• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

नारायणगढ–बागलुङ ८ घण्टाको यात्रा अब ४ घण्टामै छोटिने

नारायणगढ–बागलुङ ८ घण्टाको यात्रा अब ४ घण्टामै छोटिने
Share on FacebookShare on Twitter

नारायणगढ–बागलुङ ८ घण्टाको यात्रा अब ४ घण्टामै छोटिने भएको छ । कालीगण्डकी कोरिडोरको निर्माण कार्यसँगै यो सम्भव हुन थालेको हो । राष्ट्रिय गौरवको आयोजनाको रूपमा आर्थिक वर्ष २०६७/२०६८ बाट निर्माण सुरु भएको कालीगण्डकी कोरिडोर अहिले दुई खण्डमा विभाजन गरेर काम धमाधम भइरहेको छ ।

नेपाल–भारत बेलहिया (सुनौली) नाकादेखि मुस्ताङको कोरला नाका जोड्ने उद्देश्यले सुरु गरिएको उत्तर–दक्षिण व्यापारिक पारवहन मार्ग काली गण्डकी कोरिडोर ४३५ किलोमिटर लामो छ । त्यस्तै, पूर्व नवलपरासीको गैँडाकोटदेखि बागलुङको मालढुंगा तल्लो खण्ड २४० किलोमिटर छ । उता मालढुंगादेखि मुस्ताङको चीन जोड्ने कोरला नाकाको दूरी १९५ किलोमिटर छ ।

आयोजनाको सबै ‘ट्रयाक’ खोलिएर कालोपत्रेको गर्ने काम तीव्र गतिमा भइरहेको सडक परियोजना कार्यालयले जनाएको छ । पहिलो खण्डको भौतिक प्रगति ४० प्रतिशत र दोस्रो खण्डको ७८ प्रतिशत काम भएको छ ।

कालीगण्डकी कोरिडोर (गैँडाकोट, राम्दी मालढुंगा) सडक आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी पवित्रमणि आचार्यले पहिलो खण्डको भौतिक पूर्वाधारको काम ४० प्रतिशत भएको रातोपाटीलाई बताए । उनका अनुसार खण्ड खण्ड  गरेर ठेक्का लगाउने काम हुँदा केही खण्डका काम पुरा भएको र केही खण्डमा अझै ठेक्का लगाउन बाँकी रहेको छ । अहिले २४० किलोमिटरमध्ये ११३ किलोमिटर कालोपत्रे भइसकेको उनले जनाए ।

Kaligandaki 1 (1)

राम्दिदेखी रानी महलसम्म स्तरोन्नतिको काम बाँकी छ । गैँडाकोटदेखि पाल्पाको पिपल डाँडासम्म कालोपत्रे सकिएको छ । त्यस्तै रानी महल–अर्गेली खण्ड पनि कालोपत्रेको तयारी छ । रिडी, रुद्र बेनी हुँदै हर्मीचौरको कालोपत्रेका लागि आउँदो असारसम्मको समय छ ।

हर्मीचौरदेखि बागलुङको बलेवासम्म ५२ किलोमिटर कालोपत्रेका लागि कालिका कन्स्ट्रक्सनलाई ३ अर्ब रुपैयाँमा ठेक्का दिइएको छ । बलेवादेखि मालढुंगासम्म १० किलोमिटर ४७ करोडमा कालोपत्रेका लागि सम्झौता भएको इन्जिनियर आचार्यले बताए ।

दोस्रोे खण्डमा पर्ने मालढुंगा, बेनी, जोमसोम हुँदै कोरला सडकमा १९५ किलोमिटरको सडक ट्रयाक विस्तारको काम तीव्र गतिमा भइरहेको छ । काली गण्डकी कोरिडोर (बेनी, जोमसोम कोरला) सडक आयोजनाका इन्जिनियर सूचना अधिकारी मन्दा पन्थले मालढुंगा–बेनी, बेनी–जोमसोम र जोमसोम–कोरला क्षेत्रमा खण्ड–खण्ड बनाएर काम भइरहेको जनाइन् ।

पन्थका अनुसार मालढुंगा–बेनी २० किलोमिटर, बेनी–जोमसोम ७४ र जोमसोम–कोरला ११५ किलोमिटर छ । अन्य केही खण्डमा आउँदो असारसम्म कालोपत्रेको काम भइसक्ने छ ।
खास गरी कागबेनी जोमसोम धार्मिक पर्यटकलाई लक्षित गरेर यसै वर्ष कालोपत्रे गर्ने योजना रहेको सडक कार्यालयले जनाएको छ । यहाँ  चिसो मौसमका कारणले धेरै काम अब चैतपछि तीव्रता दिने  सूचना अधिकारी इन्जिनियर पन्थले बताइन् ।

