• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

सीमापार धार्मिक पर्यटन प्रवर्द्धनमा जुट्दै नेपाल-भारत

सीमापार धार्मिक पर्यटन प्रवर्द्धनमा जुट्दै नेपाल-भारत
Share on FacebookShare on Twitter

आगरा (भारत)। सीमापार धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपाल र भारतका पर्यटन व्यवसायीहरूले प्रतिबद्धता जनाएका छन्।

नेपालस्थित भारतीय दूतावास, नेपाल पर्यटन बोर्ड र भारतको उत्तरप्रदेश पर्यटन बोर्डको समन्वय र सहकार्यमा आयोजित दुवै देशका पर्यटन व्यवसायीहरूबीचको अन्तरक्रियामा सहभागी व्यवसायीहरू एकापसमा सहकार्य गर्दै पर्यटन प्रवर्द्धनमा जुट्ने प्रतिबद्धता जनाएका हुन्।

सीमा क्षेत्रको पर्यटनका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा साझेदारी फराकिलो बनाउँदै दुवै देशको परस्पर हित र लाभका लागि सहकार्य गर्ने दुवै मुलुकका पर्यटनसम्बद्ध निकाय तथा व्यवसायीको भनाइ छ।

यसैको तयारीस्वरूप नेपाली व्यवसायीहरूलाई भारतका विभिन्न धार्मिकस्थलहरूको छ दिने अवलोकन भ्रमण गराइएको छ। यस क्रममा विश्वप्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थलरू मथुरा, आगरा, प्रयागराज, लखनऊ, बनारस र अयोध्या क्षेत्रको परिचयात्मक भ्रमण तथा पर्यटन व्यवसायीबीच अन्तरक्रिया गरिएको छ।

भ्रमणका क्रममा आगरामा आयोजित कार्यक्रममा दुवै देशका पर्यटन व्यवसायीहरूले दुवै देशको पर्यटन सम्भावना, चुनौती र अवसरबारे खुलेर छलफल गरे। ताजमहललाई पृष्ठभूमिमा राखेर गरिएको ‘बिटुबी’ कार्यक्रममा दुवै पक्षले आआफ्ना देशका पर्यटकीय क्षेत्रबारे जानकारी समेटिएका पुस्तिकालगायत सम्पर्क नम्बर तथा ठेगाना आदानप्रदान गरे।

उत्तरप्रदेश पर्यटन विभागका अतिरिक्त रणनीतिक अधिकृत आकाश दीपले यस प्रकारको कार्यक्रमले दुवै देशको पर्यटन विकासका लागि सहकार्य गर्न महत्वपूर्ण टेवा पुग्ने बताए।

आगरा ट्राभल एजेन्ट एसोसिएसनका महासचिव कौशलेन्द्र सिंहले नेपाल र भारतबीच रहेको धार्मिक पर्यटनको सम्भावनालाई उजागर गर्न छलफल सफल भएको बताए।

नेपालका चर्चामा रहेका धेरै पर्यटकीयस्थलबारे जानकारी पाउँदा खुसी लागेको उल्लेख गर्दै उनले भारतीय पर्यटकलाई ती धार्मिक एवं पर्यटकीयस्थलमा भ्रमण गर्न उत्प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेपाली व्यवसायी तथा नेपाल पर्यटन बोर्डका प्रतिनिधिहरूले नेपालका धार्मिक पर्यटकीयस्थलबारे जानकारी गराए। त्यस अवसरमा व्यवसायीहरूले नेपालका महत्वपूर्ण पर्यटकीय क्षेत्रबारे चर्चा गर्दै त्यहाँ पर्यटकीय गतिविधि बढाउन भारतीय पक्षबाट सहयोगको अपेक्षा व्यक्त गरे।

भारतीय पर्यटकलाई ती स्थानमा पठाउन आग्रह गरे। नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक श्रद्धा श्रेष्ठले दुई देशबीचको पर्यटकीय सम्भावनाको उजागर, व्यवसायीबीच सहकार्य अभिवृद्धिका साथै अन्तरदेशीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

जनकपुर उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले अयोध्या र जनकपुरलाई रामायण सर्किटका रूपमा विकास गर्न लागिपरेको भन्दै आवश्यक सहयोग र समन्वय गर्न आग्रह गरे।

