• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

साउनदेखि लाइसेन्सको सट्टा राष्ट्रिय परिचयपत्र, यी आधा दर्जन कागजपत्रको पनि काम गर्ने


साउनदेखि लाइसेन्सको सट्टा राष्ट्रिय परिचयपत्र, यी आधा दर्जन कागजपत्रको पनि काम गर्ने
Share on FacebookShare on Twitter

काठमाडौँ । सर्वसाधारणले राष्ट्रिय परिचयपत्रलाई बेवास्ता गरिरहेको बेला सरकारले साउन १ गतेदेखि भने लाइसेन्ससहित आधा दर्जन कागजपत्रको सट्टा यसलाई नै प्रयोगमा ल्याउने भएको छ । राष्ट्रिय परिचयपत्र बनाउने र लिन नआउनेको सङ्ख्या बढेपछि परिचयपत्र थुप्रिएको छ । सर्वसाधारणले बेवास्ता गरेपछि सरकारले साउन पहिलो सातादेखि प्रयोग व्यापक बढाउने नीति लिएको हो ।

तयार भइसकेको परिचयपत्र लिन नागरिक नआउँदा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा कार्ड थुप्रिएको छ । १ करोड ४९ लाख जनाले राष्ट्रिय परिचयपत्र बनाउने प्रक्रिया पूरा गरेर नम्बर लिइसकेका छन् । सरकारले राहदानी बनाउनलाई परिचयपत्रको नम्बर अनिवार्य गरेपछि सर्वसाधारण बाध्यताबस बनाइरहेका छन् ।

Shivam Cement

यसबाहेक परिचयपत्रको अन्य कुनै प्रयोग छैन । सोही कारण परिचयपत्र बनाउने प्रक्रिया पूरागरेर नम्बर लिए पनि कयौँ नागरिक राष्ट्रिय परिचयपत्र लिन गएका छैनन् ।

Nabil bank

१ करोड ५९ लाख जनाले परिचयपत्र बनाउने प्रक्रिया पूरागरेकोमा यसमध्ये ३८ लाख जनाको परिचयपत्र छपाइ भइसक्यो । यीमध्ये ८ लाख जनाले मात्रै परिचयपत्र लिएको विभागका परिचयपत्र महाशाखाका निर्देशक मुकेशकुमार केसरी बताउँछन् ।

‘सर्वसाधारण परिचयपत्र नै लिन आइरहेका छैनन्,’ उनले भने, ‘यसको प्रयोग नआउँदा लिन नआएको हुन सक्ने हाम्रो आकलन छ ।’

परिचयपत्रको वितरणसमेत व्यापक बनाउने योजनामा विभाग छ । अहिलेसम्म परिचयपत्रको काम नै नभएपछि साउन १ गतेदेखि भने व्यापकरुपमा प्रयोगमा ल्याउने निर्णय सरकारले गरेको छ । यही जेठ २४ गते बसेको मन्त्रीपरिषद्को बैठकले साउन १ गतेदेखि यसको प्रयोग बढाउने निर्णय गरेको थियो ।

मन्त्रीपरिषद्को बैठकअनुसार साउन पहिलो सातादेखि सवारी चालक लाइसेन्स, प्यानकार्ड र मतदाता परिचयपत्रको साटो परिचयपत्र प्रयोग गर्दा हुने व्यवस्था गरिनेछ । यस्तै स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्ता र पेन्सन लिन परिचयपत्र अनिवार्य गरिनेछ । यी काममा भने नम्बरमात्रै भए पनि पुग्नेछ ।

‘मन्त्रीपरिषद्को बैठकले गरेको निर्णयअनुसार ५/६ वटा सरकारी कागजको सट्टा राष्ट्रिय परिचयपत्र प्रयोग गर्ने तयारी भइरहेको छ,’ निर्देशक केसरीले रातोपाटीसँग भने । नागरिकताले गर्ने सबै काम सहजै परिचयपत्रबाट हुने नै छ । तर योबाहेक अन्य सरकारी काम कारबाहीमा पनि परिचयपत्र नै प्रयोगमा ल्याउने सरकारी तयारी छ । विमानस्थल, बैंक र अन्य क्षेत्रमा समेत नागरिकताको साटो राष्ट्रिय परिचयपत्रले नै काम चल्नेगरी व्यवस्था गर्ने तयारी विभागले गरिरहेको छ ।

तर अब बन्ने लाइन्सेन्स, मतादाता परिचयपत्र र प्यान कार्डमा परिचयपत्र नम्बर ‘लिङ्क’ गर्न पहिला नै वितरण भइसकेका कागजपत्रमा भने सहज छैन । सोहीकारण, ‘नागरिक एप’ वा अन्य कुनै माध्यमबाट क्यूआर गर्न मिल्ने व्यवस्था गरिनेछ । उदाहरणका लागि सवारी चालक अनुमतिपत्र (लाइ सेन्स) लिइसकेका व्यक्तिको लाइसेन्स नम्बर क्यूआरमार्फत राष्ट्रिय परिचयपत्रमा लिङ्कगराउनुपर्छ । यसका लागि लाइसेन्स धनी यातायात कार्यालयमा पुगेर वा ट्राफिक प्रहरीले नै क्यूआर गरेर ‘लिङ्क’ गरिदिन सक्ने व्यवस्था मिलाइनेछ ।

