• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

टिप्पणी : एसईईमा गरिने अनुगमन अरु बेला खोई ?


टिप्पणी : एसईईमा गरिने अनुगमन अरु बेला खोई ?
Share on FacebookShare on Twitter

राजविराज । अहिले एसईई परीक्षा जारी छ । परीक्षा अनुगमन गर्न सम्बन्धित निकायको तछाँडमछाड छ सप्तरी जिल्लामा । एक टोली प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा, एक टोली जिल्ला समन्वय समितिको नेतृत्वमा, एक टोली शिक्षा विकास तथा समन्वय इकाई कार्यालयको नेतृत्वमा र एक टोली पालिका शिक्षा प्रमुख नेतृत्वमा । एक टोली जानेवित्तिकै अर्काे टोली छिर्छन् । त्यसबाहेक खटिएका प्रहरी स्वयं परीक्षा हलभित्र छिरेर विद्यार्थीलाई केरकार गर्छन् ।
तीन घण्टाको अवधीमा यत्रो टोलीको सामना गरिरहेका परीक्षार्थीले के लेखिरहेका होलान् ? उनीहरुको मानसिक अवस्था कस्तो होला परीक्षा हलभित्र । अनि, परीक्षा दिएर घर फर्किदा पढ्ने बेलामा ध्वनी प्रदूषणको शिकार भइरहेका छन् परीक्षार्थी ।
अब कुरा गरौं, बर्षदिनको ।
हामी संचारकर्मी पटक–पटक शिक्षा बिग्रिसकेको तथ्यसहित उजागर ग¥छौं । विद्यालयमा जाँदा कार्यरत शिक्षक कमै मात्रामा फेला पर्छन् । शिक्षक उपस्थित भएपनि गफ चुटेर बस्ने गरेको समाचार धेरै पटक प्रकाशण÷प्रशारण गरिसकेका छौं । त्यसबेला पनि सम्बन्धित पालिका प्रमुख, सम्बन्धित वडाअध्यक्ष, सम्बन्धित पालिकाका शिक्षा शाखा प्रमुख, प्रअदेखि प्रमुख जिल्ला अधिकारीसम्म कुरा ग¥छौं । तर, उहाँहरु सुधार्ने प्रतिबद्धता व्यक्त गरेपनि निदाउँछन् । बर्षभरि कुनै किसिमको अनुगमन नगर्ने, देखिएका समस्याको समाधान गर्न नचाहने परीक्षा अवधीका अनुगमनकारीकै कारण शिक्षाको अवस्था यस्तो नाजुक भएको भन्दा कुनै फरक पर्देन् ।
अब कुरा रह्यो परीक्षा मर्यादित हुनैपर्छ । त्यसमा कुनै किसिमको विमति छैन् । तर, परीक्षा के को लिने ? के बर्षभरि पढाई भएको छ ? पढाई गराउनका निम्ति अहिलेका अनुगमनकारीले कुनै भूमिका खेलेको छन् ? बरु आफ्ना निकटलाई कसरी प्रअ बनाउने, आफ्नालाई कसरी शिक्षकमा नियुक्त गर्ने, कसरी विद्यालयको बजेटमा रजाइँ गर्ने खेलमा सम्बन्धित निकाय लाग्दै आएको कसैसँग लुकेको छैन् ।
परीक्षा मर्यादित हुनैपर्छ । त्यो सँगसँगै पढाई पनि राम्रो तरिकाको हुनुपर्छ । विचारा एसईई परीक्षा दिने विद्यार्थीको उमेर अधिकतम १७ बर्षको हुन्छ । यो उमेरमा उनीहरुलाई पढन र घोक्न मात्रै लगाउनेमा अभिभावकदेखि शिक्षकसम्म तम्त्यार हुन्छन् । तर, वास्तविक तरिकाले पढउने शीप अहिलेसम्म सप्तरी जिल्लामा विकास हुन सकेको छैन् । पाठ्यक्रमको कुरा गर्ने हो भने उहीं पारम्परिक छन् । बर्ष दिन पढाईबारे कुनै चासो नराख्ने अनुगमनकारी परीक्षा अवधीभर बालमनोविज्ञानसँग खेलबाड गर्न जसरी तम्सिएका छन् त्यसले पक्कै पनि शिक्षा राम्रो बन्न सक्दैन् । हो, कोहि–कोहि चिटिङ गर्छन् होला तर नगर्ने परीक्षार्थीलाई तीन घण्टाको अवधीमा ६ पटकसम्म गरिने अनुगमनले कतिको प्रभाव पार्दाेहोला ? त्यसबारे किन सम्बन्धित निकाय मौन छन् त ?
हेर्दै गर्नुहोला, अब परीक्षा अवधीभर अनुगमन गर्नेहरु परीक्षा लगत्तै एक बर्षसम्म कुम्भकर्णलाई पछाडि पार्दै निदाउँछन् । बर्ष दिनको निदाई र एक साताको जगाईले शिक्षा क्षेत्र अझै कमजोर बन्दै जानेमा कुनै शंका छैन् । एक त बाहिरबाट आउने कर्मचारीले सप्तरी कसरी बदनाम होस् भन्ने पक्षमै हुन्छन् । तर, यहाँका स्थानीय सरोकारबाला, स्थानीय कर्मचारी समेत परीक्षाको नाममा भएपनि जिल्लालाई बदनाम गराउन उदृत छन् । उनीहरुलाई के बुझ्नु जरुरी छ भने जिल्लामा चिटिङ गर्नुभन्दा मिहिनेत गर्ने परीक्षार्थी पनि छन् । परीक्षा हलमा छिरेर पटक–पटक मानसिक तनाव दिने कार्य भएपछि लेख्नका लागि सोंचेका र स्मरण भएका बिषयवस्तु पनि बिर्सन सक्नेतर्फ सम्बन्धित निकाय पनि सोंच्न नसकेको होला ?
शिक्षा राम्रो बन्नुपर्छ भन्दै बुरुक्क उफ्रने, कार्यक्रमहरुमा जोड्दार भाषण ठोक्ने र त्यसपछि आफैंले बोलेको शब्द र गरेको निर्णयप्रति कुनै किसिमको ध्यान दिने सरोकारबाला एसईईकै बेला मात्रै जाग्नु किमार्थ राम्रो होइन् । यदी वास्तविक रुपमै शिक्षालाई राम्रो बनाउने हो भने पढाई राम्रो बनाउनु जरुरी छ । र, यसका निम्ति अहिले खटिने टोलीहरु दैनिक रुपमा एउटा विद्यालयको अनुगमन गरे अर्काे एसईईमा यत्रो खटिनुपर्ने स्थिति आउँदैन् । यसतर्फ अब पनि सोंच्ने कि बर्षको एक साता मात्रै अनुगमनमा खटिने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

