सुरेश राय_
सिरहा,६ श्रावण_नगरकार्यपालिका सार्ने कुरो झुठो रहेको भन्दै गोलबजार नगरपालिकाले प्रेस विज्ञप्ति जारी गरिएको छ ।पछिलो केही दिनदेखी गोलबजार नगरपालिकाको बारेमा जन्तालाइ भ्रमित पार्ने गरि दवानल अनलाइन पत्रीकामा नगरपालिको जनप्रतिनिधी तथा कर्मचारीलाई चरित्र हत्या हुने गरि पटक-पटक भ्रामक समाचार सम्प्रेषण भएको प्रती नगरपालिकाको ध्यानाकर्षण भएको भन्दै गोलबजार नगरपालिकाले प्रेस विज्ञप्ति जारी गरिएको छ ।
गोलबजार नगरपालिकाको कार्यलय कोभिड अस्पतालमा सार्ने तयारी शिर्षकमा दवानल अनलाइन पत्रीकामा गोलबजार धमिनि मन्दिर परिसरमा रहेको गोलबजार नगरपालिका नगरपालिकाको कार्यलय मैनावती नदिको पश्चिम किनारमा रहेको कोभिड अस्पतालको नाममा निर्माण गरिएको भवनमा सार्ने तयारी गरिएको कुरो झुठो हो ।मैनावती पुर्वका खासगरी गोलबजार क्षेत्रका जनताले रोक्ने वा प्रतिवाद गर्ने भयले अत्यन्तय गोप्य दंगले कार्यलय सार्ने रणनीति बनाइएको बारे सम्प्रेषण गरिएको समाचार असत्य तथा भ्रामक रहेको विज्ञप्तीमा उल्लेख छ ।
नगरपालिकालाई नियोजित ढंगले बदनाम गर्ने गरि सञ्चार माध्यम पनि प्रयोग भएकोले हामी दुःखि भएका छौ ।
कार्यलय सार्ने विषय कार्यपालिकाको बैठकबाट कुनै किसिमको निर्णय नभएपनि संस्थागत विषयलाई ब्यक्ति प्रधान बनाएर नगर प्रमुखलाई बदनाम गर्ने नियत देखियो।कोभिड अस्पतालमा नगरपालिकाको कार्यलय सार्ने निर्णय नभइ बरु नगरपालिकाको निर्मान्धिन प्रशासकिय भवनमा सार्ने पुर्व तयारी भइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उक्त अनलाइन पत्रीकाले नगरपालिका तथा नगर प्रमुख लाइ बदनाम गर्ने नियतले घटनालाइ नबुझी,विषयको गम्भीर अध्यन नगरि कुनै निश्चित राजनितिक स्वार्थसिद्धगर्ने कार्यमा सञ्चारमाध्यमले पनि भुमिका खेल्दा यसले सञ्चार माध्यमकै विश्वानियतामा सङ्खा उतपन्न हुन्छ ।तर्श्त घटनालाइ सत्यतथ्य रुपमा बुझी समाचार सम्प्रेषण गर्न आग्रह गरिएको गोलबजार नगरपालिकाको नगर प्रमुखको सचिवालय फेसबुक वालमा पोस्ट गरिएको विज्ञप्तीमा उल्लेख छ ।
Discussion about this post