यस्तै अन्य कागजात (प्यानकार्ड, मतदाता परिचयपत्र) मा समेत क्यूआर विधिमार्फतनै ‘लिङ्क’ गर्ने योजना विभागको छ । यसका लागि नागरिक एपको प्रयोग गर्नेगरी विभाग अघि बढेको सरकारले केही वर्ष अघि डिजिटल नेपाल बनाउने भन्दै नागरिक एपको प्रयोग ल्याएको थियो ।तर, यसको समेत सरकारी लक्ष्यअनुरुपप्रयोग नभइरहेको स्थितिमा परिचयपत्रका कारण प्रयोगमा आउन स क्ने स्थिति सिर्जना भएको छ ।

तर सरकारको यो निर्णय कार्यान्वयनमा भने शङ्का गर्न सकिन्छ । सरकारले प्रत्येक पटक राष्ट्रिय परिचयपत्रको प्रयोग व्यापक बनाउने भनिरहे पनि सोअनुसार भएको छैन । यसपटक भने व्यापक प्रयोग सुरु गर्ने पञ्जीकरण विभाग बताउँछ । ‘पछिल्लो १ महिना यता निरन्तर परीक्षण भइरहेको छ,’ निर्देशक केसरीले भने, ‘परीक्षण सफल भइरहेको छ । अब साउनदेखि प्रयोगमै आउँछ ।’

लाइसेन्स नै छाप्नु नपर्ने !

नेपाल सरकारले विभिन्न निकायमार्फत विभिन्न कागजात छपाइमा अर्बौ रुपैयाँ खर्च गर्दै आइरहेको छ । जिल्ला प्रसाशन कार्यालयले नागरिकता, कर कार्यालयले प्यान कार्ड, निर्वाचन आयोगमार्फत मतदाता परिचयपत्र र यातायात कार्यालयले लाइसेन्स छाप्दै आइरहेका छन् । यसबाहेक अन्य निकाले समेत आ–आफ्नो आवश्यकताअनुसार कागजपत्र छापेर वितरण गर्दै आइरहेका छन् ।

सबै निकायले छाप्दै आएको कागजपत्रलाई एकीकृत गर्ने लक्ष्यसहित राष्ट्रिय परिचयपत्रको योजना अघि सरेको थियो । तर लामो समयसम्म पनि सरकारी योजनाअनुरुप काम अघि बढेन । अब भने सरकारी लक्ष्यअनुसार नै राष्ट्रिय परिचयपत्रको प्रयोग व्यापक गर्ने सरकारी योजना छ ।

सरकारले ५ देखि ६ वटा क्षेत्रमा एकैपटक राष्ट्रिय परिचयपत्रको प्रयोग गर्ने निर्णयगरेपनि अनिवार्य प्रयोगको सु रुवात लाइसेन्स, सामाजिक सुरक्षा, पेन्सन र स्वास्थ्य बीमामार्फत गर्ने तयारी गरेको छ ।

यही नीतिअनुरुप साउन १ गतेदेखि लाइसेन्स नबोके पनि हुने बताइएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार २० लाख सर्वसाधारण आफ्नो लाइसेन्स छपाइको पखाइमा छन् । प्रत्येक दिन ४ देखि ५ हजारले नयाँ लाइसेन्सको परीक्षा उत्तीर्ण गर्छन् । प्रतिमहिना १ लाख हाराहारीले लाइसेन्स परीक्षा उत्तीर्ण गर्नेको सङ्ख्या थपिन्छ । ‘लाइसेन्स शब्द नै यतिधेरै बद्नाम भइसक्यो,’ उनले भने, ‘अब परिचयपत्रबाटै यसको सेवा सुरु गर्नुपर्छ ।’

पञ्जीकरण विभागका अनुसार राष्ट्रिय परिचय पत्रमा लाइसेन्स नम्बर ‘लिङ्क’ गर्न क्यूआर गर्नुपर्छ । यो क्यूआर ट्राफिक प्रहरीले नै गर्न सक्छन् । यस्तै यातायात कार्यालयमार्फत समेत क्यूआर गरेर लिङ्क गर्न सकिन्छ । यसो हुँदा साउन १ गतेदेखि सवारी चालकल] लाइसेन्स नै नबोके पनि हुने व्यवस्था गर्न लागेर्कोशक केसरीले बताए ।‘सुरुमा यो अप्सनल ह’न्छ,’ उनले भने, ।।।लाइसेन्स नबोक्दा पनि ।बोक्छु भने पनि पाइन्छ ।’

यस्तै यातायात व्यवस्था विभागका महानिर्देशक रिजालका अनुसार परिचयपत्र छापेपछि लाइसेन्स नछाप्दा पनि हुन्छ । ‘आखिर सरकारले दिने सुविधा एउटै हो,’ उनले भने, ‘अब परिचयपत्रबाटै हुने भएपछि लाइसेन्स किन चाहियो र ?’

उनका अनुसार परिचयपत्रमै ट्रायल पास भएपछि पाइने लाइसेन्स नम्बर जोडिन्छ, जसले लाइसेन्सको समेत काम गर्छ । तर विदेश जानेहरूको हकमा र विदेशबाट आएर नेपाल बसेकाको हकमा भने लाइसेन्स नै छापिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # मुख्य समाचार
दैनिक संजाल

दैनिक संजाल

Related Posts

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

Discussion about this post


© Dainik Sanjal

भर्खरै

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In