• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

मिर्गौला उपचारका लागी अस्पतालअगाडि बदाम बेच्दै

१८ धोक्रो धान फल्ने खेत बेचेको डेढ लाख लिएर दम्पती काठमाडौं पसेका थिए, डाक्टरले दाता भए मिर्गौला प्रत्यारोपण गर्न सकिने जनाउ दिएपछि श्रीमान्ले पुलुक्क हेरे, श्रीमतीले निमेषमै भनिन्, ‘म दिन्छु’


मिर्गौला उपचारका लागी अस्पतालअगाडि बदाम बेच्दै
Share on FacebookShare on Twitter

दुःखीको घरमा मात्र
तेरो बास हुने भए,
हे ईश्वर दया राखी, मलाई अझ दुःख दे…
रविता जैसीलाई बालकृष्ण सम भन्ने कुनै साहित्यकार थिए र उनले मुकुन्द इन्दिरा नाटकमा यस्तो लेखेका छन् भन्ने ख्याल छैन । तर, उनले दिनरातै गर्ने याचना भने यही हो ।

‘दुःखको त सीमा नै नाइँ,’ रविता भन्छिन्, ‘कहाँ जानु ? कसलाई भन्नु ? कतै भगवान् होलान् र सुन्लान् भनेर गुनासो गरिबस्छु ।’

देशका प्रमुख दलका नेताहरू राज्यशक्ति आफ्नो मुठीमा पार्ने ध्याउन्नमा लागेका बेला यही देशकी नागरिक रविता भने केही मुठी बदाम किनिदिने ग्राहकको आसमा दिन कटाइरहेकी छन् । भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रवेशद्वार अघिल्तिर सडक पेटीमा केही माना बदाम लिएर बसिरहेकी हुन्छिन् उनी, छेवैमा पति नन्दप्रसाद हुन्छन्, श्रीमान्–श्रीमती ग्राहक कुरिरहन्छन् ।

हुम्लामा जन्मे–हुर्केका नन्दप्रसाद र रविताको बिहे १२ वर्षअघि भएको हो । जति बेला नन्दप्रसाद २४ र रविता १८ वर्षकी मात्र थिइन् । बिहे गर्दा रवितालाई थाहा थिएन, मन, मुटु र तीन छोराछोरी दिइसकेपछि पनि पतिलाई केही दिन बाँकी रहनेछ ।

दुःख सुरु भयो जब तीन वर्षअघि नन्दप्रसादलाई मिर्गौलाको बिमारले छोयो । १८ धोक्रो धान फल्ने खेत बेचबाच पारी हात लागेको डेढ लाख लिएर उपचारका लागि दम्पती काठमाडौं पसेका थिए । दुई छोरी र एक छोरा गाउँमै छाडेर काठमाडौं आएका उनीहरू अढाई वर्षसम्म डाइलसिस गराउँदा होटलमा मात्र होइन, कैयौं रात सडकमा सुत्न बाध्य भए । भक्तपुरस्थित प्रत्यारोपण केन्द्रका डा. पुकार श्रेष्ठले दाता भए मिर्गौला प्रत्यारोपण गर्न सकिने जनाउ दिएपछि नन्दप्रसादले पुलुक्क रवितातिर हेरे । निमेषभरमै रविताले भनिन्, ‘मिर्गौला म दिन्छु ।’

‘क्रस म्याचिङ’ गराउँदा रविताको मिर्गौला नन्दप्रसादलाई दिन मिल्ने भयो । कानुन र मेडिकलका अवरोध पार गरेपछि गत भदौमा दम्पती नै अस्पताल भर्ना भए । अर्को दिन रविताको एउटा मिर्गौला नन्दप्रसादको पेटमा सारियो । ‘होसमा आउँदा अपरेसन सफल भयो भन्ने सुन्दा निकै खुसी भएँ,’ उनी भन्छिन् ।

पतिको ओइलाएको अनुहार बौरिन थालेपछि रविता खुसी भइन् । मिर्गौला प्रत्यारोपणको खर्च सरकारले बेहोर्ने व्यवस्था भएकाले त्यसको टन्टा अब भएन । तर, अस्पतालबाट ‘डिस्चार्ज’ भएपछि कहाँ जाने ? गाउँ जाने हो भने ‘फलोअप चेक’ कसरी गर्ने ? काठमाडौंमा बसे दुई ज्यान कसरी धान्ने ? त्यतिन्जेल तीन छोराछोरी पनि आइसकेका थिए ।

