• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

हिरा र सुनका १ करोड १० लाखका गहनासहित ३ भारतीय नागरिक पक्राउ


हिरा र सुनका १ करोड १० लाखका गहनासहित ३ भारतीय नागरिक पक्राउ

हिरा, सुनका गहना र विभिन्न किसिमका पत्थरहरूसहित चितवन प्रहरीले ३ भारतीय नागरिकलाई पक्राउ गरेको छ । उनीहरू चढेर आएको भारतीय नम्बर प्लेटको कार पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन प्रहरीले बुधबार दिउँसो भरतपुरको जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन राखेर बरामद भएका गहना, कार र नियन्त्रणमा लिएका व्यक्तिहरू सार्वजनिक गरेको हो । सुन जस्तो देखिने विभिन्न प्रकारका ११ थान गहना, हिरा जस्तो देखिने ७ थान गहना र ३६ थान विभिन्न खाले पत्थरहरूसहित मंगलबार राति १ बजे उनीहरूलाई महेन्द्र राजमार्गको भरतपुर महानगरपालिका-१२ गोन्द्राङबाट नियन्त्रणमा लिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

भारतीय कारबाट अवैध ढंगले गरगहना ओसारपसार हुन लागेको सूचनाका आधारमा जाँच गर्दा डब्लुबी १२ एभी ५५६६ नम्बरको कारबाट ती सामग्रीहरू फेला परेका हुन् । चितवनका सुनचाँदी व्यवसायीलाई देखाउँदा ती सामग्री सुन र हिराका भएको एकीन गरेकाले मूल्य निकालिएको डिएसपी पण्डितले बताए । सुनका गहना ६३ तोलाभन्दा धेरै र हिराका गहना २२ तोलाभन्दा धेरैका छन् ।

चालक बस्ने सिटको पछाडिको सिटमुनि, गियर बक्स र एयर फिल्टरभित्र लुकाएर ती सामग्रीहरू ल्याएको पण्डितले बताए । भारत पश्चिम बंगाल राज्यको कोलकाताट गहनाहरू काठमाडौं लैजाँदै गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको डिएसपी पण्डितले बताए । पक्राउ पर्नेमा कारका चालक भारत उत्तर प्रदेश राज्य, बलिया जिल्ला फेफना थानाका ४२ वर्षीय विनोदप्रसाद, भारत पश्चिम बंगाल राज्यका हौंडा जिल्ला गोलाबाडी थाना सल्किया स्कुल रोड कोलकाता बस्ने ४२ वर्षका नरेश बर्मा र ५१ वर्षका गणपतकुमार तोसावर रहेका छन् ।

बरामद गहना बारा पथलैयामा रहेको राजस्व अनुसन्धान कार्यालयको जिम्मा लगाउने चितवन प्रहरीले जनाएको छ । थप अनुसन्धान र कारबाही प्रक्रिया सोही कार्यालयले अगाडि बढाउने डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

रोजगारीका लागि साउदी पुगेका ९ नेपाली युवा दुई महिनादेखि अलपत्र

रोजगारीका लागि साउदी पुगेका ९ नेपाली युवा दुई महिनादेखि अलपत्र

सामान्य रुघाखोकी ‘एचथ्रीएनटु’ भाइरस हुनसक्ने, देखिन्छ कोरोनासँग मिल्दोजुल्दो लक्षण

सामान्य रुघाखोकी ‘एचथ्रीएनटु’ भाइरस हुनसक्ने, देखिन्छ कोरोनासँग मिल्दोजुल्दो लक्षण

Discussion about this post


© Dainik Sanjal

लोकप्रिय

लहान २ मा सडक सुधार पक्की नाला निर्माणको सिलान्यास

लहान २ मा सडक सुधार पक्की नाला निर्माणको सिलान्यास

जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्

जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो

जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो

इँटा भट्टाको पर्खाल भत्किँदा ६ मजदुर घाइते, एकको अवस्था गम्भीर

इँटा भट्टाको पर्खाल भत्किँदा ६ मजदुर घाइते, एकको अवस्था गम्भीर

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले त्यागे कांग्रेस

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले त्यागे कांग्रेस

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : सैलेन्द्र क्रान्ति
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In