यस्तै यो खण्डमा पर्ने  २२ वाट पुलमध्ये २० वटा ठेक्का लागेको छ  भने  ५ वटा पुल निर्माणको काम सकिएको छ । आयोजनाको पहिलो खण्डको अनुमानित ३० अर्ब बजेट रहेकोमा हालसम्म ७ अर्ब खर्च भइसकेको छ । यस्तै दोस्रो खण्डमा पनि साढे ५ अर्ब भन्दा धेरै बजेट खर्च भएको छ ।

3 (1)

सूचना अधिकारी पवित्रमणि आचार्यले पहिलो खण्डको बजेट ३० अर्ब नपुग्ने भएको आउँदो आर्थिक वर्षमा थप गर्नुपर्ने बताए । उक्त सडक भारत सरकारको एग्जिम डेभलपमेन्ट बैंकको ऋण सहयोगमा भारतीय निर्माण कम्पनी ईकेएले निर्माण गरिरहेको छ ।

पहाडी जिल्लाको जीवनस्तर उकास्ने अपेक्षा 
कालीगण्डकी नदीको किनारै किनार बनेको यस राजमार्गले पूर्वी नवलपरासीका ग्रामीण बस्ती, पाल्पाको पश्चिम क्षेत्र तथा बागलुङ र पर्वतका दुर्गम गाउँहरूलाई सहरसँग जोडेको छ ।
भारतबाट रोजगारी गरेर बागलुङ, पर्वत, गुल्मी, म्याग्दी र मुस्ताङसम्म नेपालीहरू सुनौली, चितवनको सडक प्रयोग गर्नुपर्ने अवस्था छ । यस्तै बुटवलबाट बागलुङको जैमिनी, बेलबगर, गुल्मीको कालीगण्डकीको फोक्सिङ, छाप चौरलगायत ग्रामीण ठाउँमा यात्रुवाहक ठुला गाडीहरू छुट्ने गर्छन् । अव यो सडक बनेपछि यात्रामा निकै सहज हुनेछ ।

Kaligandaki 2

इन्जिनियर आचार्यले बुटवलबाट अब बागलुङ सदरमुकाम १५० किलोमिटर दूरीमा खुम्चिने बताए । उनले नारायणगढ, मुग्लिङ, पोखरा हुँदै बागलुङ जान दैनिक ८ देखि १० घण्टाको यात्रा अब ४ घण्टामै छोटिने हुँदा जीवनस्तर परिवर्तन हुने बताए ।
कोरिडोरले दुई प्रदेशका ६ जिल्लाका २० लाख बढी जनसंख्यालाई सिधा सडक सञ्जालमा जोड्दै कृषिजन्य उत्पादन, पर्यटन विकास, विद्युत् उत्पादनमा समेत ठूलो सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

बागलुङको जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले कोरिडोरका कारण जनताको जीवनस्तरमा परिवर्तन ल्याउने अपेक्षा गरे । उनले व्यापार व्यवसायदेखि किसानको उत्पादन गाउँदेखि सहरसम्म पु¥याउन सकिने अपेक्षा आफूहरूले गरेको बताए ।
पहिले चिनियाँ बौद्ध धर्मावलम्बीहरू बौद्ध शिक्षा अध्ययनका लागि लुम्बिनी तथा भारतको पटना यही मार्ग भएर पुगेको विश्वास गरिन्छ । भारतीय व्यवसायी कालीगण्डकीको किनारै किनार चीनको कोरला पुग्ने गरेका थिए ।

निर्माणाधीन कोरिडोरलाई चिनियाँ बौद्ध धर्मावलम्बीहरूलाई लुम्बिनीसँग जोड्न सहज बन्ने लुम्बिनी विकास कोषका सूचना अधिकारी डा हरिध्वज राईले बताए । उनले रातोपाटीसँग भने,  ‘कोरला नाका निर्माण भएपछि यहाँ आउने चिनिया यात्रुको संख्या स्वतः वृद्धि हुन्छ ।’

कोरिडोरले दुई प्रदेशका ६ जिल्लाका २० लाख बढी जनसंख्यालाई सिधा सडक सञ्जालमा जोड्दै कृषिजन्य उत्पादन, पर्यटन विकास, विद्युत् उत्पादनमा समेत ठूलो सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिज्ञापत्र कार्यक्रम बिपीनगर सानेपाबाट जनकपुरमा सारियो, चुनावी सभासँगै सार्वजनिक गरिने

प्रतिज्ञापत्र कार्यक्रम बिपीनगर सानेपाबाट जनकपुरमा सारियो, चुनावी सभासँगै सार्वजनिक गरिने

नेकपा एमाले अध्यक्ष ओलीको प्रतिज्ञापत्र: रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा तीव्र विकास

नेकपा एमाले अध्यक्ष ओलीको प्रतिज्ञापत्र: रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा तीव्र विकास

Discussion about this post

© Dainik Sanjal

भर्खरै

Balanced approach of no kyc casino network

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In