‘भात खान पनि पैसा भएन,’ रविताले गहभरि आँसु पारिन्, ‘मागेर हिँड्न शर्मले दिएन, भोकै बस्न पेटले दिएन, अप्ठ्यारोमा परियो ।’ दुवै जनाको अपरेसन भएको छ, नियमित औषधि खानुपर्छ । उनी भन्छिन्, ‘यही बेला भोकभोकै परेपछि अस्पताल अगाडि बसेर बदाम बेच्न थालें ।’ पेटीमा नाङ्लो राख्दा बटुवालाई गाह्रो हुन्छ, अस्पताल प्रशासनले गेटअगाडि पसल नराख्न भनेर धेरै पटक भनिसक्यो । धन्न, लेखेटिहाल्न आएका छैनन् । ‘नगरपालिकाले घोक्रेठ्याक लगाउँछ भनेर मान्छेले डर देखाउँछन्, त्यसैले पीर पर्छ,’ उनी भन्छिन् । आफू बिरामी पर्दा श्रीमतीले पनि दुःख पाएको देखेर नन्दप्रसाद पनि पिरोलिन्छन् ।

‘घर जानै पैसा छैन, कहाँबाट निकाल्ने ? अब त यतैको बन्धकजस्तै भइयो,’ भन्छन्, ‘पहिले त भारी बोकेर पनि खान्थें, अब त्यो पनि अवस्था रहेन । भातै खान पनि पैसा नहुने भयो ।’

घरीघरी जँचाउनुपर्ने हुनाले नन्दप्रसाद दम्पतीले अस्पताल नजिकै सिद्धपोखरीमा मासिक तीन हजारमा एउटा साँघुरो कोठा लिएका छन् । ‘भाडा तिर्न नसकेको पनि दुई महिना भइसक्यो । पैसा नदिने भए छाडेर जाओ भन्ने कुरा आएको छ, दुई माना बदाम बेचेको पैसाले साँझ–बिहानको पेटभरि दाल–चामल जुटाउन गाह्रो छ ।’

उपचारमा धेरै समय लागेपछि छोराछोरी पनि काठमाडौं नै आएका छन् । तर, सँगै राखेर पढाउन नसकेपछि उनीहरूले धेरैतिर हारगुहार गरे । ललितपुरको सामाजिक संस्था ‘मायालु बालबालिका’ ले उनीहरूकी ११ वर्षीया जेठी छोरीलाई पढाइदिने व्यवस्था गरेको छ । ‘५ वर्षकी कान्छी छोरीलाई पनि किरण नेपाल भन्ने संस्थाले राखेको छ,’ नन्दप्रसादले दुःख बिसाए । उनका ८ वर्षीय छोरा राम्रोसँग आँखा देख्न सक्दैनन् । ‘राति त ठ्याम्मै देख्दैन, दिउँसो पनि अग्लो, होचो छुट्याउन नसकेर लडिहाल्छ,’ उनी भन्छन्, ‘त्यसलाई कुनै संस्थाले पनि राख्न मानेनन् ।’

जोहो गर्न सकेको पैसा आफ्नो उपचारमा खर्च भएकाले छोराको आँखाको उपचार गर्न नसकेकामा दम्पती दुःखी छन् । ‘उहाँले औषधि खाइरहनुभएको छ, मलाईचाहिँ औषधि नपरे पनि नियमित जँचाउन पर्छ,’ रविता भन्छिन्, ‘श्रीमान् यसै बिरामी भइगए, केही गर्न सक्नु हुन्न । म सद्दे भइखाकी पनि पहिलेजस्तो काम गर्न सक्दिनँ । त्यसमाथि हिजोदेखि बेस्सरी पिसाब पोलिराख्या छ, दुई–तीन मिनेटमा पिसाब आउन थालेपछि डरै लागेको छ ।’

बिहीबार उनको जँचाउने पालो छ । ‘मिर्गौला दिनेको स्वास्थ्यमा त्यस्तो कुनै खराबी हम्मेसी हुँदैन,’ डा. पुकार भन्छन्, ‘तर, अरू केही भइहाले पनि मिर्गौला दिएकाले होला भन्ने मानसिक छाप पर्न सक्छ ।’

