• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

नेपाली र दक्षिण भारतीय निर्माताले एकअर्काका फिल्म ओटिटीमा रिलिज गर्ने


नेपाली र दक्षिण भारतीय निर्माताले एकअर्काका फिल्म ओटिटीमा रिलिज गर्ने
Share on FacebookShare on Twitter

नेपाल र भारतका दुई फिल्म सम्बद्ध संस्थाहरू आफ्नो मुलुकमा बनेका फिल्मलाई एकअर्काको देशमा रहेका ओटिटी र हलमा रिलिज गर्न सहमत भएका छन्।

आइतबार चलचित्र विकास बोर्डमा आयोजित इन्डो–नेपाल सिनेमा एक्सचेन्ज समिट २०२३ मा यस्तो सहमति जुटेको हो।नेपाल फिल्म प्रमोसन सर्किट (एनएफपीसी) र फिल्म एन्ड टेलिभिजन प्रमोसन काउन्सिल (एफटिपिसी)बीच दुई मुलुकबीच संस्कृतिसँगै फिल्मको बजार आदानप्रदान गर्ने सहमति जुटेको हो।

समिटको प्रमुख अतिथिको रूपमा सहभागी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले द्विपक्षीय सहमतिलाई नेपाली फिल्मको हितमा प्रयोग गर्न आग्रह गरे।नेपालमा छायांकन हुने दक्षिण भारतीय फिल्मलाई स्वागत गर्न बोर्ड आतुर रहेको बताउँदै उनले एकअर्काको बजार खोज्ने कुरा सकारात्मक रहेको चर्चा गरे।

एनएफपिसिकी अध्यक्ष नूतन न्यौपानेले सांस्कृतिक आदाप्रदानको रूपमा आफूहूरूले एकअर्काको फिल्मलाई रिलिज गर्ने तयारी गरिरहेको बताइन्।उनका अनुसार नेपाली फिल्मलाई तेलुगु भाषामा डबिङ गरेर दक्षिण भारतका ओटिटीमा रिलिज गरिनेछ। यसका लागि आफूहरूसँग १५ देखि १८ वटा ओटिटी प्लेटफर्म रहेको जानकारी उनले दिइन् ।

‘राम्रा र स्तरीय नेपाली फिल्मलाई दक्षिण भारतीय ओटिटी प्लेटफर्ममा रिलिज गर्ने हाम्रो तयारी छ। जतिसक्दो चाँडो फिल्म रिलिज हुनेछ,’ उनले भनिन्, ‘जसले गर्दा नेपाली फिल्म पर्यटनदेखि बजारीकरणसम्म फाइदा हुने हामीलाई विश्वास छ।’

एनएफपिसी महासचिव तथा निर्देशक हिमाल न्यौपानेले स्तरीय दक्षिण भारतीय फिल्मलाई नेपाली ओटिटी प्लेटफर्म र हलमा रिलिज गर्नेबारे गृहकार्य भैरहेको बताए। ‘नेपाली फिल्मलाई केरला र तामिलसहितका दक्षिण भारतीय राज्यमा रिलिज गर्ने योजना छ,’ उनले भने, ‘नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण होस् भन्ने हाम्रो चाहना हो।’

एफटिपिसी सचिव पिभिएस बर्माले नेपाल र भारतबीच कला र सांस्कृतिक आदानप्रदान गर्न आफूहरू लागिपरेको बताए । ‘फिल्म आदानप्रदान भनेको व्यवसायको सम्भावना, प्रविधि र कास्ट एन्ड क्रिउ आदानप्रदान पनि हो,’ बर्माले भने, ‘फिल्ममार्फत हामी दुई देशबीच प्रशस्त सम्भावना विस्तार गर्न चाहन्छौँ।’

एफटिपिसी अध्यक्ष चैतन्य जंगको नेतृत्वमा दक्षिण भारतीय फिल्म टोली केही दिनदेखि काठमाडौंमा छ। टोलीले नेपाली फिल्मको बजार र सम्भावनाबारे अध्ययन गरिरहेको छ। समारोहमा अध्यक्ष जंगले नेपाल र भारतबीच छायांकन थलो आदानप्रदान पनि महत्वपूर्ण पक्ष बन्न सक्ने बताए।

वक्ताहरूले एकअर्कोको मुलुकमा संयुक्त लगानीका फिल्म निर्माणको सम्भावनाबारे पनि जोड दिएका थिए। अभिनेता कृष्ण मल्लले द्विपक्षीय सहमतिका लागि शुभकामना दिए। समिटको क्रममा नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय गर्न महत्वपूर्ण भूमिका खेल्ने कलाकार, संगीतकर्मी, प्रदर्शक, निर्माता र निर्देशकलाई सम्मान प्रदान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

सलमान खानको घरमा सुरक्षा त्रुटि, एकपछि अर्को गर्दै अपरिचित व्यक्तिको प्रवेश

सलमान खानको घरमा सुरक्षा त्रुटि, एकपछि अर्को गर्दै अपरिचित व्यक्तिको प्रवेश

अभिनेत्री ज्याकलिन फर्नान्डिजकी आमाको निधन

अभिनेत्री ज्याकलिन फर्नान्डिजकी आमाको निधन

देशभक्ति फिल्मका परिचित बलिउड अभिनेता मनोज कुमारको निधन

देशभक्ति फिल्मका परिचित बलिउड अभिनेता मनोज कुमारको निधन

ग्रामी अवार्ड : केन्ड्रिक लामार ५ विधामा उत्कृष्ट, ‘वर्ष एल्बम’ बियोन्सेको पोल्टामा

ग्रामी अवार्ड : केन्ड्रिक लामार ५ विधामा उत्कृष्ट, ‘वर्ष एल्बम’ बियोन्सेको पोल्टामा

DJ Atulas energetic performance for music lovers across the country

DJ Atulas energetic performance for music lovers across the country

सैफमाथि आक्रमणबारे करीना कपूरले के भनिन् ? स्वास्थ्यबारे अस्पताल के भन्छ ?

सैफमाथि आक्रमणबारे करीना कपूरले के भनिन् ? स्वास्थ्यबारे अस्पताल के भन्छ ?

Discussion about this post


© Dainik Sanjal

भर्खरै

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

केन्द्र र जिल्ला विचको विवाद– सर्वोच्च पुग्ने निश्चित्

केन्द्र र जिल्ला विचको विवाद– सर्वोच्च पुग्ने निश्चित्

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In