• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

विप्लवदेखि रेशम चौधरीसम्मको माग पूरा गर्न राप्रपाका मन्त्री प्रधान अनुदार !

मेरो मन्त्रालयमा त्यस्ता कुनै फाइल आएका छैनन् : मन्त्री प्रधान


विप्लवदेखि रेशम चौधरीसम्मको माग पूरा गर्न राप्रपाका मन्त्री प्रधान अनुदार !
Share on FacebookShare on Twitter

मंसिरको आम निर्वाचनपछि नेपाल प्रहरीका पूर्वमहानिरीक्षक एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ध्रुवबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारीसहित सिंहदरबारमा विराजमान छन् । पश्चिम नवलपरासी–२ बाट कांग्रेसका देवेन्द्रराज कँडेललाई हराउँदै प्रधान प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि उनलाई सिंहदरबार प्रवेश गर्ने बाटो खुलेको थियो ।

नयाँ राजनीतिक समीकरणसँगै नेता प्रधान पुस ११ गतेयता कानुन मन्त्रीको हैसियतमा छन् । तर प्रधान जिम्मेवारी अनुसारको काम भन्दा बढी विवादित अभिव्यक्ति दिएर आलोचित बन्दै आएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र खारेज गरेर राजसंस्थासहितको हिन्दु राष्ट्र ब्युँताउने वकालतमै उनको समय बित्ने गरेको छ ।

सरकारका मन्त्रीहरुबाटै आउने यस्तो अभिव्यक्तिको आलोचनासमेत भइरहेको छ । प्रधानमन्त्री प्रचण्डले गैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्रीहरूलाई स्पष्टीकरण सोध्ने घोषणा गरे पनि अहिलेसम्म सोध्न सकेका छैनन् । संघीयता र संविधान विरोधी अभिव्यक्ति दिन रमाउने मन्त्री प्रधान नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा, सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ता लिन अनुदार देखिएका छन् ।

प्रधानमन्त्री प्रचण्ड राजनीतिक प्रकृतिका मुद्दा राजनीतिक रूपमै सम्बोधन गर्ने प्रयासमा जुटेका बेला उनै प्रचण्डको क्याबिनेटमा रहेका मन्त्री प्रधान त्यस विपरीत उभिएपछि प्रक्रिया नै अघि बढ्न नसकेको सरोकारवालाहरूको गुनासो छ ।

पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री भएकै बेला कांग्रेस सभापति समेत रहेका  शेरबहादुर देउवाले तीन दलका नेता कार्यकर्ता रिहाइका साथै मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएका थिए । सोही अनुसार प्रधानमन्त्री प्रचण्ड पनि प्रक्रिया पुर्‍याएर समस्या समाधान गर्न चाहन्छन् । तर, मन्त्री प्रधान कानुन मन्त्री भएपछि यो प्रक्रिया अलपत्र जस्तै बनेको छ ।

मन्त्री प्रधानले हालै एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा अहिले कानुनी राज्य भएकाले आफू कानुन भन्दा बाहिर नजाने जिकिर गरेका थिए । ‘अहिले रुल अफ ल छ । हामीले त्यसमा विश्वास गरेकाले कानुनलाई अक्षरशः पालना गर्नुपर्छ । हामी राजनीतिक रूपमा छुटाउने हिसाबले सबै दल त्यस ढङ्गले जाने भन्ने हुँदैन । कानुनी प्रक्रियामा जुन कुरा गर्न सकिँदैन त्यसमा जान हुँदैन’ प्रधानले अघि बढ्दै भनेका छन्, ‘राजनीतिक रूपमा निर्दोष छन् भन्नु पोलिटिकल माइलेज लिन मात्रै हो । यसमा कानुनी मान्यताको हैसियत हुँदैन ।’

अदालतबाट कानुनसंगत ढङ्गले जुन निर्णय हुन्छ त्यसलाई कार्यान्वयन गरेर जाने आफ्नो धर्म हुने प्रधानको भनाइ छ । विप्लवसँग जोडिएको मुद्दामा मात्रै होइन टीकापुर घटनका विषयमा पनि प्रधान अनुदार नै देखिन्छन् । त्यसबारे कानुनी कारबाही हुनुपर्ने आफ्नो अडान यथावत् रहेको प्रधानको भनाइ छ ।