हिमाली क्षेत्रमा मौसम बाधक बने दोस्रो चरणमा चुनाव गराइने

हिमाली क्षेत्रमा मौसम बाधक बने दोस्रो चरणमा चुनाव गराइने

पुरानो संसद फर्काउने चलखेल स्वीकार्दैनौँ : लामिछाने

पुरानो संसद फर्काउने चलखेल स्वीकार्दैनौँ : लामिछाने

६८औँ ग्रामीमा दलाई लामाको ऐतिहासिक जित

६८औँ ग्रामीमा दलाई लामाको ऐतिहासिक जित

३८ आरोपसहित युवराज्ञीका छोरा मारियस होइबी पक्राउ

३८ आरोपसहित युवराज्ञीका छोरा मारियस होइबी पक्राउ

शेख हसिनाकी भतिजी टुलिप सिद्दिकलाई थप ४ वर्षको कैद सजाय

शेख हसिनाकी भतिजी टुलिप सिद्दिकलाई थप ४ वर्षको कैद सजाय

वित्तीय समावेशिताका लागि नेपालमा विश्व बैंकको ठूलो लगानी

वित्तीय समावेशिताका लागि नेपालमा विश्व बैंकको ठूलो लगानी

Discussion about this post


© Dainik Sanjal

भर्खरै

हिमाली क्षेत्रमा मौसम बाधक बने दोस्रो चरणमा चुनाव गराइने

हिमाली क्षेत्रमा मौसम बाधक बने दोस्रो चरणमा चुनाव गराइने

पुरानो संसद फर्काउने चलखेल स्वीकार्दैनौँ : लामिछाने

पुरानो संसद फर्काउने चलखेल स्वीकार्दैनौँ : लामिछाने

६८औँ ग्रामीमा दलाई लामाको ऐतिहासिक जित

६८औँ ग्रामीमा दलाई लामाको ऐतिहासिक जित

अनुदान कटौतीपछि हार्वर्डमाथि ट्रम्प प्रशासनको नयाँ दबाब

अनुदान कटौतीपछि हार्वर्डमाथि ट्रम्प प्रशासनको नयाँ दबाब

३८ आरोपसहित युवराज्ञीका छोरा मारियस होइबी पक्राउ

३८ आरोपसहित युवराज्ञीका छोरा मारियस होइबी पक्राउ

शेख हसिनाकी भतिजी टुलिप सिद्दिकलाई थप ४ वर्षको कैद सजाय

शेख हसिनाकी भतिजी टुलिप सिद्दिकलाई थप ४ वर्षको कैद सजाय

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In