• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

सैफ अली खानको शरीरमा ६ ठाउँमा गहिरो घाउ, शल्यक्रियापछि निकालियो ३ इन्च लामो हतियार

सैफ अली खानको शरीरमा ६ ठाउँमा गहिरो घाउ, शल्यक्रियापछि निकालियो ३ इन्च लामो हतियार
Share on FacebookShare on Twitter

काठमाडौं । बलिउड अभिनेता सैफ अली खान अहिले अस्पतालमा भर्ना भएका छन् । उनीमाथि धारिलो हतियार प्रहार गरिएको थियो । मुम्बईको बान्द्रास्थित उनको घरमा बिहान २.३० बजे अज्ञात व्यक्ति चोरीको नियतले प्रवेश गरेको थियो । आक्रमणकारीसँग झडपका क्रममा उनीमाथि धारिलो हतियारले पटकपटक प्रहार भएको थियो ।

सैफ अली खान मुम्बईको लीलावती अस्पतालमा छन्, जहाँ उनको शल्यक्रिया भइरहेको छ । उनको शरीरमा ६ ठाउँमा छुरा प्रहार भएको स्रोतले जनाएको छ । सैफको घाँटी र स्पाइनल कर्डमा गम्भीर चोट लागेको छ । सैफको न्यूरो सर्जरी भएको छ । उनको शरीरबाट दुईदेखि तीन इन्च लामो धारिलो वस्तु निकालिएको छ । यो चक्कु को एक भाग भएको मानिएको छ । अहिले सैफ अली खानको कस्मेटिक सर्जरी भइरहेको छ ।

यस हमलामा सैफ अली खानको घरका सहयोगी पनि घाइते भएका छन् । घरेलु कामदारलाई सामान्य चोट लागेको छ । स्रोतका अनुसार घरमुनि एउटा नाली थियो, जुन सुत्ने कोठाभित्र खुल्थ्यो । प्रारम्भिक अनुसन्धानमा चोरहरु यही नालीबाट घर भित्र पसेको हुन सक्ने देखिएको छ ।

लीलावती अस्पतालका सीओओ डाक्टर नीरज उत्तमानीले मध्यरातमा सेफ अली खानलाई बान्द्रास्थित उनको घरमा अज्ञात व्यक्तिले आक्रमण गरेको बताए । सैफलाई ६ पटक छुरा प्रहार गरिएको थियो जसमध्ये २ वटा घाउ निकै गहिरो थिए । यीमध्ये एउटा प्रहार सैफको स्पाइनल कर्डमा भएको थियो । न्यूरोसर्जन डा नितिन डांगे र कस्मेटिक सर्जन डा लीना जैनको नेतृत्वमा चिकित्सकको टोलीले उनको शल्यक्रिया गरिरहेको छ ।

स्रोतका अनुसार यो घटना सैफ अली खानका छोराछोरी तैमुर र जेहको कोठामा भएको हो । प्रहरीले आक्रमणकारी कसरी भित्र पसे भन्ने खोजी भइरहेको छ । आक्रमणकारी बाहिरबाट आएका थिए वा भित्रैबाट आएका थिए भन्ने प्रहरीले खोजी गरिरहेको छ ।

सैफको पीआरका अनुसार न्यानी (बाल हेरचाह सहयोगी) राती २.३० बजे केही आवाज सुनेर ब्युझिएकी थिइन् । सैफ अलीको सम्पूर्ण परिवार घरमा सुतिरहेको थियो । आवाज सुनेपछि सैफ अली खान ब्युँझिए र आक्रमणकारीको सामना गरे । सैफले आक्रमणकारीलाई समात्ने प्रयास गरे। यस झडपमा आक्रमणकारीले उनीमाथि पटकपटक आक्रमण गरेपछि आक्रमणकारीहरु भागेका थिए ।

सैफकी पत्नी करीना कपुरको टोलीले एक विज्ञप्ति जारी गर्दै घरमा लुट्ने प्रयास भएको बताएको छ । सैफ घाइते भएर अस्पतालमा भर्ना भएका छन् । बाँकी परिवार पूर्णरुपमा सकुशल छन् । विज्ञप्तिमा भनिएको छ ‘हामी मिडिया र फ्यानहरूलाई धैर्य गर्न र कुनै पनि प्रकारको अनुमान नगर्न अनुरोध गर्दछौं। प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

समाजका लागि ग्लानि’ भन्दै प्रधानमन्त्री कार्कीले बर्दिया घटनामा छानबिन मागिन्

समाजका लागि ग्लानि’ भन्दै प्रधानमन्त्री कार्कीले बर्दिया घटनामा छानबिन मागिन्

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

मधेशमा कांग्रेसको पोल्टामा सत्ता, यादव सर्वसम्मत मुख्यमन्त्री

मधेशमा कांग्रेसको पोल्टामा सत्ता, यादव सर्वसम्मत मुख्यमन्त्री

जनकपुर–ढल्केबर खण्डमा ट्राफिक सहजताका लागि तीन आकासे पुल

जनकपुर–ढल्केबर खण्डमा ट्राफिक सहजताका लागि तीन आकासे पुल

नियम अनुसार मधेश प्रदेश सांसद बिच्छाको पद खारेज

नियम अनुसार मधेश प्रदेश सांसद बिच्छाको पद खारेज

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In