‘अहिले टीकापुर घटनाका विषयमा यथावत् अवस्थामा छु । मेरो जिम्मेवारी त्यहीँ ढङ्गको भएको हुनाले सबैले जबाफदेही ढङ्गले पोजिसन यथावत् राख्छु’ प्रधानले भनेका छन्, ‘मेरो कार्यकाल हुँदासम्म कानुन मन्त्री हुँदासम्म कुनै पनि अपराधी गैर कानुनी रूपमा जेलबाट छुट्दैनन् । त्यसमा स्ट्यान्ड रहन्छ ।’

कुनै राजनीतिक निर्णय गरेको भरमा कानुन भन्दा बाहिर गएर राजनीतिक बन्दीलाई नछोड्ने भन्दै मन्त्री प्रधानले त्यसमा प्रधानमन्त्री प्रचण्डको समेत साथ रहने दाबी गरे । रातोपाटीसँगको कुराकानीमा मन्त्री प्रधानले विप्लवदेखि सीके राउत र रेशम चौधरीसम्मका मुद्दा फिर्ताको विषयमा आफ्नो मन्त्रालयमा कुनै पनि फाइल नआएको बताए । राजनीतिक प्रकृतिका बन्दी छुटाउने विषयमा कुनै मुद्दा नआएकाले जानकारी समेत नरहेको प्रधानको भनाइ छ ।

‘मेरो मन्त्रालयमा त्यस्ता कुनै फाइल आएका छैनन्, आएको पनि मलाई थाहा छैन’, मन्त्री प्रधानको भनाइ छ ।

 तर, विप्लव नेतृत्वको नेकपा सचिवालय सदस्य सन्तोष बुढामगरले यसअघिको सरकारले मुद्दा फिर्ता र बन्दी रिहा गर्न पहल गरे पनि अहिले अघि बढ्न नसकेको बताए । नेता बुढामगरले आफ्नो पार्टीको मुद्दा र बन्दी रिहाको विषयलाई रेशम चौधरी र सिके राउतसँग जोडेर कानुन मन्त्रीले प्रक्रिया अघि बढाउनै नमानेको बताए ।

‘हामीले सरकारसँग सम्झौता गरेको दुई वर्ष भयो । ४० जना जति साथीहरू जेलमा हुनुहुन्छ । सयौं मुद्दा फिर्ता भएका छैनन्’ बुढामगरले भने, ‘यसअघिका कानुन मन्त्रीसँग सकारात्मक रूपमा कुराकानी अघि बढेको थियो । पछि सीके राउत र नागरिक उन्मुक्तिका रेशम चौधरीको मुद्दा जोडिएपछि अल्झियो । त्यसपछि प्रक्रिया अघि बढ्न सकेन ।’

आफूहरूको मुद्दा रेशम चौधरी र सीके राउतको जस्तो नभई फरक प्रकृतिको भएको बुढामगरले बताए । ‘हामीले चलाएको आन्दोलन भिन्नै खालको हो । ती मुद्दालाई सिके र रेशमसँग जोड्न मिल्दैन’ उनले भने, ‘अहिलेको सरकारसँग कुराकानी गरिराखेका छौं । माग पुरा नहुँदासम्म संघर्ष जारी राख्छौं ।’

दुई वर्षमा पनि पूरा भएन विप्लवको माग

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकाका गृह मन्त्री रामबहादुर थापा र सीके राउतबिच २०७५ साल फागुन २४ गते ११ बुँदे सहमति भएको थियो । पृथकतावादी आन्दोलन छोडेर राउत शान्तिपूर्ण मूलधारको राजनीति गर्न सहमत भएपछि ११ बुँदे सहमति भएको हो । सहमतिमा स्वतन्त्र मधेस गठबन्धनका नेता कार्यकर्तामाथि लागेको राज्य विरुद्धको अपराध लगायत सम्पूर्ण राजनीतिक मुद्दा फिर्ता लिने र थुनामा रहेका सम्पूर्ण नेता कार्यकर्ता निर्शत रिहा गर्ने सहमति समझदारी भएपनि अहिलेसम्म सरकारले मुद्दा फिर्ता र जेलमा भएका राउतका नेता कार्यकर्ता छोडेको छैन । सिके राउत नेतृत्वको जनमत पार्टी एउटा मन्त्रालयसहित वर्तमान सरकारमा सहभागी छ ।

