• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

एमालेको अर्को षडयन्त्रको देउवाले गरे भण्डाफोर, प्रचण्ड ढुक्क


एमालेको अर्को षडयन्त्रको देउवाले गरे भण्डाफोर, प्रचण्ड ढुक्क

जनादेशविपरीत षडयन्त्र गरेर आर्जेको सत्ता चरम अहंकार र घमण्डले गुमेसँगै छटपटाइरहेको एमाले पंक्तिले नयाँ गठबन्धनविरुद्ध अर्को षडयन्त्र थालेको छ ।

एमालेले संगठित रुपमा ८ दलीय गठबन्धनमा अविश्वास पैदा गर्न सिंगो संगठनलाई परिचालन गरेको छ । एमाले नेता कार्यकर्ताले माओवादी नेतृत्वको सरकारलाई कांग्रेसले समर्थन नगर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा पर्ने भन्दै दुष्प्रचार गरेका छन् ।

कतिसम्म भने एमालेजनहरुले राष्ट्रपति चुनावलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाको सरकार बन्ने र प्रचण्ड एक्लिने भन्दै सत्ता गुमाएको झोंकमा नयाँ गठबन्धनमा अविश्वास पैदा गराउने प्रयत्नमा लागेका छन् ।

तर कांग्रेस सभापति देउवासहित सिंगो पार्टी पंक्ति ८ दलीय सहमतिको स्पिरिटबाट दायाँबायाँ नहुनेमा प्रतिबद्ध देखिएको छ । सभापति देउवाले पार्टीका युवा नेता विकाशकुमार ठाकुरसँगको भेटमा प्रचण्डलाई सहमतिविपरीत नचलाउने र सहमतिबाट दायाँबायाँ नहुने प्रष्ट पारेका हुन् ।

‘धारा ७६(३) जाने भन्ने एमालेको प्रपञ्च हो । माओवादीसँग सम्बन्ध बनाएर अघि बढ्छौं । प्रचण्डजीले आफ्नो कार्यकाल पूरा गर्छन् । पाँचै वर्ष सरकार चल्छ । त्यसमा कांग्रेसका मन्त्रीहरुले देश र जनताकफ पक्षमा राम्रो काम गर्छन्,’ उनले बुढानिलकण्ठस्थित निवासमा ठाकुरसित भने । कांग्रेस ८ दलीय गठबन्धनको सहमतिबाट दायाँबायाँ नहुने देउवाको भनाइ रहेको नेता ठाकुरले जानकारी गराए ।

एमालेले प्रपञ्च रचेको कुरा सभापति देउवाले प्रधानमन्त्री प्रचण्डलाई पनि जानकारी गराइसकेको र प्रचण्ड ढुक्क रहेको युवा नेता ठाकुरले बताए । ‘कांग्रेसबाट धोका हुँदैन भन्नेमा प्रचण्डजी पहिलेदेखि नै विश्वस्त हुनुहुन्छ । बीच केही कुरा नमिलेर एमालेसँग जानुभयो । अहिले फर्किएर आउँदा कोर्स करेक्सन भएको छ । उहाँ अब आफ्नो कार्यकाल ८ दलीय गठबन्धनबाट गर्नुहुन्छ । कांग्रेसले इमान्दारिताका साथ सहकार्य गर्छ,’ सभापति देउवासँग भेटेर फर्केपछि नेता ठाकुरले भने ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले पनि अब सबै दलहरू गठबन्धनमा भएको सहमतिअनुरुप इमानदार भएर अघि बढ्ने बताए । केन्द्र र सातै प्रदेशमा कांग्रेससहित आठ दलको गठबन्धनको सरकार बन्ने भन्दै थापाले जनतामा भरोसा जगाउनेगरी काम गर्नुपर्ने चुनौतीलाई आत्मसात गरेर अघि बढ्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

रोजगारीका लागि साउदी पुगेका ९ नेपाली युवा दुई महिनादेखि अलपत्र

रोजगारीका लागि साउदी पुगेका ९ नेपाली युवा दुई महिनादेखि अलपत्र

सामान्य रुघाखोकी ‘एचथ्रीएनटु’ भाइरस हुनसक्ने, देखिन्छ कोरोनासँग मिल्दोजुल्दो लक्षण

सामान्य रुघाखोकी ‘एचथ्रीएनटु’ भाइरस हुनसक्ने, देखिन्छ कोरोनासँग मिल्दोजुल्दो लक्षण

Discussion about this post


© Dainik Sanjal

लोकप्रिय

लहान २ मा सडक सुधार पक्की नाला निर्माणको सिलान्यास

लहान २ मा सडक सुधार पक्की नाला निर्माणको सिलान्यास

जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्

जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो

जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो

इँटा भट्टाको पर्खाल भत्किँदा ६ मजदुर घाइते, एकको अवस्था गम्भीर

इँटा भट्टाको पर्खाल भत्किँदा ६ मजदुर घाइते, एकको अवस्था गम्भीर

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले त्यागे कांग्रेस

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले त्यागे कांग्रेस

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : सैलेन्द्र क्रान्ति
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In