• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

मेलम्चीदेखि हेलम्बुसम्म पुलको पर्खाइमा न पुनर्निर्माणका योजना आए न त विस्थापितले नयाँ ओत बनाउन घडेरी पाए

न पुनर्निर्माणका योजना आए न त विस्थापितले नयाँ ओत बनाउन घडेरी पाए, बाढीले पुरिएका घर खोतलेर पुरानै बासमा फर्किंदै तीन दर्जन हाराहारी बजार र बस्तीका लागि खोला वारपार गर्न पुलको योजना अघि बढेन, स्थानीय तहसँग बजेट छैन, प्रदेश टालटुले योजना अघि सार्छ, संघले वास्तै गरेन


मेलम्चीदेखि हेलम्बुसम्म पुलको पर्खाइमा न पुनर्निर्माणका योजना आए न त विस्थापितले नयाँ ओत बनाउन घडेरी पाए
Share on FacebookShare on Twitter

हिमाली भेग हेलम्बुको भेमाथाङदेखि मेलम्ची पुल बजार आसपासबाट बगाएको गाडी हिँड्ने र झोलुंगे पुलको जगका फलामे रडहरू देखिएका छन् । हेलम्बुको अम्बाथानस्थित मेलम्ची आयोजनाको हेडवर्क्स (मुहान क्षेत्रको संरचना) ढुंगा, माटो र बालुवाले पुरेको १० मिटर गेग्रान पन्छाउन हम्मे परेको छ । मेलम्ची आयोजनाले राखेको बेलिब्रिजको नामोनिसान छैन ।

  • भेमाथाङदेखि नाकोते, अम्बाथान, किउल, गणेश बगर, चनौटे, ग्याल्थुम, तारामाराङ हुँदै मुख्य बजार मेलम्चीसम्म करिब ४० किलोमिटरको दूरीमा आसपासका बजार र बस्तीका घर खण्डहर अवस्थामा देखिन्छन् । घरबारविहीन भएका हेलम्बु र मेलम्चीका पीडित झन्डै चार सय परिवारको पुनर्वासको व्यवस्था हुन सकेको छैन । बगर बनेको हजारौं रोपनी जमिनमा ठूला चट्टान र बालुवाको थुप्रो छ । खाद्यान्नको उर्वर भूमिका रूपमा चिनिने फाँटहरू मरुभूमि जस्तै देखिन्छ । खोलामा केही डोजर र एक्स्काभेटर कुदिरहेको देखिन्छ । नदी किनारमा ग्याबिन वाल लगाउँदै गरेको देखिन्छ ।
  • यी डेढ वर्षअघि बाढीपहिरोले क्षति गरेको पछिल्लो अवस्थाको प्रतिनिधि उदाहरण हुन् । ०७८ असारमा हिमाली स्थान भेमाथाङबाट बगेको पहिरोले ठूलो धनजनको क्षति गरेको थियो । उक्त क्षेत्रमा जनजीवन सामान्य बन्दै छ तर पुनर्निर्माण र व्यवस्थापनको ठोस योजना बन्न सकेको छैन । भत्केका संरचनाका भग्नावशेषहरू लथालिंग छ भने बाढीले ढालेका घरहरू जस्ताको तस्तै देखिन्छन् । उक्त बाढीमा हेलम्बुका ५ जनाको मृत्यु भएको थियो भने २० जना बेपत्ता भएका थिए ।

मृत्यु भएका र हराइरहेकाहरू मेलम्ची आयोजनाका कामदार कर्मचारी ८ जनामध्ये २ नेपालीसहित ५ जना विदेशीको अवस्था अझै अज्ञात छ । दुई जना चिनियाँ र एक जना भारतीय मृत फेला परेका थिए । बस्तीमा बाढीले पुर्‍याएको क्षतिको विवरण लामो छ । तर, पुनर्निर्माणको ठोस योजना छैन । कतिपय बस्तीमा ढलेका घर जस्ताको तस्तै छ भने बगाएको पक्की पुल निर्माण सुरु नै भएको छैन । हेलम्बुका १ सय ५० र मेलम्चीमा २ सय ४४ परिवार बाढीबाट प्रभावित लाभाग्राही सूचीमा छन् । खोला तरेर आउजाउ गर्न सधैंको सास्ती छ ।

अकल्पनीय क्षतिको वर्ष दिन बित्यो । भौतिक संरचनाको निर्माणको अवस्था भने अझै दयनीय छ । मेलम्ची नगरपालिका नजिकै खोलामा ग्याबिन जाली लगाइरहेको देखिन्छ । तर, नगरपालिकालाई कुन निकायबाट कति रकम र कस्तो योजना प्राप्त भएको छ आधिकारिक जानकारी छैन । सबैले आआफ्नै ढंगले काम गरेकाले सरोकारवाला निकायबीच समन्वय छैन ।

कहाँ बनाउने घर ?