अनेक दुःख झेलिरहेको यो दम्पतीमा नन्दप्रसादभन्दा रविता नै खुसी छिन् । भन्छिन्, ‘जीवनमा अनेक दुःख छन्, अगाडि पनि गाह्रो छ, तर श्रीमान्लाई बचाउन सकियो भनेर सन्तोष पनि लाग्छ ।’ यसरी पुरुषलाई बचाउन महिला कसरी अघि सर्छन् भन्ने तथ्य मिर्गौला प्रत्यारोपणको अंकले पनि देखाउँछ । भक्तपुरको यो अस्पतालमा एक हजार मिर्गौला प्रत्यारोपण भएका छन्, त्यसमा मिर्गौला दिनेहरू ७ सय ८० जना महिला छन् ।

‘श्रीमान्लाई मिर्गौला रोग लाग्यो भने श्रीमतीबाट पाउनु हक नै हो जस्तो गर्छन् पुरुष । श्रीमान्लाई जीवनदान दिन पाए महिलाहरू पनि खुसी हुन्छन् र नाइँनास्ति गर्दैनन्,’ डा. पुकार भन्छन्, ‘पत्नीलाई मिर्गौला आवश्यक पर्दा पतिहरू दान दिन सहजै तयार हुँदैनन् । भइहाले पनि घर परिवारले र आफन्तले रोक्छन् ।’

सार्वजनिक तथा कानुनी अधिकारमा पुरुषसँग बराबर हुन् महिलाहरू संघर्षरत छन्, तर मानवीय संवेदनामा उनीहरू यति अघि छन् जहाँ पुग्न पुरुषले निक्कै धेरै चेतना विकास गर्नुपर्नेछ । नेपालका सरकारी तथा निजी अस्पतालमा हालसम्म करिब १८ सय मिर्गौला प्रत्यारोपण गरिएको छ । त्यसमध्ये ७२ प्रतिशत दाता महिला छन् तर मिर्गौला पाउनेमा भने उनीहरूको संख्या जम्मा २२ प्रतिशत छ ।

रोगले पुरुष र महिला भनेर छुट्याउँदैन तर समाज, संस्कार र संवेदनाले छुट्याएकाले पुरुषलाई मिर्गौला चाहिँदा पनि महिला र महिलालाई चाहिँदा पनि महिला नै अघि सर्नुपरेको तथ्यांकले नै पुष्टि गरेको छ । पुरुषलाई मिर्गौला दिन आमा, श्रीमती, दिदीबहिनी र फुपूसमेत अघि सर्छन । तर महिलाको मिर्गौला प्रत्यारोपण गर्दा अघि सर्ने बाबु, दाजुभाइ, श्रीमान् र छोरा निक्कै कम छन । त्यसैले धैरै महिलाको प्रत्यारोपण नै रोकिने गरेको छ ।

मिर्गौला दिने महिलामा पनि श्रीमती र आमाको संख्या बढी छ । भक्तपुरको प्रत्यारोपण केन्द्रमा भएको मिर्गौला दानमा ३० प्रतिशत श्रीमती र २० प्रतिशत आमा छन । आमाको उमेर बढी हुने र स्वास्थ्यमा प्रतिकूलता बढी देखिने हुनाले चाहेर पनि कतिपयले दिन मिल्दैन ।

आमाको मिर्गौला पाउनेमा छोरीको दाँजोमा छोरा नै बढी छन्, यसको मतलब छोरीको भन्दा छोराको जीवन ‘खास’ हो भन्ने सामाजिक भावना कारण रहेको चिकित्सकहरूको भनाइ छ । भक्तपुरको तथ्यांकअनुसार छोरालाई २० प्रतिशत आमाले मिर्गौला दान गरेका छन् भने छोरीलाई ६ प्रतिशत । तर, आमालाई चाहिँदा ८ जना छोरीले मिर्गौला दान गरेका छन् भने यस्ता छोरा २ जना मात्र छन ।

भाइबहिनीबीच हुने मिर्गौला दानमा दाजुभाइको दाँजोमा ५ गुणा बढी दिदीबहिनीले दान गरेका छन । केन्द्रमा हालसम्म ४८ जना दिदीबहिनीले दाजुभाइका लागि मिर्गौला दान गरेको देखिएको छ भने दिदीबहिनीका लागि अघि सर्ने पुरुषको संख्या १० जना मात्रै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

कोशी सरकारद्वारा खेलकुद बोर्ड सदस्य सचिव तोक्ने निर्णय

कोशी सरकारद्वारा खेलकुद बोर्ड सदस्य सचिव तोक्ने निर्णय

सिन्धुली बैंक लुटमा दुई करोड ६८ लाखभन्दा बढी रकम बरामद

सिन्धुली बैंक लुटमा दुई करोड ६८ लाखभन्दा बढी रकम बरामद

Discussion about this post


© Dainik Sanjal

भर्खरै

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In