• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

राजविराजमा फर्जी कागजात राखेर बैंकबाट पौने ३ करोड ऋण

राजविराज नगरपालिका–९ की आसमा खातुन प्रोप्राइटर रहेको एएस ट्रेडर्स एन्ड सप्लायर्सका नाममा कर्जा प्रवाह


राजविराजमा फर्जी कागजात राखेर बैंकबाट पौने ३ करोड ऋण
Share on FacebookShare on Twitter

सप्तरीको राजविराजस्थित एनआईसी एसिया बैंकको शाखाबाट फर्जी कागजातका आधारमा २ करोड ८० लाख रुपैयाँ ऋण प्रवाह भएको खुलेको छ ।

अर्काको जग्गा आफ्नो रहेको भन्दै फर्जी लालपुर्जा, फर्जी रोक्का र फर्जी लिखतका आधारमा उक्त बैंकबाट राजविराज नगरपालिका–९ घर भएकी आसमा खातुन प्रोप्राइटर रहेको एएस ट्रेडर्स एन्ड सप्लायर्सका नाममा गत मंगलबार २ करोड ८० लाख रुपैयाँ ऋण प्रवाह भएको हो । एनआईसी एसिया बैंक राजविराजका प्रबन्धक सन्तोष यादवले फर्जी कागजातकै आधारमा २ करोड ८० लाख ऋण प्रवाह भएको स्विकारेका छन् ।

कान्तिपुर दैनिकलाई प्राप्त प्रमाणअनुसार ऋण प्रवाह भएको कम्पनी एएस ट्रेडर्स एन्ड सप्लायर्स यही माघ ९ मा घरेलु तथा साना उद्योग कार्यालय सप्तरी राजविराजमा दर्ता भएको देखिन्छ । ‘घरेलु तथा साना उद्योग कार्यालय सप्तरी राजविराजबाट जारी उद्योग दर्ता नम्बर प्रा.फ.र.नं १०४५८–७९/८० मितिअन्तर्गत ०७९/१०/९ मा रजिस्टर दर्ता भएको छ,’ कागजातमा भनिएको छ, ‘उक्त कम्पनीको कार्यालय सप्तरी जिल्ला राजविराज नगरपालिकामा छ ।’

खातुन प्रोप्राइटर रहेको उक्त सप्लायर्सलाई बैंकले ऋण दिँदा उनकी सासू बसिरन खातुनका नाममा रहेको १० कट्ठा ५ धुर जग्गा धितोमा राखेको छ । तर उक्त जग्गा बसिरनका नाममा नभई अर्कै व्यक्तिको रहेको पाइएको छ । आफ्नी बुहारीको ऋणका लागि बसिरन खातुनले सप्तरीको साविक प्रसबनी गाविस ९ गको कित्ता नं २२१ को १० कट्ठा ५ धुर जग्गा धितोबापत दिएकी थिइन् । तर, उक्त जग्गा बसिरन खातुनको नभई रवीन्द्रकुमार यादवका नाममा दर्ता रहेको मालपोत कार्यालय सप्तरीले जनाएको छ । उक्त २२१ नम्बर कित्ताको जग्गा रवीन्द्रकुमार यादवका नाममा दर्ता रहेको र उनले तत्कालीन सिर्जना फाइनान्सबाट २० लाख रुपैयाँ ऋण लिँदा ०७४ साल चैत २८ देखि नै रोक्का छ ।

रवीन्द्रकुमार यादवका नाममा रहेको जग्गाको फर्जी लालपुर्जा बसिरन खातुनका नाममा र मालपोत कार्यालय नै नपुगी बाहिरै रोक्का कागज र लिखत बनाएर बैंकमा पेस गरी २ करोड ८० लाख ऋण निकालिएको हो । आफ्ना नामको जग्गाको फर्जी लालपुर्जा बनाई बैंकमा राखेर ऋण लिएको जग्गाधनी रवीन्द्रले थाहा पाएपछि यो प्रकरण बाहिरिएको हो । बैंकले ऋण दिँदा जग्गा रोक्काका लागि बैंक कर्मचारी नै जाने गरेका छन् । साथै रोक्काअगाडि बैंकले नै खटाएको व्यक्ति मूल्यांकन गर्नसमेत जाने गरेका छन् । शाखा प्रबन्धकले पनि कागजात अध्ययन गरेपछि मात्र ऋण दिने व्यवस्था छ ।

तर मालपोत कार्यालय नै नपुगी जग्गा रोक्का हुनु, मालपोत कार्यालयको फर्जी छाप, हस्ताक्षर प्रयोग गरेको कागजात पेस हुनु, त्यही कागजातका आधारमा ठूलो रकम ऋण दिनु, जग्गा मूल्यांकनमा बैंकले ध्यान नदिनुलगायत कारण उक्त घटनामा बैंकका राजविराज शाखा प्रबन्धक सन्तोषकुमार यादवसहितका कर्मचारीको समेत संलग्नताको आशंका गरिएको छ । बुधबार र बिहीबार प्रबन्धक यादव कार्यालय आएनन् । फर्जी कागजात पेस गरी उठाएको २ करोड ८० लाखमध्ये २ करोड ३० लाख मंगलबार नै विभिन्न व्यक्तिको खातामा सारिएको थियो । ५० लाख रुपैयाँ भने बैंकमा रहेको आसमा खातुनकै खातामा मौज्दात रहेको बताइएको छ ।

