• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

काठमाडौँ महानगरको सडकमा कहिले बल्छ बत्ती ?

काठमाडौँ महानगरको सडकमा कहिले बल्छ बत्ती ?
Share on FacebookShare on Twitter

काठमाडौँ  महानगर भन्नासाथ सुविधा सम्पन्नताको नजरले हेरिन्छ तर महानगरभित्रका कयौं स्थानमा रातको समय सडकबत्ती नहुँदा यात्री तथा स्थानीयवासीले समस्या झेल्दै आएका छन् । तुलनात्मक रुपमा ललितपुर महानगरका विभिन्न सडक रातको समयमा झिलिमिली हुँदा काठमाडौं महानगरभित्रका कयौं सडकखण्ड अन्धकारमय देखिन्छन् ।

काठमाडौँ  महानगरभित्रका सडकमा जडान गरिएका कतिपय बत्ती मर्मत सम्भारको अभावमा काम नलाग्ने भएका छन् भने कतिपय स्थानमा बत्ती नै जडान हुन सकेको छैन । बिग्रिएको सोलार बत्तीलाई मर्मत सम्भार गर्दा कम लागत लाग्ने भए पनि करोडौँ रुपैंया खर्च गरेर नयाँ बिजुली बत्ती राख्न काठमाडौं महानगर र विद्युत् प्राधिकरणबीच सम्झौता भएको छ ।

सडकमा स्मार्ट बत्ती जडानका लागि गत माघ २३ नेपाल विद्युत् प्राधिकरण र काठमाडौं महानगरपालिकाबीच सम्झौता भएको हो । स्मार्ट बत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँको लागत अनुमान गरिएको छ । जसमा काठमाडौं महानगरपालिकाले ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणले ४० प्रतिशत व्यहोर्ने गरी सम्झौता भएको छ ।

त्यसो त सडक बत्ती जडान गर्न २०७७ मंसिर २५ गते काठमाडौं महानगरपालिका, सडक विभाग र नेपाल विद्युत् प्राधिकरणबिच सम्झौता भए पनि काम सुरु हुन सकेन । त्यसैले अहिले पनि महानगर र प्राधिकरणबिच भएको सम्झौता कति सार्थक हुने हो भन्ने प्रस्ट भइसकेको छैन ।

सम्झौता अनुसार एयरपोर्ट, तिनकुने, माइतीघर मण्डला, त्रिपुरेश्वर, कालीमाटी, टेकु, कलंकी, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, पुतली सडक, बागबजार, डिल्लीबाजर टुँडिखेल वरिपरि बत्ती राखिने जनाइएको छ ।

काठमाडौं महानगरका प्रवक्ता नविन मानन्धरका अनुसार महानगरमा पर्ने सबै मुल सडकलाई उज्यालो पार्ने सहमति अनुसार बिजुली बत्ती राख्न लागिएको हो । उनले अब केही दिनमै काम सुरु हुने बताए । उनले भने, ‘जडान सम्पन्न भएपछि मर्मत सम्भारको जिम्मा महानगरपालिकाले नै लिनेछ ।’

अब सडकमा बल्ने नयाँ स्मार्ट बत्ती साँझ परेपछि आफै बल्ने र बिहान उज्यालो हुनासाथ आफै निभ्ने राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाका उपप्रबन्धक प्रमोद रिजालले बताए । कतिपय सडकमा अहिले भएको सोलारका बत्ती बल्दैनन् । सोलार बत्ती बिग्रिएका पोलमा नयाँ बत्ती राखिने उनले बताए । अहिले राख्न लागेको नयाँ स्मार्ट बत्ती विज्ञापनरहित हुने उनको भनाइ छ ।

‘सडकमा अहिले भएको सोलार बत्तीमध्ये जुन बलिरहेका छन्, तिनलाई यथावत राख्ने र नबलेको ठाउँमा नयाँ जडान गर्ने योजना छ,’ उनले भने, ‘मुख्यगरी पुरानै पोलहरुमा बत्ती राखिने हो । थप गरिने ठाउँमा मात्र नयाँ पोला राखिने छ ।’ अहिलेसम्मको अनुमानमा दुई सय ५० वटा नयाँ पोल थापिने उनको भनाइ छ ।

त्यसैगरी नेपाल विद्युत् प्राधिकरणले यसअघि महानगरका मुख्य सडकहरुमा जडान गरिएको सोलार बत्ती पूर्ण रुपमा हटाउने भएपछि करोडौँ रुपैयाँको लगानी जोखिममा पर्ने देखिन्छ । २०७१ सालमा एसियाली विकास बैंकको सहयोगमा १० करोड ८८ लाख रुपैयाँ खर्चिएर सोलार बत्ती जडान गरिएको थियो । काठमाडौं महानगरपालिकाले २०७३ सालमा पोलमा विज्ञापन बोर्ड राख्न दिने गरी सार्वजनिक निजी साझेदारी (पीपीपी) अन्तर्गत बिके टेडर्स एण्ड सप्लायर्सलाई २४ करोड ३७ लाख रुपैयाँ खर्च गरेर सडकमा सोलार बत्ती जडानको जिम्मेवारी दिएको थियो ।

सम्झौता अनुसार, कम्पनीले जडान गरेका सडक बत्ती १० वर्षपछि मात्र महानगरको स्वामित्वमा आउँछ । सडकमा सोलार बत्ती बिके ट्रेडर्सले राख्दा त्यसबापत पोलमा विज्ञापन राख्न पाउने र कम्पनीले प्यानल, पोल, ब्याट्री मर्मत सम्भार, प्यानल सरसफाई गर्नुपर्ने सम्झौता भएको थियो ।

कम्पनीले विज्ञापन रोयल्टी बापत वार्षिक १ करोड ११ लाख ८० हजार रुपैयाँ महानगरलाई बुझाउनु पर्छ । त्यस बाहेक १ करोड ५४ लाख विज्ञापन शुल्क पनि महानगरपालिकाले पाउने सम्झौतामा उल्लेख छ । तर, सम्झौता भएको ७ वर्षमै सोलार बत्ती नबल्ने, कतिपय बत्ती मधुरो बल्न थालेका छन् ।

धुलो र धुवाँका कारण बत्ती बल्न छाडेको र ब्याट्रीहरु पनि बिग्रिएकाले सोलरका बत्ती विस्थापित गर्न लागिएको रिजालको भनाइ छ । मर्मत सम्भार तथा सफाइ नगर्दा सोलार प्यानलमा धुलोले भरिएका कारण सडकका सोलार  बत्ती बल्न छाडेकाले नयाँ स्मार्ट बत्ती जडान गर्न लागिएको उनले बताए ।

‘हामी सोलारको बत्ती हटाउँदैनौँ, कुनै मधुरो बलेको छ भने त्यसलाई भित्री सडकहरुमा राख्न सकिन्छ,’ उनले भने, ‘हामी छलफलमा छौँ, महानगरसँग जे सम्झौता भयो, हामीले त्यही गर्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In