• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो


जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो
Share on FacebookShare on Twitter

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जापान सरकारलाई भरतपुर भ्रमण वर्ष २०२४ को निम्तो दिएको छ ।

भरतपुर महानगरपालिका र जापानको योकोसुका सहरबीच भगिनीसम्बन्ध स्थापना कार्यक्रमसहित सप्ताहव्यापी जापान भ्रमणमा रहनुभएका प्रमुख दाहालले यो अभियानमा सहभागी हुन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), जापानमार्फत जापान सरकारलाई निम्तो दिएको हो ।

एनआरएनए जापानले आयोजना गरेको कार्यक्रममा भरतपुर भ्रमण वर्षबारे प्रमुख दाहालले प्रकाश पारेको थियो । महानगरका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीका अनुसार दाहालले “संरक्षणका लागि पर्यटन, पर्यटनको लागि भरतपुर” भन्ने नाराका साथ भ्रमण वर्ष आयोजना गरिएको बताएको थियो ।

कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापान र अन्य राष्ट्रमा रहेका नेपाली र गैर नेपालीलाई सहभागीता तथा पर्यटकलाई भ्रमण वर्षको प्रर्वद्धन गर्न प्रमुख दाहालले आह्वान गरे ।

भरतपुर महानगरपालिका अनुपम प्राकृतिक सौन्दर्यले सम्पन्न, ऐतिहासिक, धार्मिक एवम् सांस्कृतिक सम्पदाले भरिपूर्णमध्य नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्य रहेको बताउँदै उनले अभियानलाई सफल बनाउन आवश्यक प्रचारप्रसार, समन्वय र सहकार्य गर्न उनले अपिलसमेत गरे ।

महानगरपालिकासँगै चितवन राष्ट्रिय निकुञ्ज, सामुदायिक वन, ताल, नदी, सूर्योदय, सूर्यास्त, पहाड, हिमशृङ्खलाको दृश्यावलोकन जस्ता प्राकृतिक आकर्षण तथा सङ्ग्रहालय, पार्क, धार्मिकस्थल रहेको चर्चा गर्दै उनले पर्यापर्यटन, खेल पर्यटन, स्वास्थ्य पर्यटन, कृषि पर्यटन, सभा–सम्मेलन पर्यटन आदिको विकास भइरहेको बताए ।

भरतपुर भ्रमण वर्ष २०२४ मा दुई लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । कार्यक्रममा जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, नेपाल सरकारका विभिन्न मन्त्रालयका कर्मचारी र नेपालका अन्य स्थानीय तहका प्रमुख तथा राजनीतिक प्रतिनिधिसँग भ्रमण वर्षलाई सफल बनाउनेबारे छलफल गरिएको थियो ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, नेकपा एमालेका केन्द्रीय सदस्य विनोद ढकाल, वाईसिएल नेपालका ईन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशिखा’, नेकपा माओवादी केन्द्रका वैकल्पिक सदस्य अर्जुन पाठकको उपस्थिति रहेको अधिकारीले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो

लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो

पटकपटक बदनाम हुँदै लहानका प्रादेशिक अस्पताल

पटकपटक बदनाम हुँदै लहानका प्रादेशिक अस्पताल

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

मधेस प्रदेशमै सबैभन्दा धारासाही बन्दै बरियारपट्टी गाउँपालिका स्थानीयको गुनासो

मधेस प्रदेशमै सबैभन्दा धारासाही बन्दै बरियारपट्टी गाउँपालिका स्थानीयको गुनासो

Discussion about this post


© Dainik Sanjal

लोकप्रिय

पुर्व प्रमुख चौधरीले भने– चीनियाँ राजदुतको अभिब्यक्ति गैरकुटनीतिक

पुर्व प्रमुख चौधरीले भने– चीनियाँ राजदुतको अभिब्यक्ति गैरकुटनीतिक

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो

लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो

पटकपटक बदनाम हुँदै लहानका प्रादेशिक अस्पताल

पटकपटक बदनाम हुँदै लहानका प्रादेशिक अस्पताल

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In