यस्तै तत्कालीन गृह मन्त्री रामबहादुर थापा र विप्लवबिच २०७७ साल फागुन २० गते तीन बुँदे सहमति भएको थियो । शान्तिपूर्ण मूलधारको राजनीति गर्न सहमति जनाउँदै बन्दी रिहा र मुद्दा फिर्ता लिने तत्कालीन सरकार र विप्लवबिच सहमति भएको थियो । आफ्ना माग पुरा गराउन विप्लवसहित शीर्ष नेताहरूले तत्कालीन प्रधानमन्त्री ओली र गृह मन्त्री थापासँग धेरै पटक संवाद समेत गरे । ओली नेतृत्वको सरकार बाहिरिएपछि शेरबहादुर देउवा नेतृत्वको सरकार र गृह मन्त्री बालकृष्ण खाँडलाई भेटेर निकै पटक आग्रह गरे । तर दुई वर्ष बित्दा पनि माग पुरा गर्ने आश्वासन पाउनु बाहेक केही नपाएको उनीहरूको गुनासो छ ।

आफ्ना माग पुरा नभएपछि विप्लवसहितका प्रवक्ता खड्गबहादुर विश्वकर्मा‘प्रकाण्ड’ काठमाडौँमा छन् । सोमबार मात्रै उनीहरुले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई भेटेर सहमति कार्यान्वयन गर्न पुन ध्यानाकर्षण गराएका छन् । यही क्रममा कानुन मन्त्री प्रधानलाई समेत भेटेर मुद्दा फिर्ता लिन आग्रह गर्ने तयारी उनीहरूको छ ।

तत्कालीन ओली सरकारसँग भएको तीन बुँदे माग सम्बोधन नहुँदा ४० जना बन्दी जेलमै छन् भने सयौँको सङ्ख्यामा नेता कार्यकर्तामाथि मुद्दा छ । यस्तै विप्लव नेतृत्वको नेकपा विभाजन भएको नेकपा बहुमत अध्यक्ष धर्मेन्द्र बास्तोलाले समेत प्रधानमन्त्री प्रचण्डलाई भेटेर मुद्दा फिर्ता र बन्दी रिहा गर्न माग दोहोर्‍याएका छन् । तर पनि अहिलेसम्म सरकारले ठोस ढङ्गले समस्या समाधान गर्ने गरी प्रक्रिया अघि बढाएको छैन ।

टिकापुर घटनामा जोडिएका  रेशम चौधरीसहित ११ जना नेता कार्यकर्ता जेलमा छन् भने ६० भन्दा बढीलाई मुद्दा छ । उनीहरूका माग सरकारले पुरा नगरेपछि चौधरीले आफ्नै संरक्षणमा पार्टी खोलेर दबाब बढाएका छन् । उनको माग समेत सरकारले  पुरा गर्न मानेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

प्रभु साहविरुद्ध जिल्ला अदालतमा गाली बेइज्जती मुद्धा दर्ता

प्रभु साहविरुद्ध जिल्ला अदालतमा गाली बेइज्जती मुद्धा दर्ता

हिन्दु र मुस्लिमबीच दंगा बढ्काउनेलाई गोली हान्ने मधेशका मुख्यमन्त्रीको चेतावनी

हिन्दु र मुस्लिमबीच दंगा बढ्काउनेलाई गोली हान्ने मधेशका मुख्यमन्त्रीको चेतावनी

भारतीय प्रधानमन्त्री मोदी र साउदी युवराजबीच द्विपक्षीय वार्ता

भारतीय प्रधानमन्त्री मोदी र साउदी युवराजबीच द्विपक्षीय वार्ता

Discussion about this post


© Dainik Sanjal

लोकप्रिय

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो

लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो

पटकपटक बदनाम हुँदै लहानका प्रादेशिक अस्पताल

पटकपटक बदनाम हुँदै लहानका प्रादेशिक अस्पताल

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १५ जना घाइते

बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १५ जना घाइते

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In