• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुने

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुने
Share on FacebookShare on Twitter

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि बुधबारदेखि चैत ५ गतेसम्म निर्वाचन आचारसंहिता लागू गर्ने निणर्य गरेको छ । आयोगको मंगलबार बसेको बैठकले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन र चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनकालागि बुधबारदेखि चैत ५ गतेसम्म आचारसंहिता लागू गर्ने निणर्य गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ को अधिकार प्रयोग गरी आयोगले निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको हो ।

सो राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सरकार, सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदातालाई लागू हुनेछ ।

आयोगले संविधानको पालना र संरक्षण तथा राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने राष्ट्राध्यक्ष जस्तो सर्वोच्च र गरिमामय पदको निर्वाचनमा आचारसंहिता पालनाको प्रश्न उठ्नु शोभनीय नहुने दाबी गरेको छ ।

‘नेपालको संविधानको पालना र संरक्षण तथा राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने राष्ट्राध्यक्ष जस्तो सर्वोच्च र गरिमामय पदको निर्वाचनमा निर्वाचन सम्बन्धी कानून र आचारसंहिता पालनाको विषयमा प्रश्न उठ्नु कुनै पनि दृष्टिकोणबाट शोभनीय हुन सक्दैन । त्यसैले निर्वाचन आचारसंहिताको पालना गरी निर्वाचनको स्वच्छता र विश्वसनीयता कायम गर्नु सम्बद्ध सबै पक्षको दायित्व र जिम्मेवारी हो,’ आयोगले विज्ञप्तिमार्फत् भनेको छ, ‘कानूनी आधार र प्रावधानसहितको नैतिक बन्धनको रूपमा रहेको आचारसंहिताको पालना गरी संघीय संसद र प्रदेश सभाका सदस्य रहेको निर्वाचक मण्डलका सबै मतदाताहरूको स्वतन्त्रतापूर्वक मतदान गर्न पाउने अधिकारको सम्मान गर्न तथा निर्वाचनको निष्पक्षतामा कहीँ कतैबाट प्रश्न उठाउन नपाउने गरी निर्वाचन सम्पन्न गर्ने आयोगको सत्प्रयासमा सबै क्षेत्रबाट सहयोग हुन आयोग हार्दिक अपिल गर्दछ ।’

दुवै पदको निर्वाचनमा सङ्घीय संसद्मा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कूल ८८२ मतदाता छन् ।

राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भई फागुन १३ गते उम्मेदवारीको मनोनयनपत्र समेत दर्ता भइसकेको छ भने मंगलबार साँझ ४ बजेसम्म उम्मेदवारले मनोनयनपत्र फिर्ता लिन सक्ने व्यवस्था छ ।

त्यसपछि मंगलबारै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

युवा व्यवसायीको अगुवाइमा रास्वपामा सामूहिक पार्टी प्रवेश

युवा व्यवसायीको अगुवाइमा रास्वपामा सामूहिक पार्टी प्रवेश

विवादित सामाजिक सञ्जाल विधेयक अन्ततः राष्ट्रिय सभाबाट हटाइयो

विवादित सामाजिक सञ्जाल विधेयक अन्ततः राष्ट्रिय सभाबाट हटाइयो

हिमाली क्षेत्रमा मौसम बाधक बने दोस्रो चरणमा चुनाव गराइने

हिमाली क्षेत्रमा मौसम बाधक बने दोस्रो चरणमा चुनाव गराइने

पुरानो संसद फर्काउने चलखेल स्वीकार्दैनौँ : लामिछाने

पुरानो संसद फर्काउने चलखेल स्वीकार्दैनौँ : लामिछाने

रेडक्रसलाई निष्पक्ष कार्यसम्पादन गर्न गृहमन्त्रीको आग्रह, संघीयताअनुसार विधान संशोधन आवश्यक

रेडक्रसलाई निष्पक्ष कार्यसम्पादन गर्न गृहमन्त्रीको आग्रह, संघीयताअनुसार विधान संशोधन आवश्यक

Discussion about this post

© Dainik Sanjal

भर्खरै

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In