• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

सेयर बजारमा मौद्रिक नीतिको प्रभाव– परिसूचक ११३ अङ्कले बढ्यो


सेयर बजारमा मौद्रिक नीतिको प्रभाव– परिसूचक ११३ अङ्कले बढ्यो
Share on FacebookShare on Twitter

काठमाडौँ । मौद्रिक नीतिको प्रभाव सेयर बजारमा स्पष्ट रूपमा देखिएको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार अन्तिमसम्ममा ११३.४२ अङ्क बढेर बन्द भएको हो ।

आज कारोबार सुरु भए लगत्तै नेप्सेमा सकारात्मक सर्किट लागेको थियो । पहिलो सर्किटमा बजार २० मिनेट बन्द भएको थियो । त्यसपछि दोस्रो सर्किट लाग्यो र बजार ४० मिनेट बन्द भयो । ५ प्रतिशतले बढेपछि दोस्रो पटक बन्द भएको नेप्से त्यसपछि भने निरन्तर घट्ने प्रयास गर्‍यो ।

यद्यपि पुनः नेप्से सम्हालिँदै समग्रमा ४.४१ प्रतिशतले बजार बढेर बन्द भएको हो । यसक्रममा आज १४८ वटा कम्पनीको सेयर मूल्य बढ्यो । यस्तै ८७ वटा कम्पनीको मूल्य घट्यो भने ८ वटाको स्थिर रह्यो । आज १२ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतको वृद्धि आएको छ ।

यस्तै थप १० वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । आइतबार कुमारी बैंकको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । यो कम्पनीको ३६ करोड १० लाख रुपैयाँको सेयर किनबेच भएको हो । यसपछि एनआईसी एसिया बैंकको सेयर ३४ करोड ८१ लाख रुपैयाँको किनबेच भएको छ ।

परिसूचक ४.४१ प्रतिशतले बढ्दै १५ अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको दिन लघुवित्त समूहको सूचक भने घटेको छ ।  यो समूहको सूचक १० अङ्कले घटेको हो । यस्तै आज ४ करोड ३ लाख कित्ता सेयर किनबेच भएको छ । यसैगरी कारोबार भएकामध्ये १२ वटा समूहको वृद्धि देखिएको छ ।

जीवन बिमा समूहमा ५१९ अङ्कको वृद्धि आउँदा निर्जीवन बिमा समूहको सूचक ३४५ अङ्कले बढेको छ । यस्तै विकास बैंक समूह २४५ अङ्कले बढेको छ भने बैंक समूह १४१ अङ्कले बढेको छ । यसबाहेक सबैजसो समूहमा समेत वृद्धि आएको छ ।

नेपाल राष्ट्र बैंकले लिएको १५–२० को नीतिका कारण बजार बढ्न नसकेको लगानीकर्ताको भनाई थियो । तर,  शुक्रबार को मौद्रिक नीतिसँगै   यो भनाइ अब हटेको छ । केन्द्रीय बैंकले ल्याएको मौद्रिक नीतिमार्फत संस्थागत लगानीकर्तालाई लगाइएको २० करोडको सीमा हटेको छ ।

व्यक्तिगततर्फको १५ करोडको सीमा रहे पनि यसले बजारमा तात्त्विक भिन्नता नल्याउने लगानीकर्ताको भनाइ छ । मौद्रिक नीतिको प्रभाव स्वरूप नै आज नेप्से परिसूचक उच्च अङ्कले बढेको हो । यससँगै नेप्से परिसूचक २६८१‍.४२ अङ्कको बिन्दुमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

Discussion about this post


© Dainik Sanjal

भर्खरै

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In