• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

बिआरआई सम्झौता स्वाधीनतामा हस्तक्षेपको संकेत भएको राष्ट्रिय एकता अभियानको जिकिर

बिआरआई सम्झौता स्वाधीनतामा हस्तक्षेपको संकेत भएको राष्ट्रिय एकता अभियानको जिकिर
Share on FacebookShare on Twitter

काठमाडौं, २२ मंसिर । राष्ट्रिय एकता अभियानले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ सभ्झौता (बिआरआई) अन्तर्गतको फ्रेमवर्क सभ्झौतामा हस्ताक्षर गरेर नेपाललाई सम्भावित ऋणको जालोमा फसाउने खतरा बढाएको र त्यो नेपालका लागि दीर्घकालीन आर्थिक संकट र स्वाधीनतामा हस्तक्षेपको संकेत हुनसक्ने बताएको छ ।
अभियानका अध्यक्ष विनय यादवले एक विज्ञप्ति जारी गर्दै बिआरआई सम्झौतालाई ‘भ्रमणको सबैभन्दा विवादास्पद पक्ष’ भनेका छन् । चीन भ्रमणले नेपाल–चीन सम्बन्धलाई सुदृढ बनाउने अपेक्षा गरिएकोमा उल्टै भ्रमणको परिणामले नेपालको दीर्घकालीन स्वाधीनता, आर्थिक स्वावलम्बन र कूटनीतिक प्राथमिकताहरूमाथि गम्भीर चुनौती खडा गरेको पनि अध्यक्ष यादवको कथन छ ।
‘बिआरआई परियोजनामा नेपालले बिना विस्तृत अध्ययन र बहस सहभागी हुने निर्णय गरेको देखिन्छ । श्रीलंका र माल्दिभ्स जस्ता देशहरूले यस्ता परियोजनाका कारण ठूलो आर्थिक संकट झेलिसकेका उदाहरण नेपालका लागि चेतावनी हुनुपर्छ’, अभियानले भनेको छ ।
संसदमा छलफल नगरी र पारदर्शिताविना समझौतामा हस्ताक्षर गरिएकाले नेपालको आर्थिक र राजनीतिक भविष्यलाई संकटतर्फ धकेल्न सक्ने उल्लेख गर्दै अध्यक्ष यादवको विज्ञप्तिमा भनिएको छ, ‘यसप्रकारको हस्ताक्षरलाई राष्ट्रघातको रूपमा लिइनुपर्ने भन्दै आलोचना भइरहेको छ ।’
भ्रमणका क्रममा प्रधानमन्त्रीले चीनसँगको सीमा विवादबारे कुनै चर्चा नगर्नु गम्भीर कूटनीतिक असफलता भएको अभियानको ठहर छ । रसुवागढी क्षेत्रलगायतका विवादित भूभागहरूमा चीनको अतिक्रमणबारे स्पष्ट रूपमा आवाज नउठाइएको र भारतसँगका सीमा विवादमा स्पष्ट अडान लिने सरकार चीनसँग भने मौन देखिएकाले नेपालको सीमा सुरक्षा र भू–राजनीतिक स्वाधीनतामा सरकारको प्रतिबद्धताप्रति गम्भीर प्रश्न खडा भएको अभियानले जनाएको छ ।
‘चीनसँग पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लिएको उच्च ब्याजदरको ऋणलाई अनुदानमा रूपान्तरण गर्ने विषय भ्रमणको प्राथमिकतामा हुनुपर्ने थियो । तर, प्रधानमन्त्रीले यो विषयमा कुनै पहल नगर्नु नेपालको वित्तीय हितविपरीत देखिन्छ । ऋणको भारले देशको आर्थिक स्थायित्वलाई खतरामा पार्नसक्ने स्थिति आउनसक्ने चिन्ता व्यक्त भइरहेको छ’, अभियानको विज्ञप्तिमा उल्लेख छ ।
नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण हुन सक्ने व्यापारिक नाकाहरू पुनः सञ्चालन र सिगत्से–केरुङ–काठमाडौं रेलवे परियोजनाको ठोस कार्ययोजना अघि बढाउन पनि प्रधानमन्त्रीको भ्रमण असफल भएकाले भ्रमण औपचारिकतामा मात्र सीमित भएको अभियानको जिकिर छ ।
प्रधानमन्त्री ओलीले चीनसँग गरिएका सम्झौताहरूलाई गोप्य राख्दै संसद र जनतालाई जानकारी नदिएकोले पारदर्शितामा गम्भीर प्रश्न उठेको, राष्ट्रिय हित र स्वाधीनतालाई प्राथमिकतामा राख्नुपर्ने अवस्थामा सरकारले स्पष्ट रणनीति र पारदर्शिता देखाउन नसकेको अभियानले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय एकता अभियान सरकारलाई बिआरआई सम्झौताका सबै विवरण सार्वजनिक गर्न, चीनसँग सीमा विवादमा स्पष्ट पहल गर्न र पोखरा विमानस्थलको ऋणलाई अनुदानमा रूपान्तरण गर्न दबाब दिन आह्वान गर्दछ । साथै, राष्ट्रिय हित र स्वाधीनतामा आँच आउने कुनै पनि सम्झौताबाट सरकारलाई तत्काल पछि हट्न अनुरोध गर्दछ ।’
नेपालको स्वाधीनता, आर्थिक स्थायित्व, र कूटनीतिक सन्तुलन जस्ता संवेदनशील मुद्दाहरूमा सरकारको निष्क्रियताले देशको भविष्यलाई खतरामा पारेको यो अवस्थामा, नागरिक समाज, संसद, र जिम्मेवार निकायहरूले कडा कदम चाल्नुपर्ने तथा सरकारका हरेक निर्णय राष्ट्रिय हितको रक्षा गर्ने दीर्घकालीन दृष्टिकोणमा आधारित हुनुपर्ने पनि अभियानको आव्शान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

सुरेन्द्र यादवको आरोप: “मधेशका मुख्यमन्त्री लीलानाथको झोले नबनून्, एमाले देशबाटै समाप्त हुनेछ

सुरेन्द्र यादवको आरोप: “मधेशका मुख्यमन्त्री लीलानाथको झोले नबनून्, एमाले देशबाटै समाप्त हुनेछ

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In