प्रभावित लाभग्राहीमध्ये हेलम्बुका बासिन्दामा कतिपयको एक टुक्रा पनि जमिन छैन । सबै बाढीले बगाएपछि पीडित परिवारले घर बनाउन घडेरी पाएका छैनन् । हेलम्बु गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत उदयराज भट्टराईका अनुसार घडेरी नभएपछि कतिपय परिवारले काठमाडौंमा जाने अनुमति माग्ने गरेका छन् । संघ, प्रदेश र स्थानीय तहले घर बनाउन प्रदान गर्ने पाँच लाख बुझेर काठमाडौं जाने गरेको उनले बताए । ‘घर बनाउने घडेरी सबै बाढीले बगाएको छ,’ भट्टराईले भने, ‘घर बनाउने जग्गा पाएनौं भन्ने गुनासो आउने गरेको छ ।’

मेलम्ची खोलाको तिम्बुस्थित बाढीले बगाएको पक्की पुलको दुवैतिरको बाँकी भाग ।तस्बिर : ऋषिराम पौड्याल/कान्तिपुर

हेलम्बुको तिम्बु, किउल, गणेशबगर, चनौटेलगायतका मेलम्ची खोला किनारका बासिन्दा घरबारविहीन छन् । उनीहरूले पुनः ओत उभ्याउने ठाउँ पाएका छैनन् । मेलम्ची नगरपालिकाका २ सय ४४ परिवार पीडितको सूचीमा छन् । सरकारबाट सहयोग नभएपछि उनीहरूमध्ये कतिपयले बाढीले पुरेकै घरलाई पुनः मर्मत गरेका छन् । स्थानीय सरकारले खोलाको किनारमा घर नबनाउन सुझाव दिए पनि अन्यत्र घडेरी नभएकाले पहिलेकै ठाउँ रोज्न बाध्य भएका हुन् । मेलम्चीमा बाढीले पुरेका घरबाट बालुवा पन्छाएर बस्न थालिएको छ । मेलम्ची नगरप्रमुख आइतमान तामाङ पुरानै घडेरीमा बस्न थालेकालाई रोक्न विकल्प नभएको बताए । रोकेर विकल्प दिन नसकेपछि पुरिएका घर सफा गर्न र खोलाबाट जोगाउने संरचना निर्माण गर्न नगरपालिकाले सहयोग गरेको उनले सुनाए ।

आइपुगेन छुट्याएको बजेट

बाढीपहिरोले क्षति पुर्‍याएको क्षेत्रका लागि संघीय सरकारले बजेटमा ठगेको छ । निर्णय हुन्छ, घोषणा पनि हुन्छ तर बजेट निकासा भएर जिल्ला पुग्दैन । अघिल्लो आर्थिक वर्षको फागुनमा मन्त्रिपरिषद्ले छुट्याएको २५ करोड बजेटका आधारमा टेन्डर आह्वान गरेर सडकमा रिटेनिङ वाल लगाउन सुरु गरिएको थियो । तर, करिब ८ करोड मात्र बजेट प्राप्त भएपछि काम रोक्नुपर्ने अवस्था आएको सडक डिभिजन कार्यालय चरिकोटले जनाएको छ ।

चरिकोट सडक डिभिजनका प्रमुख अर्जुन सुवालले ठेकेदारले गरेको कामको भुक्तानी दिने पैसा उपलब्ध नभएपछि काम रोक्नुपर्ने अवस्था आएको हो । ‘सडक विभागले अर्थ मन्त्रालयलाई मन्त्रिपरिषद्बाट निर्णय भएअनुसारको बजेट माग गरिरहेको छ तर निकासा भइसकेको छैन,’ उनले भने । सडकको रिटेनिङ र ग्याबिन वाल लगाउने योजना छ । बजेट अभावमा कामले निरन्तरता पाउन सकेको छैन । मेलम्चीबाट खानेपानी मुहान अम्बाथानसम्मको झन्डै २४ किमि क्षेत्रमा पुल तथा सडक ठाउँ–ठाउँमा बिग्रेको छ । हेलम्बुको तिपेनीदेखि अम्बाथानसम्मको सडक सबै बगरमा परिणत भएको छ । अहिले बगरलाई सडक बनाएर यातायात सञ्चालन गरिएको छ । वर्षात् लागेपछि उक्त बगरमा खोला हिँड्ने स्थानीय बताउँछन् । उक्त सडक बन्द भएपछि मेलम्ची मुहान र स्थानीय बस्तीमा जान सकिँदैन ।

पक्की पुल बगाएपछि तिम्बुस्थित मेलम्ची खोलामा स्थानीयले बनाएको बाँसको अस्थायी पुल । तस्बिर : ऋषिराम पौड्याल/कान्तिपुर

बाढीले हेलम्बु–मेलम्ची खण्डअन्तर्गत मेलम्ची पुलबजार, खाल्डे, तिपेनी, तिम्बुलगायत स्थानका पक्की पुल बगाएको थियो । मेलम्ची आयोजनाको मुख्य प्रवेश माग मेलम्ची–हेलम्बु सडकको अवस्था दिन प्रतिदिन जीर्ण बन्दै गए पनि सरकारी चासो नदेखिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा बताउँछन् । ‘बाढीपहिरोका बेला जसरी आश्वासन बाँड्ने काम भयो त्यसको कार्यान्वयन भएन,’ उनले भने । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार पाँचवटा पक्की पुल बनाउनुपर्छ ।

