अल्पसंख्यक हिन्दू र सो समूदायका महिलाहरुमाथि भइरहेका विभेद तथा अपराधविरुद्ध पाकिस्तानमा न्यायको कुनै गुञ्जायस नै छैन।

यद्यपि पाकिस्तान सरकारले विश्वलाई आफ्नो मुलुकमा त्यस्तो कुनै अपराध र ज्याजती नभएको भन्दै ढाँटिरहेको छ।

पाकिस्तान अहिले पनि महिला अधिकार र सुरक्षालाई लिएर विश्वकै खराब मुलुकमा पर्छ। हिन्दु महिलाहरुमाथि भएको अपराधका केशहरु विभिन्न प्रहरी कार्यालयका दराजमा थन्क्याइएको छ। न त्यसलाई पाकिस्तान सरकार, न त प्रशासनले नै अघि बढाउन चाहन्छ। यसैकारण पाकिस्तान महिलाहरुका लागि खराब राष्टमध्ये १५० औं स्थानमा छ, जबकी यो तुलना १५३ राष्टहरुभित्र मात्रै भएको हो।

पाकिस्तानमा हिन्दुहरुमाथि जे भइरहेको छ, त्यसले विश्वलाई अतिशय पीडा र विह्वल बनाइरहेको छ। पाकिस्तानी हिन्दुका परिवारहरुले आफ्ना छोरीचेली गुमाइरहेका छन्। अपहरण गरिएका किशोरीहरुलाई जबर्जस्ती मुस्लिमहरुले विवाह गर्ने गरेका छन् र यौन बजारमा बेचिदिएका छन्।

पाकिस्तानका हिन्दूहरु गरिब छन् र उनीहरु सुरक्षित रुपमा भारत आउन पनि सक्दैनन्। यसैकारण अधिकांश हिन्दूका बालबच्चाहरु विद्यालय जान समेत पाएका छैनन्। कारण, त्यहाँ डर छ कि उनीहरु जतिसुकै बेला प्रताडित हुन सक्छन्।

केही मध्यमवर्गीय हिन्दुहरुको जीवन त सहज देखिन्छ, तर सामाजिक विभेदले यतिसम्म जरा गाडेको छ कि त्यहाँ समान अधिकारप्राप्ति र उपभोगको कुनै आधार छैन। हिन्दु अल्पसंख्यकमाथि बढिरहेको अत्याचारको आंकडा नै यो विषयलाई बुझ्न पर्याप्त छ।

हरेक वर्ष करिब ५००० हिन्दुहरु पाकिस्तान छाडिरहेका छन् र भारतमा निर्वासित जीवन बिताइरहेका छन्। उनीहरु पाकिस्तानले गरिरहेको अत्याचार सहनै नसक्ने अवस्था पुगेपछि भारत आउने गर्छन्। यसैका कारण दिल्लीमा पाकिस्तानी हिन्दूहरुको शरणार्थी शिविर बढिरहेको छ, जहाँ भारत सरकारले पीडितहरुका लागि आधारभूत आवश्यकताहरु उपलब्ध गराइरहेको छ।

भारत आइसकेका हिन्दूहरु अझै पनि कानूनी रुपमा पाकिस्तानमै छन्, किनकी रेकर्डबाट उनीहरुको संख्या पाकिस्तान सरकारले हटाएको छैन। पाकिस्तान यो देखाउन चाहन्छ कि सबै हिन्दूहरु पाकिस्तानमै छन्। हिन्दुहरुले देश छाड्नुको एउटै कारण पाकिस्तान सरकारले सृजना गरेको दबाब र बलजफ्तीपूर्ण अवस्था नै हो।

हरेक पटक पाकिस्तानी प्रधानमन्त्रीहरु दाबी गर्छन कि उनीहरुको झण्डामा भएको सेतो रङले अल्पसंख्यक हिन्दुहरुको प्रतिनिधित्व गर्छ। तर विश्वले बुझिरहेको छ कि यो पाकिस्तानी प्रोपोगाण्डा मात्रै हो।

भारतविरोधी कुनै आतंकवादी आफ्नो भूमिमा नरहेको दाबी गरेजस्तै पाकिस्तानले यो पनि अस्वीकार गरिरहेको छ कि त्यहाँ कुनै जबर्जस्ती छैन र अल्पसंख्यकहरुको मानवअधिकार पुरै सुरक्षित छ। तर यस्तो पाकिस्तानी दाबी सरासर झुटको पुलिन्दा सिवाय अरु केही होइन। पाकिस्तानी सरकारी अधिकारीहरु विश्वलाई ढाँट्न निकै अभ्यस्त छँदैछन्। तर जतिपटक दोहो-याएपनि झुठ सत्यमा बदलिन सक्दैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

पुर्व प्रमुख चौधरीले भने– चीनियाँ राजदुतको अभिब्यक्ति गैरकुटनीतिक

पुर्व प्रमुख चौधरीले भने– चीनियाँ राजदुतको अभिब्यक्ति गैरकुटनीतिक

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो

लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो

पटकपटक बदनाम हुँदै लहानका प्रादेशिक अस्पताल

पटकपटक बदनाम हुँदै लहानका प्रादेशिक अस्पताल

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

Discussion about this post


© Dainik Sanjal

लोकप्रिय

पुर्व प्रमुख चौधरीले भने– चीनियाँ राजदुतको अभिब्यक्ति गैरकुटनीतिक

पुर्व प्रमुख चौधरीले भने– चीनियाँ राजदुतको अभिब्यक्ति गैरकुटनीतिक

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो

लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो

पटकपटक बदनाम हुँदै लहानका प्रादेशिक अस्पताल

पटकपटक बदनाम हुँदै लहानका प्रादेशिक अस्पताल

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In