• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

उपराष्ट्रपतिमा जसपा उम्मेदवारलाई कांग्रेस, माओवादी र नेकपा एसको समर्थन


उपराष्ट्रपतिमा जसपा उम्मेदवारलाई कांग्रेस, माओवादी र नेकपा एसको समर्थन

राष्ट्रपति निर्वाचनमा एकमत बनेका १० राजनीतिक दल उपराष्ट्रपतिको निर्वाचनमा भने विभाजित हुने संकेत देखिएको छ । उपराष्ट्रपति चयनका लागि ३ चैतमा निर्वाचन हुँदैछ भने निर्वाचन आयोगकाले शनिबार उम्मेदवारी मनोनयनको कार्यक्रम राखेको छ ।

उम्मेदवार टुंग्याउनुअघि शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस र माओवादी केन्द्रसहित १० राजनीतिक दलको बैठकले उपराष्ट्रपतिको निर्वाचनबारे सहमति जुटाउन सकेन । तर, गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एसले भने उपराष्ट्रपतिमा जसपाकै उम्मेदवारलाई समर्थन गर्ने जनाएका छन् ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनबाट उपराष्ट्रपतिमा जसपाबाट साझा उम्मेदवार उठाउने सहमति भएको बताए । ‘सबै दलको एउटै धारणा बनेको छैन । तर हाम्रो समर्थन जसपालाई हो, जसपाबाट उम्मेदवार उठाउने गठबन्धनमा सहमति भएको छ,’ उपसभापति खड्काले इकान्तिपुरसँग भने, ‘कसलाई उम्मेदवार बनाउने भन्नेबारे जसपाले नै निर्णय गर्छ ।’

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले पनि गठबन्धनबाट उपराष्ट्रपतिमा जसपाबाटै साझा उम्मेदवारी दिने बताए । ‘हामीले गठबन्धनबाट जसपालाई उपराष्ट्रपति दिन सहमति गरिसकेका छौं, जसपाले कसलाई उम्मेदवार बनाउँछ, उही नै हाम्रो उम्मेदवार हो,’ गुरुङले इकान्तिपुरसँग भने ।

यसअघि उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीबाट साझा उम्मेदवार बनाउने सहमति भइसके पनि शनिबारको बैठकमा भने जनमत पार्टीले पनि उपराष्ट्रपतिमा दाबी पेश गरेको छ । दुई दलको दाबी रहेपछि १० दलीय गठबन्धनमा त्यसबारे सहमति जुटेन ।

शनिबार गठबन्धनमा रहेका दुवै दलले उम्मेदवारी दिने गरी बैठक टुंगिएको छ । कांग्रेसबाट राष्ट्रपति उम्मेदवार उठाउने निर्णय भएकै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच उपराष्ट्रपतिमा जसपाबाट उम्मेदवार उठाउनेबारे सहमति भएको थियो । त्यही सहमतिबमोजिम जसपाले केन्द्रीय कार्यकारिणी सदस्य रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

जसपाका अध्यक्ष यादव रामसहायप्रसादलाई उपराष्ट्रपति बनाएर त्यही क्षेत्रबाट उपनिर्वाचनमा भाग लिन चाहन्छन् । यादवको त्यस्तो स्वार्थ रहेको थाहा पाएपछि अन्य मधेशवादी दलहरूले फरक पार्टीबाट उम्मेदवार बनाउन गठबन्धनमा लबिङ गरिरहेका छन् ।

जसपालाई उपराष्ट्रपति नदिन लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले मोर्चाबन्दी गरेका छन् । शुक्रबार बिहान नागरिक उन्मुक्तिले पार्टी अध्यक्ष रञ्जिता चौधरीलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, उमेर हदका कारण उनी अयोग्य हुने भएपछि जनमतले उपराष्ट्रपति उम्मेदवार तय गरेको छ ।

