• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

मानवता गिज्याउने जनकपुरको दृश्य, ७० वर्षे वृद्ध जब पत्नीलाई झोलुंगोमै बोकेर अस्पताल पुर्याउन बाध्य भए


मानवता गिज्याउने जनकपुरको दृश्य, ७० वर्षे वृद्ध जब पत्नीलाई झोलुंगोमै बोकेर अस्पताल पुर्याउन बाध्य भए
Share on FacebookShare on Twitter

जनकपुरधाम, फागुन ३ गते । झट्ट हेर्दा यो तस्वीरको दृश्य हिमाल पहाडको कुनै बिकट ठाउँको जस्तो देखिन्छ । यस्तो अवस्था हिमाल पहाडका विकट ठाउँमा अझै पनि छ । तर यो दृश्य मधेश प्रदेशकै राजधानी जनकपुरधामकै हो भन्यो भने पत्यारिलो नलाग्न सक्छ । यधपी यो दृश्य जनकपुरधामकै प्रादेशिक अस्पताल परिसरकै हो । जहाँ एक वृद्ध र एक र एक नवजवान जस्तो देखिने पुरुष झोलुंगोमा एकजना बिरामी बोकेर अस्पतालको इमरर्जेन्सी कक्षतिर जाँदै छन् ।

यो दृश्य मंगलबार राति १२ बजेको हो । जहाँ सुगमन स्थल छ । सयौं एम्बुलेन्स, हजारौं सवारीसाधन गुड्छन् त्यो ठाउँमा यो दृश्य बिरलै देखिन्छ । त्यसैले होला यो दृश्य समाजिक संजालमा यतिबेला भाइरल भइरहेको छ । सरकारी संयन्त्र, सरोकारवाला र सिंगै जनकपुरको मानवतालाई गिज्यानु अस्वभाविक होइन ।

स्वास्थ्यमा उपचारको लागि सोमबार धनुषाको जनकनन्दनी गाउँपालिका ४ खुजरी चन्हाकी ६८ वर्षीया अमिर्ती देवी पति रामअशिष मण्डलसंग रेल चढेर जनकपुर आइपुगिन् । सोमबार जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा रहेको पत्तै पाइनन् । जनकपुर आएपछि बिदा रहेको थाहा पाएपछि मण्डल दम्पति उपचार जनकपुरको केवट कुट्टीमा बास बसे । मंगलबार चेकजाँच र उपचार गराउन भ्याएनन् । मंगलबार पनि केवट कुट्टीमै बास बसे । राति ११ बजे मुटुको समस्याले अमिर्ती छटपटाउन थालिन् । दम फुल्न थाल्यो । पति रामअशिष बेचैन भए । हतारहतार जनकपुर प्रादेशिक अस्पताल पुर्याउन अटो एम्बुलेन्स खोजे । आधा घण्टासम्म छेउछाउमा अटो रिक्सा, बाटोमा हिड्ने एम्बुलेन्स गाडीलाई रोकेर विनती गरे । तर कसैले सुनेनन् । ‘श्रीमतीलाई समयमै अस्पताल अटोटेम्पु, सडकमा भेटिएका गाडी थुप्रैलाई रोकेर विनती गरे । तर कसैले सुनेनन् ’ रामअशिषले दुखेसो पोखे ।

होटेल नवरंगको काम सकेर त्यति बेला कुट्टी पुगे उनका आफन्त पर्ने माधुर मण्डल । उनलाई देखेपछि रामअशिषलाई सहयोग पुग्ने विश्वास पलायो । कुनै उपाय नदेखेपछि उमेरले ७० पार गरेका पति रामअशिष आफन्त माधुरसंग काँधमा बोकेर अस्पताल पुर्याइदिन सहयोग मागे । माधुर सोझा मान्छे हुन् । नातामा अमिर्ती दिदी पर्ने भएकाले माधुर बोकेरै भएपनि अस्पताल पुर्याउन तयार भए ।

एउटा बाँसको टुक्रा कुट्टीबाट खोजे । दुई छेउ कपडा बाँधेर झोलुंगो बनाए । र श्रीमती अमिर्तीलाई झोलुंगोमै राखेर करिब डेढ किलोमिटर जनकपुर प्रादेशिक अस्पताल पुर्याए । समयमै झोल्नामै लगेपछि अमिर्ती बाँच्न सफल भइन् । उनको उपचार अहिले प्रादेशिक अस्पतालको अकास्मिक कक्षको बेड नम्बर १७ मा भइरहेको छ । स्वास्थ्यमा सुधार देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

आफ्नो स्वास्थ्यमा अलि सुधार आएको अमिर्तीले बताइन् । ‘मलाई समयमै अस्पताल नल्याएको भए म बाँच्ने थिइनँ होला’ अमिर्तीले भनिन् । उनी एकवर्षदेखि मुटु र मधुमेहको बिरामी छन् ।

माधुरले आफूले पनि विनती गर्दा कुनै अटो, एम्बुलेन्स गाडीले नमानेपछिझोलुंगोमै बोकेर अस्पताल पुर्याएको बताए । ‘पैसा दिन्छु, लगिदिनुस् भनेर धेरैलाई आग्रह गर्यौ तर । कसैले अस्पताल पुर्याइदिन मानेनन् । म समयमै पुगेर झोलुंगोमै अस्पताल नपुर्याउँदा दिदीको ज्यानै जान सक्थ्यो ।’ माधुरले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

रातु खोलाले बगाएको जिप सशस्त्रले निकाल्यो

रातु खोलाले बगाएको जिप सशस्त्रले निकाल्यो

जनकपुरधामका निजी विद्यालय दुई दिनका लागि बन्द

जनकपुरधामका निजी विद्यालय दुई दिनका लागि बन्द

Discussion about this post


© Dainik Sanjal

भर्खरै

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

केन्द्र र जिल्ला विचको विवाद– सर्वोच्च पुग्ने निश्चित्

केन्द्र र जिल्ला विचको विवाद– सर्वोच्च पुग्ने निश्चित्

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...