• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

संयुक्त राष्ट्रसङ्घको सहकार्यमा नेपालले अन्तर्राष्ट्रिय कार्यक्रम गर्दै

संयुक्त राष्ट्रसङ्घको  सहकार्यमा नेपालले अन्तर्राष्ट्रिय कार्यक्रम गर्दै
Share on FacebookShare on Twitter

संयुक्त राष्ट्रसङ्घको सहकार्यमा नेपालले आगामी जुन १२ देखि १५ तारिखसम्म ‘शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य’ विषयक अन्तर्राष्ट्रिय कार्यक्रम गर्ने भएको छ ।

विश्वमा भइरहेको सूचना प्रविधिको तीव्रतम विकास र बदलिँदो सुरक्षा परिस्थितिअनुरुप शान्ति कार्य मिसनमा प्रयोग भइरहेका प्रविधि, चुनौती र असल अभ्यासबारे सदस्य राष्ट्रबीच अनुभव आदान प्रदान गर्न नेपालले उक्त कार्यक्रम गर्न लागेको हो । नेपालले विश्वशान्ति स्थापनाका लागि विगतमा गरेका प्रतिबद्धता र योगदानका आधारमा संयुक्त राष्ट्रसङ्घ सचिवालय मातहतको परिचालन सहयोग विभाग तथा सूचना एवं सञ्चार र प्रविधि कार्यालयको सहकार्यमा सातौँ संस्करणको अन्तर्राष्ट्रिय गोष्ठी नेपालमा गर्न लागिएको रक्षा मन्त्रालयका प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए ।

गोष्ठीमा संयुक्त राष्ट्रसङ्घ, शान्ति सेना खटाउने मुलुक र सहयोग संस्थाका प्रतिनिधि तथा विषय विज्ञसमेत गरी करिब तीन सयको सहभागिता रहने छ । गोष्ठीमा मुख्य नारामा आधारित अतिथि वक्ताको खुला सत्र, प्रस्तुतीकरण र विषयगत कार्य समूहमा छलफल हुनेछ । राष्ट्रसङ्घको आह्वानमा हालसम्म एक लाख ४४ हजार पाँच सय ६५ नेपाली शान्ति सैनिकले विश्वका ४४ शान्ति मिसनमा खटिएर योगदान पुर्याइसकेका छन् । यस क्रममा ७२ जनाले वीरगति प्राप्त गर्नुका साथै ६६ जना गम्भीर घाइते भएका छन् । हाल विश्वका १२ शान्ति मिसनमा पाँच सय छ महिलासहित छ हजार ५९ सैनिक परिचालित छन् ।

उक्त कार्यक्रम राष्ट्रसङ्घलगायत साझेदार पक्षका अनुभवका आधारमा शान्ति मिसनका कार्यादेशलाई वर्तमान र भविष्यमा प्रभाकारी तुल्याउन डिजिटल प्रविधिको प्रयोगको सम्भाव्यता तथा संयन्त्र विकास गर्ने सन्दर्भमा महत्त्वपूर्ण सावित हुने अपेक्षा लिइएको छ । सूचना प्रविधिका विषयमा सदस्य राष्ट्रबीच सहयोग र सहकार्यका लागि छलफल गर्ने उद्देश्यले सन् २०१४ मा इटालीबाट सुरु भएको यस्तो कार्यक्रम संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति सेना खटाउने मुलुकमा पालैपालो प्रत्येक वर्ष आयोजना गरिँदै आएको छ ।

यसअघि अस्ट्रिया, दक्षिण कोरिया, जर्मनी, काजकिस्तान र दक्षिण अफ्रिकामा कार्यक्रम भएको थियो । विश्वमा धेरै शान्ति सेना खटाउने मुलुकको सूचीमा हाल नेपाल दोस्रो बरीयतामा छ । यस्ता कार्यक्रम आयोजना गर्ने अवसर प्राप्त हुनु नेपालका लागि उचित मौका र राष्ट्रिय प्रतिष्ठाको विषय भएको मन्त्रालयले जनाएको छ । विश्वशान्ति कार्यमा नेपालको योगदान ठुलो भएको तर यस्ता खाले कार्यक्रम यसअघि नेपालमा नभएकाले पनि गोष्ठी महत्त्वपूर्ण रहने प्रवक्ता पौडेल बताउँछन् ।

कार्यक्रमका सन्दर्भमा निर्देशक र व्यवस्थापन समिति गठन भइसकेको छ । गोष्ठीमा संयुक्त राष्ट्रसङ्घका उपमहासचिवस्तरका प्रतिनिधिको सहभागिता रहनेछ । मानवीय, वातावरणीय, आर्थिकलगायत सुरक्षाको पाटोमा समेत त्यस अवसरमा गहन छलफल हुने बताइएको छ । कार्यक्रमले शान्ति स्थापना कार्यमा भोगिरहेका जटिल चुनौतीबारे अन्तर्दृष्टि प्रदान गर्नुका साथै शान्ति मिसन, ग्लोबल सेवा केन्द्र र राष्ट्रसङ्घ मुख्यालयका प्रतिनिधिसँग संवाद र सहकार्यको समेत अवसर प्रदान गर्नेछ ।

नेपाली सेनाको अग्रणी भूमिका, क्षमता अभिवृद्धि र मुलुकको प्रतिष्ठा वृद्धिमा यसले सहयोग पुर्याउने अपेक्षा गरिएको छ । नेपालको शान्ति कार्यमा हालसम्मको भूमिका र योगदानलाई कदर गर्दै राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय कार्यक्रम गर्न सहकार्य गरेको हो ।

यसैबीच, नेपाल–भारत सुरक्षासम्बन्धी द्विपक्षीय परामर्श समूहको १५औँ बैठकको नेपालले तयारी गरिरहेको छ । बैठकका लागि निर्देशक समिति र व्यवस्थापन समितिको गठन भए पनि मिति र एजेन्डा तय गर्न भारतीय पक्षसँग समन्वय भइरहेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । यसअघि यस्तो बैठक नेपाल र भारतमा आलोपालो गरी हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

समाजका लागि ग्लानि’ भन्दै प्रधानमन्त्री कार्कीले बर्दिया घटनामा छानबिन मागिन्

समाजका लागि ग्लानि’ भन्दै प्रधानमन्त्री कार्कीले बर्दिया घटनामा छानबिन मागिन्

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

मधेशमा कांग्रेसको पोल्टामा सत्ता, यादव सर्वसम्मत मुख्यमन्त्री

मधेशमा कांग्रेसको पोल्टामा सत्ता, यादव सर्वसम्मत मुख्यमन्त्री

जनकपुर–ढल्केबर खण्डमा ट्राफिक सहजताका लागि तीन आकासे पुल

जनकपुर–ढल्केबर खण्डमा ट्राफिक सहजताका लागि तीन आकासे पुल

नियम अनुसार मधेश प्रदेश सांसद बिच्छाको पद खारेज

नियम अनुसार मधेश प्रदेश सांसद बिच्छाको पद खारेज

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In