पर्यटन व्यवसायी मायाप्रसाद भट्टले सुदूरपश्चिममा सम्भावना रहेका नयाँ पर्यटकीय गन्तव्यमा पर्यटक पुर्याउन सहकार्य जरूरी रहेको बताए। उनले भने, “जंगल सफारी र विभिन्न धार्मिक तीर्थस्थल, पवित्र क्षेत्र बढिमालिका, खप्तडलगायत क्षेत्रको प्रवर्द्धनमा दुवै देशबीच सहकार्य आवश्यक छ।”

बनारसमा ‘रोड सो’

नेपाल र भारतको धार्मिक पर्यटनलाई बढावा दिन बनारसमा पनि प्रवर्द्धनात्मक कार्यक्रम गरिएको छ। ब्यानरसहित सडक परिक्रमा गरी शास्त्री घाटमा पुगेर सम्पन्न भएको थियो।

सोही अवसरमा नेपालबाट परिचयात्मक तथा बिटुबीका लागि सहभागी नेपाली प्रतिनिधिहरूलाई स्वागत गरियो। उत्तरप्रदेश पर्यटन विभाग र व्यवसायी प्रतिनिधिहरूले स्वागत गर्दै दुवै देशमा धार्मिक पर्यटन वृद्धि कसरी गर्न सकिन्छ भनेर विमर्शसमेत गरे।

बनारसी टुरिजम गिल्टका अध्यक्ष सन्तोषकुमार सिंहले नेपाल र भारतबीचको शदिऔँदेखिको धार्मिक, सांस्कृतिक सम्बन्धको लाभ दुवै पक्षले लिनुपर्ने बताए।

उनले बुद्ध र हिन्दू दुवैका लागि नेपाल र भारत महत्वपूर्ण पर्यटकीयस्थल रहेको तथा पर्यटक आदानप्रदान हुँदै आएको भन्दै १२ वर्षपछि लाग्ने कुम्भ मेलामा हिन्दू नेपाली पर्यटकलाई सहभागी हुन आह्वान गरे। साथै उनले नेपालको सडक पूर्वाधार सुधार गर्नसके धेरै भारतीय पर्यटक नेपालको भ्रमण गर्न आतुर रहेको बताए।

उत्तरप्रदेश पर्यटन विभागका उपनिर्देशक आरके रावतले धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपाल र भारतले लिएको सामूहिक पहल सकारात्मक रहेको भन्दै यसलाई निरन्तरता दिइनुपर्नेमा जोड दिए।

त्यसअघि लखनऊमा उत्तरप्रदेश पर्यटन विभागको आयोजनामा पर्यटनसम्बन्धी औपचारिक कार्यक्रम गरिएको थियो। जहाँ दुवै देशका पर्यटनसम्बन्धी सरकारी निकाय र निजी क्षेत्रका पर्यटन व्यवसायीबीच अन्तरक्रिया र व्यावसायिक अनुभव आदान–प्रदानका साथै आगामी पर्यटन रणनीतिबारे छलफल भएको थियो।

उत्तरप्रदेश पर्यटन विभागको निमन्त्रणामा २३ जना नेपाली व्यवसायी, सरकारी प्रतिनिधि, सञ्चारकर्मी यस कार्यक्रममा सहभागी भए। यसअघि नेपालले भारत उत्तरप्रदेशका पर्यटन व्यवसायीहरूलाई नेपालमा आमन्त्रण गरी नेपालका पर्यटकीय क्षेत्रबारे जानकारी गराउनाका साथै दुवै पर्यटन बोर्डहरुबीच यस्ता कार्यक्रमलाई वार्षिक कार्यतालिका बनाई निरन्तरता दिने घोषणा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त छुट्टै देश बनेको घोषणा, मान्यता दिन राष्ट्रसंघमा अपिल

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त छुट्टै देश बनेको घोषणा, मान्यता दिन राष्ट्रसंघमा अपिल

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

आजपाले किन गर्दैछ देशभर सप्ताहव्यापी भण्डाफोर अभियान ?

आजपाले किन गर्दैछ देशभर सप्ताहव्यापी भण्डाफोर अभियान ?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In