नेकपा माओवादी केन्द्रले आइतबार २८ औँ जनयुद्ध दिवस मनाएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत पार्टी पदाधिकारी तथा नेता कार्यकर्तालगायतको सहभागिता रहेको थियो । सो अवसरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शहीदको तस्बिरमा फूलमाला अर्पण गर्दै सम्मान प्रकट गरेका थिए ।
२०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनयुद्धको घोषणा गरेको थियो । २०५२ साल फागुन १ गते रोल्पा, रुकुम र सिन्धुलीका प्रहरीचौकीमा आक्रमण गरेर जनयुद्ध सुरु भएको घोषणा गरेको हो । उक्त युद्ध १० वर्षपछि विस्तृत शान्ति सम्झौतामार्फत टुंगिएको थियो । २०६३ साल मंसिरमा शान्ति सम्झौतामा हस्ताक्षर गरेर माओवादी शान्ति प्रक्रियामा आएको थियो । हेर्नुहोस् कार्यक्रमका तस्बिरहरु : (तस्बिरहरु कृष्ण खड्का/प्रदीपराज वन्त )
![यसरी मनाइयो जनयुद्ध दिवस [ फोटोफिचर ]](https://i0.wp.com/www.dainiksanjal.com/wp-content/uploads/2023/02/WhatsApp-Image-2023-02-13-at-08.59.11_aZ0YbEGQep.jpg?resize=750%2C375&ssl=1)


























![काठमाडौं महानगरले भत्कायो मैतीदेवीस्थित प्रहरी बिट [ तस्बिरसहित ]](https://i0.wp.com/www.dainiksanjal.com/wp-content/uploads/2023/02/maitidevi-dozer05_4dHmdC1A9Y.jpg?resize=120%2C86&ssl=1)







Discussion about this post