जनमतले लोसपा र नागरिक उन्मुक्तिसहितको समर्थन लिएर गठबन्धनमा उपराष्ट्रपतिमा दाबी गर्दै ममता झालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । जनमतका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले पार्टीले लोसपा र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा ममता झालाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको बताए ।

शनिबार बिहान गठबन्धनको बैठकपछि अध्यक्ष राउतले गठबन्धनबाट एउटामात्रै उम्मेदवार बनाउने प्रयास भइरहेको, तर हाललाई जसपाबाट समेत उम्मेदवार हुने बताए । ‘अहिले हामीले पनि उम्मेदवारी दर्ता गर्छौं, जसपाबाट पनि उम्मेदवारी दर्ता हुन्छ । तर आइतबारसम्म हामी गठबन्धनको एउटै उम्मेदवार बनाउन प्रयास गर्छौ,’ उनले भने ।

कांग्रेस र माओवादीसहित चार ठूला दलमा सहमति जुटाइसकेको जसपाले भने उपराष्ट्रपतिमा दुई जनाको मनोनयन दर्ता गर्दैछ । जसपाले रामसहायप्रसाद यादव र प्रमिला यादव दुवैलाई उम्मेदवारको रुपमा मनोनयन दर्ता गर्ने तयारी गरेको छ । जसपाले यसअघि नै रामसहाय प्रसादलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरिसकेको भएपनि निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष र खसआर्य समुदायबाहकेका उम्मेदवार हुनुपर्ने भनेपछि जसपा अफ्ठ्यारोमा परेको हो ।

‘पुरुष उम्मेदवारको मात्रै उम्मेदवारी दर्ता गर्दा उम्मेदवारी खारेज हुने डर भयो । तर संविधानमा त्यस्तो व्यवस्था छैन । त्यसैले रामसहायजीले पनि उम्मेदवारी दर्ता गर्नुहुन्छ, प्रमिलाजीले पनि उम्मेदवारी दिनुहुन्छ,’ जसपाका एक नेताले भने, ‘हाम्रो उम्मेदवार उहाँहरूमध्ये एक हो । हाम्रो गठबन्धनको आधिकारिक उम्मेदवार हो ।’

जसपाका नेता प्रदीप यादवले आइतबारसम्म १० दलीय गठबन्धनबाटै एकल उम्मेदवार हुने दाबी गर्छन् । ‘अहिले जनमतले पनि उम्मेदवारी दिन्छ, तर पछि सहमति हुन्छ भन्ने लाग्छ । त्यसपछि उपराष्ट्रपतिमा जसपाको मात्रै उम्मेदवार हुन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

लहान २ मा सडक सुधार पक्की नाला निर्माणको सिलान्यास

लहान २ मा सडक सुधार पक्की नाला निर्माणको सिलान्यास

पशुपति सफा गर्न सकेनौँ भने देश कहिले सफा हुँदैन, मन्त्री किराँती

पशुपति सफा गर्न सकेनौँ भने देश कहिले सफा हुँदैन, मन्त्री किराँती

सामाजिक अभियान्ता योगी ‘राष्ट्रिय नारी सम्मान–२०७९’ बाट सम्मानित

सामाजिक अभियान्ता योगी ‘राष्ट्रिय नारी सम्मान–२०७९’ बाट सम्मानित

Discussion about this post


© Dainik Sanjal

लोकप्रिय

लहान २ मा सडक सुधार पक्की नाला निर्माणको सिलान्यास

लहान २ मा सडक सुधार पक्की नाला निर्माणको सिलान्यास

जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्

जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो

जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो

इँटा भट्टाको पर्खाल भत्किँदा ६ मजदुर घाइते, एकको अवस्था गम्भीर

इँटा भट्टाको पर्खाल भत्किँदा ६ मजदुर घाइते, एकको अवस्था गम्भीर

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले त्यागे कांग्रेस

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले त्यागे कांग्रेस

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : सैलेन्द्र क्रान्ति
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In