स्रोतका अनुसार फर्जी कागजात पेस गरी लिएको २ करोड ८० लाख रुपैयाँमध्ये १ करोड ९० लाख रुपैयाँ बिहीबार बैंकमा फिर्ता आएको छ । ऋणी आसमा खातुनको कर्जा खाताबाट मो समसादका नाममा सारिएको रकम विभिन्न पाँच जनाको खातामा सारिएको र एनआईसी एसिया बैंकले ती व्यक्तिलाई बिहीबार पत्राचार गरी सो ऋण प्रवाह गर्दा प्राविधिक समस्या भएको भन्दै जाँचबुझ गर्न रकम फिर्ता गरिदिन अनुरोध गरेको थियो । त्यसपछि ती व्यक्तिहरूबाट एक करोड ९० लाख रुपैयाँ फिर्ताको चेक आएको एनआईसी एसिया बैंक स्रोतले बतायो ।

एनआईसी एसिया बैंक राजविराजका शाखा प्रबन्धक यादवले पनि बैंकले जाँचबुझमा सहयोग गर्न पत्राचार गरेपछि केही व्यक्तिले रकम फिर्ता गरेको पुष्टि गरे । यद्यपि कति रकम फिर्ता आयो भन्ने विषयमा उनले बताएनन् । अर्को बैंकका कर्मचारी र केही व्यक्ति मिलेर फर्जी कागजात तयार पारी आफू र आफू आबद्ध बैंकलाई झुक्याएको उनको दाबी छ । ‘अर्को बैंकका कर्मचारी र केही व्यक्ति मिलेर योजनाबद्ध रूपमा फर्जी कागजात बनाई मलाई झुक्याएर २ करोड ८० लाख ऋण निकाले,’ यादवले भने, ‘यसमा मेरो संलग्नता छैन, भए कारबाही भोग्न तयार छु ।’

फर्जी जग्गाको धनी बनाएकी बसिरन खातुनका पति मनिर मियाँका अनुसार उनका छोरा मो सद्धामका साथी मो समसादले आफ्नो एउटा जग्गा रहेको र उक्त जग्गा ‘तिम्री आमाको नाममा पास गराई बैंकमा राखेर ऋण लिई व्यापार व्यवसाय गर्ने’ योजना सुनाएका थिए । समसादको योजनामा सद्धामले सहमति जनाएपछि रवीन्द्रकुमार यादवका नाममा रहेको जग्गा फर्जी रूपमा सद्धामकी आमा बसिरन खातुनका नाममा सारिएको थियो । फर्जी रूपमा बसिरनका नाममा दर्ता गरिएको अर्काको जग्गा नै बैंकमा धितो राखी २ करोड ८० लाख ऋण स्वीकृत गराइएको छ । ऋणको रकम सद्धामकी श्रीमती आसमा खातुनको खातामा आएपछि समसादको खातामा र त्यसपछि अन्य विभिन्न व्यक्तिका खातामा गरी २ करोड ३० लाख सारिएको थियो । मो समसाद अहिले सम्पर्कविहीन छन् ।

कानुनी प्रक्रियाअनुसार दृष्टिबन्धक नै नगरी बाहिरै फाइल बनाई मालपोत कार्यालयको छाप र दस्तखतसमेत किर्ते गरेको विषय सार्वजनिक भएपछि सप्तरी प्रशासनले चासो लिएको छ । यस प्रकरणमा मालपोत कार्यालयको छाप र दस्तखत किर्ते गरिएकाले आवश्यक कारबाहीका लागि प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरिएको सप्तरी मालपोतका प्रमुख रामनारायण शर्माले बताए । सरकारी छाप दस्तखत गरी किर्ते कार्य गरिएको जानकारी मालपोत कार्यालयका प्रमुखबाट आएको र उक्त काममा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याइने प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

नजिकिँदै ओली-प्रचण्ड, देउवालाई दबावमा राख्ने ओली रणनीति

नजिकिँदै ओली-प्रचण्ड, देउवालाई दबावमा राख्ने ओली रणनीति

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

अमेरिकामा राष्ट्रपति ट्रम्पका निर्णयहरुको विरोधमा देशभर प्रदर्शन

अमेरिकामा राष्ट्रपति ट्रम्पका निर्णयहरुको विरोधमा देशभर प्रदर्शन

Discussion about this post


© Dainik Sanjal

भर्खरै

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

नजिकिँदै ओली-प्रचण्ड, देउवालाई दबावमा राख्ने ओली रणनीति

नजिकिँदै ओली-प्रचण्ड, देउवालाई दबावमा राख्ने ओली रणनीति

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In