तीमध्ये तिपेनीमा बेलिब्रिज राखिसकिएको छ । तर अन्य पुलहरू बनाउन सुरु भएको छैन । मेलम्ची बजारको खोलामा बेलिब्रिज राख्न गरेको टेन्डर प्रक्रिया अघि बढेको छैन । पहिलो टेन्डरमा निर्माण व्यवसायीले भाग नै नलिएकाले प्रक्रिया अघि नबढेको महानिर्देशक थापाले बताए । ‘पुनः टेन्डर आह्वान गर्छौं । मेलम्चीमा बेलिब्रिज नै बनाउने हो, पक्की पुल बन्न केही समय कुर्नुपर्छ,’ उनले भने ।

सधैं आश्वासन नै आश्वासन

बाढीपहिरो गएको बेला आकाशमा हेलिकोप्टर उढाउनेको प्रतिस्पर्धा नै चल्ने गर्छ । प्रधानमन्त्रीदेखि सांसद र नेताहरू घटनास्थल पुगेकै हुन्छन् । राहत प्याकेजदेखि पुनर्वाससम्मका योजना सुनाउने गरिन्छ । यो चलन मुलुकभर एक प्रकारको संस्कृतिकै रूपमा स्थापित भएको छ । ०७८ असारको बाढीपहिरोले क्षति भएको हेलम्बु–मेलम्ची र पाँचपोखरीमा उद्धार र पुनःस्थापनामा कमी नहुने घोषणा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै गरेका थिए ।

बाढीले बगर बनाएको आफ्नो जमिन हेरिरहेका हेलम्बुको किउलका किसान ।तस्बिर : ऋषिराम पौड्याल/कान्तिपुर

बाढीको २६ दिनमा घटनास्थल पुगेर पुनर्निर्माणमा कुनै कमी हुन नदिने आश्वास दिएका थिए । वाग्मती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल, तत्कालीन सहरी विकास र स्वास्थ्य तथा जनसंख्यामन्त्री हेलिकोप्टरमै घटनास्थल पुगेका थिए । शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि उनका गृहमन्त्री बालकृष्ण खाँणले पनि घटनास्थल पुगेर पुनर्निर्माण र पुनर्वासको ग्यारेन्टी गरेका थिए ।

सबैजसो दलका नेता घटनास्थल आएर आश्वासन मात्रै बाँडेको गुनासो स्थानीयको छ । मेलम्चीका नगरप्रमुख आइतमान तामाङ संघ र प्रदेश सरकारले बाढीपहिरो पीडितका पक्षमा योजना र बजेट व्यवस्थापन नगरेको बताउँछन् । ‘प्रदेशबाट साना सडक र ग्याबिन वालको सानो–सानो काम भइरहेको छ । संघले के गरेको छ थाहा छैन,’ उनले भने । बजेट विनियोजन गर्ने आवश्वास दिए पनि काम नभएको गुनासो उनको छ ।

ह्युमपाइप राख्दै झिक्दै

बाढीपहिरोले धेरैवटा पुल बगायो, बाटो बगायो । वर्ष बित्यो पुनर्निर्माण भएको छैन । सदरमुकाम चौतारालगायत ६ स्थानीय तहका बासिन्दाले आउजाउमा खोला तर्नै पर्छ तर पुल छैनन् । खोलामा बहाव कम हुँदा ह्युमपाइप राखेर आउजाउको व्यवस्था गरिन्छ । वर्षामा त्यो बगेर जान्छ । केही ठाउँ अस्थायी काम भएका छन् तर स्थानीय तहसँग प्रदेश र संघका योजनाको तालमेल छैन ।

मेलम्ची पुल बजारको पक्की पुल बगाउँदा इन्द्रावती खोलाबाट आउजाउ बन्द छ । हिउँदमा खोलामा ह्युमपाइप राखेर अस्थायी व्यवस्था गरे पनि सामान्य वर्षा हुनासाथ बगाउने गर्छ । मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल हिउँदमा ह्युमपाइप राख्ने र वर्षात्मा झिक्ने कामका लागि मात्र बर्सेनि झन्डै करोड खर्च हुने गरेको बताउँछन् ।

प्रदेश सरकारले आफ्नो खर्चमा बाढीपहिरो क्षेत्रमा ग्याबिन वाल र रिटेनिङ वाल लगाइरहेको छ । टेन्डरमार्फत गरेको कामको बारेमा स्थानीय तहलाई भने जानकारी छैन । ‘कुनै समस्या पर्‍यो भने काम गरिरहेका निर्माण व्यवसायी सम्पर्क आउने गरे पनि सरकारी निकायबाट आधिकारिक जानकारी नगरपालिकालाई दिइएको छैन,’ अधिकृत धितालले भने, ‘नगरपालिकाले ठूलो बजेट खर्च गर्न नसक्ने भएकाले वर्षात्मा बस्ती जोगाउने काममा मात्र केन्द्रित छ । पुल बनेन भने अब वर्षात्मा ह्युमपाइप झिक्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

Discussion about this post


© Dainik Sanjal

भर्खरै

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In