• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

युएसएआइडीले नेपाललाई सात अर्ब रुपैयाँ सहयोग गर्ने


युएसएआइडीले नेपाललाई सात अर्ब रुपैयाँ सहयोग गर्ने
Share on FacebookShare on Twitter

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) ले नेपालका सरकार र जनतासँगको लोकतान्त्रिक साझेदारीमा बढोत्तरी गरेको छ।

दुई दिने नेपाल भ्रमणमा रहेकी युएसएआइडीका प्रशासक सामन्था पावरले मंगलबार नेपाल सरकार, नागरिक समाज र निजी क्षेत्रका नेतृत्वकर्ताहरूमाझ नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन युएसएआइडीले पाँच करोड ८५ लाख अमेरिकी डलर (साढे सात अर्ब रुपैयाँभन्दा बढी) सम्मको सहयोग प्रदान गर्ने घोषणा गरेकी छिन्।

सो रकम स्रोतको उपलब्धतामा निर्भर हुनेछ। उक्त घोषणाको रकममध्ये चार करोड दुई लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश भएको यहाँस्थित संयुक्त राज्य अमेरिकाको दूतावासले जनाएको छ।

नेपालमा यसै वर्ष आमनिर्वाचन सम्पन्न भएसँगै संघीयता सुदृढ गर्ने, महिला र सीमान्तकृत समुदायको समावेशीकरणलाई अगाडि बढाउने, युवाको सशक्तीकरण गर्ने र लोकतन्त्रले आफ्ना नागरिकका हितमा परिणाम ल्याउन सक्छ भनी देखाउने अवसर नेपालसँग छ। यस कार्यमा अमेरिकाको साझेदारी रहने दूतावासले जनाएको छ।

युएसएआइडीको लगानीले सार्वजनिक वित्तीय व्यवस्थापन, स्वतन्त्र नागरिक समाज तथा सञ्चार माध्यम, लोकतान्त्रिक प्रक्रिया तथा संस्था, कानूनी शासन र निजी क्षेत्र विकासको सुदृढीकरण गरी नेपाललाई आफ्ना लोकतान्त्रिक उपलब्धी मजबुत पार्न र नेपालीका निम्ति अझ बृहत् समृद्धि र उत्थानशीलता भित्र्याउन मद्दत गर्नेछ।

मानव बेचबिखन विरुद्ध लड्न नेपाललाई सहयोग गर्न पनि युएसएआइडीले जारी राख्ने जनाएको छ। मंगलबार घोषित लगानीमा आर्थिक दृष्टिकोणबाट अझ बढी पारदर्शी र जवाफदेही तबरबाट सार्वजनिक सेवा प्रदान गर्न प्रादेशिक तथा स्थानीय सरकारहरूलाई सहयोग गरी नेपालमा समावेशी लोकतन्त्र र समृद्धिको सुदृढीकरण गर्न दुई करोड डलरसम्म समावेश गरिएको छ।

उक्त लगानीमा सामुदायिक आवश्यकता, आधारभूत स्वतन्त्रता र जवाफदेहितालाई अघि बढाउन महिला, युवा र सीमान्तकृत समुदायका नेतृत्वमा र उनीहरूकै निम्ति बनेका स्वतन्त्र नागरिक समाजका संस्थालाई सहयोग गर्न एक करोड ८५ लाख डलरसम्मको रकम समाविष्ट छ।  सरकार र आमजनतासँग प्रभावकारीरूपमा संलग्न हुन आवश्यक सीप, विश्वसनियता र विधि विकास गर्दै गर्दा उक्त नागरिक समाजका संगठनसँग युएसएआइडीले काम गर्नेछ।

युएसएआइडीले सञ्चार माध्यममाथिको सामाजिक विश्वास बढाउने किसिमका विश्वसनीय सूचना र अझ बढी विविधतायुक्त भाष्यहरूमा सार्वजनिक पहुँच सुधार गर्ने प्रयासलाई सहयोग गर्न सञ्चार माध्यमसँग पनि साझेदारी गर्ने जनाएको छ।

कानूनी शासनलाई मजबुत बनाउन, स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई थप टेवा पुर्‍याउन र मानव बेचबिखन विरुद्ध लड्न पनि युएसएआइडीले स्थानीय नेपाली संघसंस्था र सरकारी संस्थासँग निकट रही काम गर्ने र तिनलाई सहयोग गर्ने जनाएको छ।

यी नयाँ लगानी नेपालका लक्ष्य र आकांक्षालाई टेवा पुर्‍याउन नेपालका सरकार र जनता, निजी क्षेत्र र अन्यसँग रहेको युएसएआइडीको ६० वर्षभन्दा लामो साझेदारीमा आधारित छन्।

साझेदारीप्रति युएसएआइडीको दृष्टिकोण नेपालीले आफ्नो लोकतन्त्रलाई कसरी सुदृढ बनाउने भनी राम्ररी जान्दछन् र सम्मानजनक र पारस्परिक सहयोगबाट मात्र हामी नेपाललाई समृद्ध बन्न मद्दत गर्न सक्छौँ भन्ने मान्यतामा आधारित छ।

नेपालले हालसालै जारी गरेको साझा न्यूनतम कार्यक्रममा समाविष्टलगायतका सरकारी प्राथमिकतासँग सहयोगलाई समायोजन गर्न सम्बन्धित नेपाली सरकारी निकायसँगको साझेदारीमा काम गर्न युएसएआइडीले तत्पर रहेको उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

बलात्कारपछि हत्या आरोपित छिमेकी पक्राउ, परिवारले अझै शव बुझेनन्

बलात्कारपछि हत्या आरोपित छिमेकी पक्राउ, परिवारले अझै शव बुझेनन्

Discussion about this post


© Dainik Sanjal

भर्खरै

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In