अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले रुसले युक्रेनमा मानवता विरुद्धको अपराध गरिरहेको दावी गर्नुभएको छ ।
जर्मनीको म्युनिखमा आयोजत सुरक्षा सम्मलेनलाई सम्बोधन गर्ने क्रममा ह्यारिसले रुसले युक्रेनको जनतामाथि ज्यादती गरेको उल्लेख गर्दै युद्धको नाममा रुसले युक्रेनमा मानवता विरुद्धकै अपराध गरिरहेको बताउनुभएको हो ।
अमेरिकी एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्टद्वारा समर्थित संस्थाहरुका अनुसार युक्रेनसँगको युद्धमा रुसले ३० हजार भन्दा बढी गम्भीर मानव अधिकार उल्लंघनको अपराध गरेको छ ।
रुसले युक्रेनमा एकवर्षको अवधिमा हत्या, यातना, बलात्कार, निर्वासन र मृत्युदण्ड जस्ता जघन्य अपराध गरेको स्मरण गर्दै उहाँले प्रसूति गृह जस्तो अस्पताल लक्षित आक्रमण कसैको लागि सह्य नहुने प्रतिक्रिया समेत दिनुभयो
सोही सम्मेलनमा बेलायतका प्रधानमन्त्री ऋषि सुनाकले युक्रेनलाई सैन्य सहयोग दोब्बर पार्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
Discussion about this post