• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

सिरियामा भग्नावशेषबाट जिवितै उद्धार गरिएकी शिशुको जिम्मा काका काकीले लिए


सिरियामा भग्नावशेषबाट जिवितै उद्धार गरिएकी शिशुको जिम्मा काका काकीले लिए

सिरियामा भूकम्पको भग्नावशेषबाट जिवितै उद्दार गरिएकी शिशुको जिम्मा उनका काका काकीले लिएका छन्। डीएनए परीक्षणबाट काका काकी नातेदार पुष्टि भएपछि अस्पतालले जिम्मा लगाएको हो।

शिशु र काकीको डीएनए परीक्षण गरिएको थियो।

भूकम्पले भत्किएको घरभित्र जन्मेकी नवजात शिशुको जिम्मा लिन हजारौं इच्छुक देखिएका थिए। तर,अस्पतालले शिशुका आफन्त नआएसम्म कसैलाई नदिने बताएको थियो।

सिरियाको अलेप्पो प्रान्तको अफ्रिन भन्ने सहरमा उद्दारकर्मीहरूले ती शिशुलाई आमाको गर्भनालयमा जोडिएको अवस्थामा फेला पारेका थिए। ती शिशुको नाम अफ्रा राखिएको छ। उद्दारकर्मीहरूले भने आया राखेका थिए। जसको अर्थ अरबीमा चमत्कार हो।

उद्धारकर्ताहरूले भग्नावशेषबाट निकालेको भीडीयो सामाजिक सञ्चालमा भाइरल भएपछि हजारौं मानिसले उनको पालनपोषणको जिम्मा लिन इच्छा देखाएका छन्।

भूकम्पमा परेर आयाका आमा बाबु र ४ जना दाजुभाइ र एक काकीको मृत्यु भएको  थियो। भूकम्पले भत्केको घरभित्रै आयालाई जन्म दिएपछि उनकी आमाको मृत्यु भएको छिमेकीले बताएका छन्। अस्पताल पुर्‍याउँदा उनको अवस्था नाजुक थियो।

हाल शिशुको स्वास्‍थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन्।

शिशु जिम्मा लिँदै खलील सावदीले भनेका छन् ‘यिनी मेरो सन्तानमध्ये एक हुन्। यिनी र मेरा छोराछोरीमा भेदभाव गर्दिनँ।’ उनले शिशु आफूसँग रहनुमा खास महत्व हुने बताएका छन्।

‘यो शिशु हाम्रो लागि धेरै महत्त्वपूर्ण छ किनभने योबाहेक उनको परिवारमा कोही बाँकी छैन,’सावदीले रोयटर्स समाचार एजेन्सीलाई भनेका छन्,’ यिनी भूकम्पमा ज्यान गुमाएका सबै आफन्तको सम्झना हुनेछिन्।’

दु:खको कुरा यो छ कि सावदीको घर पनि भूकम्पले ध्वस्त बनाएको  छ। हाल उनीहरू आफन्तसँगै बस्दै आएका  छन्। भूकम्प गएको तीन दिनपछि जिवितै उद्दार गरिएकी छोरीलाई स्वागत गर्न पाउँदा दुवैजना खुसी छन्।

भूकम्पमा परी सिरिया र टर्कीमा ४५ हजार बढिले ज्यान गुमाएका  छन्। सोमबार राती टर्कीमा फेरि भूकम्प जाँदा ६ जनाको मृत्यु भएको छ भने करिब ३०० जनाको घाइते भएको अन्तरार्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

भारतका लागि ठूलो कूटनीतिक परीक्षाको चरण सुरु

भारतका लागि ठूलो कूटनीतिक परीक्षाको चरण सुरु

ग्रीसको रेल दुर्घटनामा ३६ जनाको मृत्यु, ८५ घाइते

ग्रीसको रेल दुर्घटनामा ३६ जनाको मृत्यु, ८५ घाइते

उत्तर कोरियामा खाद्य संकट, उत्पादनमा ‘क्रान्तिकारी परिवर्तन’ ल्याउन किमको निर्देशन

उत्तर कोरियामा खाद्य संकट, उत्पादनमा ‘क्रान्तिकारी परिवर्तन’ ल्याउन किमको निर्देशन

Discussion about this post


© Dainik Sanjal

लोकप्रिय

लहान २ मा सडक सुधार पक्की नाला निर्माणको सिलान्यास

लहान २ मा सडक सुधार पक्की नाला निर्माणको सिलान्यास

जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्

जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो

जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो

इँटा भट्टाको पर्खाल भत्किँदा ६ मजदुर घाइते, एकको अवस्था गम्भीर

इँटा भट्टाको पर्खाल भत्किँदा ६ मजदुर घाइते, एकको अवस्था गम्भीर

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले त्यागे कांग्रेस

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले त्यागे कांग्रेस

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : सैलेन्द्र क्रान्ति
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In