• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य


Share on FacebookShare on Twitter

राजविराज । जुम्लामा स्वास्थ्य सेवा दिइरहेका एक चिकित्सक न्यायका लागि आफ्नो गृह जिल्ला सप्तरीमा विगत दुई महिनादेखि भौंतारिरहेका छन् ।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा. तुलाकृष्ण गुप्ता न्यायका लागि भौंतारिरहेका हुन् । उनकी आमा जयमाला गुप्तालाई ९ जेठमा मोटरसाइकलको दिएको ठक्करबाट ज्यान गएको थियो । ठक्करले घाइते उनकी ५७ बर्षीया आमाको नोबेल मेडिकल कलेज विराटनगरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

आमाको मृत्यु भएको २ महिना बित्दा समेत ठक्कर दिने सबारीसाधनको पहिचान हुन नसकेको डा. गुप्ताले बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एशोसिएट प्राध्यापक एवं जनरल प्राक्टिस तथा आकस्मिक मेडिसिन विभागका प्रमुख रहेका डा. गुप्ता आमालाई ठक्कर दिने मोटरसाइकलको पहिचान हुन नसक्दा चिन्तित बनेका छन् ।

सबारीको ठक्करले नै आमाको मृत्यु भएको बताउँदै डा. गुप्ताले ठक्करले मस्तिष्कमा लागेको अति कड चोटका कारण मस्तिष्कको एउटा भाग नै ब्रष्ट भएको प्रष्ट रहेको अवस्थामा प्रहरी अहिलेसम्म ती सबारीको खोजी गर्न नसकेको उनको भनाई छ ।

प्रहरीलाई म आफैं प्रमाणसहित प्रत्यक्षदर्शीहरुको बयान दिन लगाएको बताउँदै डा. गुप्ताले मंगलबार राजविराजस्थित नेपाल पत्रकार महासंघमा पत्रकार सम्मेलन गर्दै भने, ‘तर, प्रहरी हालसम्म आफ्नो काम गर्न सकेको छैन् ।’

आफू दुई महिनादेखि काम छाडेर जिल्लामा बस्दै ठक्कर दिने सबारीको पहिचान गराउन लागिपरेपनि प्रहरी हालसम्म निष्कर्षमा पुग्न नसक्नु दुःखद भएको उनी बताउँछन् ।

घट्ना भएको समयमा इलाका प्रहरी कार्यालय कंचनपुरका निमित्त प्रमुख रहेका प्रहरी निरीक्षक अवधकिशोर ओझाले पट्क्कै ध्यान नदिएको उनले बताए ।

‘यसपछि नयाँ प्रहरी प्रमुखको रुपमा आएका डीएसपी महेन्द्र नेपालले पनि काम गरिरहेको मात्रै बताइरहेका छन्’ डा. गुप्ताले भने, ‘मुद्दा फाँटका सई रामपदार्थ साह पनि प्रत्यक्षदर्शीको बयान टिप्न मानेनन् । पछि आएका नयाँ अनुसन्धान अधिकृत प्रहरी निरीक्षक सुशान्त मिश्रले यो बयान टिप्न लगाए ।’

समग्रमा हेर्दा प्रहरीले नै घट्नालाई लुकाउन खोजेको उनको आरोप छ । ‘दुई महिना अनुसन्धान गरेको प्रहरीले अहिले आएर किटानी जाहेरी दिन मलाई भनिरहेको छ’ उनले भने, ‘म कसकोबिरुद्ध जाहेरी दिनु ? अनुसन्धान गरेर पहिल्याउने काम प्रहरीको होइन् ?’

गृहमन्त्रालयदेखि आफूले बुझेका हरेक निकायमा यो बिषयमा जानकारी गराउँदा समेत कतैबाट न्याय पाउन नसकेको उनले गुनासो गरे ।

‘के म न्याय पाउन सक्दिनँ ?, मेरो आमालाई कसले ठक्कर दिएर मारे ?’ मलिनो अनुहारमा उनले भने ।

डा. गुप्ताले न्याय दिलाइदिन संचारकर्मी, मानवअधिकारकर्मीसहित सबैसँग अनुरोध समेत गरेका छन् ।

प्रहरीले भने घट्नाको अनुसन्धान भइरहेको जनाएको छ । इलाका प्रहरी कार्यालय कंचनपुरका डीएसपी महेन्द्र नेपालले संकलन भएका सिसिटिभी फुटेजहरुको अध्ययन गरिरहेको जानकारी दिए ।

उनले प्रहरी आफ्नो काममा लागिपरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

‘प्यालेस्टाइनी पक्षधर’ सर्ट लगाएर जुलियन असान्ज पुगे कान्स फेस्टिभलमा

‘प्यालेस्टाइनी पक्षधर’ सर्ट लगाएर जुलियन असान्ज पुगे कान्स फेस्टिभलमा

Discussion about this post


© Dainik Sanjal

भर्खरै

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In