• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

बहराइनका राजाबाट डा.रुइतलाई १४ करोड रुपैयाँबराबरको प्रतिष्ठित ‘इशा अवार्ड’

यो सम्मान सिंगो राष्ट्र र आम नागरिकका निम्ति- डा.रुइत

बहराइनका राजाबाट डा.रुइतलाई १४ करोड रुपैयाँबराबरको प्रतिष्ठित ‘इशा अवार्ड’
Share on FacebookShare on Twitter

झण्डै तीन दशकयता निरन्तर ‘मानवताका लागि सेवा’ गरेबापत नेत्र चिकित्सक डा.सन्दुक रुइतलाई बहराइन सरकारका तर्फबाट राजा हमाद बिन इसा अल खालिफाले प्रतिष्ठित इशा अवार्ड प्रदान गरेका छन् ।

मंगलबार राजधानी मनामास्थित इशा सांस्कृतिक केन्द्रमा आयोजित विशेष समारोहमा राजा हमाद बिन इशा अल खालिफाले १ मिलियन डलर राशि(झन्डै १४ करोड रुपैयाँ)को पुरस्कार तथा सम्मान डा.रुइतलाई प्रदान गरेका हुन् ।

राजा हमाद बिन इशा अल खालिफाले ‘लोकहितकारी कामका अर्थमा डा रूइतले सबैभन्दा योग्य, अमूल्य र प्रभावकारी काम’ गर्दै आएको बताए ! इशा अवार्ड कमिटीका अधयक्ष सेख मोहम्मद बिन मुबारक अल खलिफाले पनि डा रुइत मानवहितकारी अर्थमा संसारकै लागि उदाहरण रहेको बताए ।

आफ्ना पिता सेख इसा बिन सलमान अल खालिफाका नाममा सन् २००९ मा स्थापित यो सम्मान हरेक दुइ वर्षमा र ‘मानवताका लागि सेवा’ गर्ने विश्वभरकै कोही व्यक्ति/संस्थालाई प्रदान गरिँदै आएको छ ।

तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा.रुइतले ‘विकासोन्मुख मुलुकका नागरिकमा रहेको अन्धोपनाको उपचारमा गरेको निरन्तरको प्रयत्नका निम्ति’ बहराइन सरकारले यो विशिष्ट सम्मान प्रदान गरेको हो । ‘यो घडी म तिलगंगा प्रतिष्ठानका हरेक सदस्यलाई उनीहरुको स्तुत्य सेवालाई धन्यवाद दिन चाहन्छु । यो काममा जुटेका मेरा अन्तर्राष्ट्रिय तहका सहयोगी र साझेदार द फ्रेड होलोज फाउन्डेसन, हिमालयन क्याटाराक्ट प्रोजेक्ट र तेज कोहली एण्ड रुइत फाउन्डेसनलाई यो क्षणमा म सम्झन चाहन्छु । र, आँखा उपचारमा आएका मेरा सम्पूर्ण बिरामीहरुमा म यो सम्मान अर्पण गर्न चाहन्छु’,डा.रुइतले संक्षिप्त प्रतिक्रिया दिँदै भनेका छन् ।

डा.रुइतले आफ्नो यो अवार्डले आफूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिबद्धता र मेहेनतका साथ काम गर्ने अवसरका रुपमा थप प्रेरणा दिएको बताए । उनले बहराइन अधिराज्यले यो सम्मानबाट सम्मानित गरेकोमा कृतज्ञता जाहेर गर्दै भविष्यमा आफ्नो कामलाई अझ प्रतिबद्धताका साथ निरन्तरता दिने जनाएका छन् । नेत्र चिकित्सक डा. रुइतले आफ्नै हातले अहिलेसम्म एक लाख २५ हजार भन्दा धेरै व्यक्तिको शल्यक्रिया गरिसकेका छन् र ७० भन्दा बढी देशमा प्रत्यक्ष/परोक्ष सेवा दिइसकेका छन् ।

इशा अवार्ड पहिलोपटक मलेशियाकी प्रतिष्ठित चिकित्सक जेमिला महमुदले २०१३ मा पाएकी थिइन् । दोस्रो अवार्ड(२०१५) भारतका शिक्षाविद् अच्युता सामन्तले र तेस्रो (२०१७) इजिप्टको चिल्ड्रेन क्यान्सर हस्पिटललाई प्रदान गरिएको थियो । चौथो अवार्ड भने पाकिस्तानको प्रतिष्ठित सामाजिक सेवक संस्था इधी फाउन्डेसनलाई प्रदान गरिएको थियो ।

यसअघि, बहराइन सरकारका तर्फबाट सञ्चारमन्त्री डा.रमजान बिन अब्दुल्ला अल नुवायमीले सोमबार अपरान्ह पत्रकार सम्मेलन गर्दै ‘कुनै मुलुक वा राष्ट्रियता हेरेर इशा अवार्ड प्रदान नगरिने बताउँदे मानवीयताको उच्चतम सेवा–कदरका लागि डा.रुइतको कामलाई छनौट गरिएको’ बताएका थिए । ‘बरु यही मानवीयताका नाममा जोडिएको संस्कृति, महत्त्व र दयालुपनको नेपाली पहिचानलाई इशा अवार्डले सम्मानित गरेको छ, यो पहिचान डा.रुइतले स्थापित गराएका छन्,’मन्त्री अल नुवायमीले भने ।

डा.रुइतले पैसा कमाउनेभन्दा आम मानिसलाई सहज हुने गरी आँखा उपचारमा सस्तो मूल्यको इन्ट्राअक्युलर लेन्स सिंगो विश्वलाई उपहार दिएको आधारलाई इशा अवार्डले ‘उल्लेख्य उपलब्धि’ ठानेको उनले बताए । रुइतको प्रयासले इन्ट्राअक्युलर लेन्स(प्रति)को मूल्य ३ डलरमै उत्पादन सम्भव भएको छ । एक दशकअघि सम्म यो लेन्सको मूल्य १५० डलरसम्म पर्ने गर्थ्यो । नेपालमै उत्पादित करीब ६० लाख इन्ट्राअक्युलर लेन्स आज विश्वभर वितरण भइसकेको छ ।

इशा सांस्कृतिक केन्द्रको समारोहमा बहराइन सरकारका मन्त्रीहरु तथा र विशिष्ट आगन्तुकगणको उपस्थिति थियो । समारोहमा बहराइनस्थित राजदूत तिर्थराज वाग्ले र मानमास्थित कूटनीतिक समुदायको उपस्थिति रहेको थियो ।

समारोहमा तेज कोहली-रूइत फाउन्डेसनका सहअध्यक्ष तेज कोहलीसमेत बेलायतबाट बहराइन आइपुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In