गत ज्यानुअरी महिनामा एक भारतीय युवक एउटी पाकिस्तानी युवतीलाई गैरकानुनी रूपमा भारत प्रवेश गर्न र नक्कली परिचयपत्र बनाउन सहयोग गरेको आरोपमा पक्राउ परे।
ती युवती उनकी श्रीमती हुन्।
भारतका २१ वर्षीय मुलायम सिंह यादव र पाकिस्तानकी १९ वर्षीया इकरा जीवानीको सन् २०२० ताका कोभिड महामारी फैलिएका बेला अनलाइन लुडो खेल्ने क्रममा चिनजान भएको थियो।
पछि उनीहरू प्रेममा परे। सँगै बस्न आफूहरूलाई कठिन हुनेछ भन्ने दुवै जनालाई थाहा थियो। भारत र पाकिस्तानबीच तिक्ततापूर्ण सम्बन्ध छ। सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारत-पाकिस्तान विभाजन भएको थियो। त्यसयता यी दुई छिमेकीहरूबीच तीन पटक युद्ध भइसकेको छ।
Discussion about this post