• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

सांसद किरणकुमार साहले रोस्ट्रमबाट भने: राष्ट्रिय संस्कृति र परम्परालाई खतरामा छ

सांसद किरणकुमार साहले रोस्ट्रमबाट भने: राष्ट्रिय संस्कृति र परम्परालाई खतरामा छ
Share on FacebookShare on Twitter

काठमाडौं- प्रतिनिधि सभा सदस्य किरण कुमार साहले संसद्‌को बुधबारको बैठकका क्रममा मुलुकमा भइरहेको धर्मान्तरणप्रति चिन्ता व्यक्त गरेका छन्। बुधबार रोस्टममा उभिएर साहले भने, ‘कोही जनयुद्ध जिन्दावाद भन्‍नुहुन्छ, कोही जय नेपाल भन्‍नुहुन्छ, कोही लालसलाम भन्‍नुहुन्छ, कोही कमरेड भन्‍नुहुन्छ तर म यही रोस्टमबाट भन्छु कि सनातन हिन्दु राष्ट्र नेपाल जिन्दावाद भन्‍न चाहन्छु।’

सरकारले आफ्नो नीति तथा कार्यक्रममा बुँदा नम्बर ७ मा संविधान कार्या न्वयन उत्साहजनक रहेको उल्लेख गरेको भए पनि त्यसमा सत्यता नभएको उनको दाबी छ।

उनले भने, ‘म सरकारलाई संविधानको धारा ४ स्मरण गराउन चाहन्छु। जहाँ लेखिएको छ, ‘धर्म निरपेक्षता भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिलाई संरक्षण साथै धर्म  र संस्कृतिको स्वतन्त्रता सम्झिनुपर्छ’। तर, के हामी भयरहित वातवरणमा सनातन धर्म संस्कृति मनाउन सकिरहेका छौं?

पछिल्लो समय भयरहित वातावरणमा सनातन धर्म मान्‍नेहरुले आफ्नो पर्व मनाउनसमेत त्रसित हुनुपर्ने स्थिति सिर्जना भएकोतर्फ उनले सरकारको ध्यानाकर्षण गराएका छन्। उनले भनेका छन्, ‘रौतहट, कपिलवस्तु, धनुषा, महोत्तरी, बाँकेलगायतका जिल्लाहरुमा लगातार अतिवादी शक्तिहरुद्वारा दुर्गापूजा, छठ, कलशयात्रा, सरस्वती पूजा, रामनवमीजस्ता पर्वहरु मनाइरहँदा आक्रमण गर्ने कार्यहरु भइरहेका छन्।’

‘सनातन भन्‍नाले मैले हिन्दु मात्र भन्‍ने अर्थ नलगाइयोस्। यसमा हिन्दु, बौद्ध, किराँतलगायतका अन्य धर्म मान्‍नेहरुमा पनि धर्मान्तरणको व्यापक वृद्धि भइरहेको छ,’ उनले थप प्रश्‍न गरे, ‘यसरी राष्ट्रिय संस्कृति र सभ्यता नै खतरामा परेको बेला के यो विषय सरकारको नीति तथा कार्यक्रमको प्राथमिकतामा पर्नु हुँदैन? त्यसैले यो रोस्टममा मैले सनातन हिन्दु राष्ट्र जिन्दावादको नारा लगाएको हो।’

सांसद साहले नीति तथा कार्यक्रममा कतिपय प्रशंसनीय कुराहरु उल्लेख भए पनि आर्थिक संकट समाधानको ठोस पहल हुने किसिमले व्यवस्था नगरिएको देख्‍दा निराशा उत्‍पन्‍न भएको बताए।

सरकारले नीति तथा कार्यक्रमको बुँदा ५ मा सरकारले कार्यभार सम्हालेको पाँच महिनामा आर्थिक परिसूचक सुधार हुँदै गएको उल्लेख गरेको छ। उक्त बुँदाले अर्थतन्त्रलाई परनिर्भर बनाउने सोंचको परिकल्पना गरिएको उनको गुनासो छ।

यो नीति तथा कार्यक्रममा आत्मनिर्भर अर्थतन्त्रको कुनै परिकल्पना नगरिएको उनको भनाइ छ। उनले ग्रामिण क्षेत्रका उत्पादनलाई बजारीकरण र स्वरोजगारको वातावरण सिर्जना गर्नुपर्ने बताएका छन्।

रौतहट २ बाट निर्वाचित सांसद साहले पहिलो पटक संसद्मा सम्बोधनको अवसर पाएका हुन्। उनले आज लोकतन्त्रको मन्दिरमा पहिलोचोटी बोल्न पाएको उल्लेख गर्दै आफूलाई विश्‍वास गरी मतदान गरी विजयी गराउने रौतहट-२ का मतदातालाई धन्यवाद दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In