महेश सिंह सिरहा लहान २९- वैदेशिक रोजगारीमा ज्यान गुमाएकी सिरहाको सुखिपुर नगरपालिका १० नगुर्वाका राम प्रसाद ठाकुर र आमा पुर्नी देवी ठाकुरकी जेठो छोरा बिनोद कुमार ठाकुरको साउदी अरेबियामा २०७९ फाल्गुन २८ गते शनिबार मृत्यु भएका थिए।
ठुलो सपना बोकेर वैदेशिक रोजगारीको लागी साउदी अरेबिया पुगेका ठाकुरलाई हृदय घातका कारण सुतेका बेला मृत्यु भएको हो।स्वदेशबाट बिदेश गएको १ महिना नबित्दै मृत्यु भएको परिवारजनले बताए।
साउदी अरेबियाको नेशमा कम्पनीको लागी किचन वर्कर्मा १ महिना अगाडि वैदेशिक रोजगारीको लागी साउदी पुगेका ठाकुरको मृत्यु भएको हो। जेठो छोराको मृत्यु भएको खबरले परिवारमा शोकाकुल भएका छन। मृतकको श्रीमती १ छोरी छिन।मृतकको श्रीमती ठाँकुर र भाई रुपेश कुमार ठाँकुरलाई पत्रकार महेश सिंहको रोहबरमा १४ लाखको चेक हस्तान्तरण गर्नु भयो।
सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाका प्रबन्धक उपेन्द्र नारायण महतोले पीडितको श्रीमती लाई माछापुच्छ्रे बैंकको १४ लाखको चेक हस्तान्तरण गरेका छन्।।
Discussion about this post