• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

इजरायल आक्रमणको मारमा नेपाली विद्यार्थी

इजरायल आक्रमणको मारमा नेपाली विद्यार्थी
Share on FacebookShare on Twitter

नेपालका लागि इजरायलका राजदूत खनान गोदरले त्यहाँ भएको आतंकवादी हमलामा नेपाली पनि परेको बताएका छन् । उनका अनुसार सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका विद्यार्थीसमेत आतंकवादी हमलाको चपेटामा परेका छन् ।

‘यतिबेला इजरायल युद्धमा छ । केही नेपाली मारिएका छन्, केही हराइरहेका छन्,’ उनले भने, ‘जसमध्ये धेरैजसो सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी छन् ।’

प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलको सेडोट सहरमा गराएको विस्फोट र आक्रमणमा त्यहाँ रहेका सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान अध्ययन संस्थानका विद्यार्थी पनि परेका हुन् ।

लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल पुगेका ४९ जना विद्यार्थीलाई त्यहाँको सेडोट नेगेभ कलेजले विभिन्न ६ वटा कृषि फार्ममा काममा लगाएको थियो । उनीहरूमध्ये ११ जना डेभिडियन कृषि फार्म, नौजना बेनी अमर कृषि फार्म, चारजना काडोस फार्म, चारजना रचमिन मुगरबी फार्म र तीनजना सोरासिम कृषि फार्ममा कार्यरत रहेका बेला हमासको आक्रमणमा परेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयका ४९ जना विद्यार्थीमध्ये १७ जना कार्यरत ‘एलोमिन कृषि फार्म’मा हमासले रकेट प्रहार गरेको सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान अध्ययन संस्थानका पूर्वडिन डा. लालप्रसाद अमगाईंले जानकारी दिए । उनकै पहलमा विद्यार्थी इजरायल गएका थिए ।

अमगाईंले घटनापछि आफू विक्षिप्त जस्तै बनेको बताए । ‘न भोक छ, न निद्रा छ । यस्तो अवस्थाको कल्पनासमेत गरेको थिइनँ,’ उनले भने, ‘भगवान्लाई पुकार्नुबाहेक अरू विकल्प नै रहेन ।’

आक्रमणमा परेका विद्यार्थीहरूमध्ये तीनजनाको उपचार भैरहेको छ । घाइते हुनेमा टीकापुरका धनबहादुर चौधरी, दाङका प्रवीण डाँगी, गोरखाका हिमाञ्चल कट्टेल र सल्यानका विधान सेजुवाल छन् । उनीहरूको उपचार भइरहेको छ । सोही ठाउँमा कार्यरत टीकापुरका वीरेन्द्र चौधरी कुनैकुनै बेला सामाजिक सञ्जालमार्फत सम्पर्कमा आउने गरेको कृषि विज्ञान संस्थान ‘स्कुल अफ एग्रिकल्चर’ का प्रमुख सुशील न्यौपानेले जानकारी दिए । उनका अनुसार चौधरीले आफू सेनाको घेरामा रहेको जानकारी दिएका छन् । न्यौपानेले डेनी हमर भन्ने ठाउँमा रहेका नौजना विद्यार्थी भने सम्पर्कमा आएको जानकारी दिए ।

सामाजिक सञ्जालमार्फत आफ्नो सम्पर्कमा आएका उनीरूले बंकर नभएका कारण आफूहरू असुरक्षित रहेको बताएको जानकारी न्यौपानेले दिए । सम्पर्कमा आएका विद्यार्थीमा बाजुराका रमेशबहादुर कार्की, रौतहटका विनोदप्रसाद साह, कैलालीका आभाष भट्टराई, कञ्चनपुरका नरेशसिंह भण्डारी, डडेल्धुराका लोकेन्द्र विष्ट, कैलालीका रोहित नायक, रौतहटका निरन्जनकुमार कुशवाह, कैलालीका अरविन्दकुमार चौधरी र बाँकेका उपेन्द्र जिसी छन् । न्यौपानेका अनुसार उनीहरूले बंकर नभएका कारण आफूहरू असुरक्षित रहेको बताएको न्यौपानेले जानकारी दिए ।

कृषि विज्ञानतर्फ स्नातक तहको अन्तिम ‘सेमेष्टर’का ४९ जना विद्यार्थीमध्ये भदौ २६ गते १५ र २७ गते ३५ जना १० महिनाका लागि इजरायल गएका थिए, जसमा १० जना छात्रा छन् । सहमतिमा लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल गएका विद्यार्थी सातामा १ दिन अध्ययन, ५ दिन काम र १ दिन छुट्टीमा उल्लेख छ । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संस्थानले यो कार्यक्रमअन्तर्गत पहिलो पटक विद्यार्थी पठाएको थियो । नागरिकन्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In