• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

ठगी आरोपमा सप्तरीमा पत्रकार महासङ्घका पूर्व उपाध्यक्षसहित दुई जना पक्राउ

ठगी आरोपमा सप्तरीमा पत्रकार महासङ्घका पूर्व उपाध्यक्षसहित दुई जना पक्राउ
Share on FacebookShare on Twitter

सप्तरी । मधेस प्रदेशमा ‘पैसा डबल’ गरिदिने ठगी धन्दा चलाउने गिरोह सक्रिय रहेको खुलासा भएको छ । सप्तरी जिल्लामा सर्वसाधारणको पैसा लिएर ‘डबल’ गरिदिने भन्दै ठगी धन्दा चलाइरहेको गिरोहका नाइकेसहित एक जना पत्रकार पक्राउ परेपछि यसको खुलासा भएको हो ।

सप्तरी प्रहरीले बुधवार बिहान पत्रकार महासङ्घ सप्तरीका पूर्व उपाध्यक्ष वैद्यनाथ यादवलाई पक्राउ गरेको छ । प्रहरीले उनलाई तिलाठीाट पक्राउ गरेको जनाएको छ । पत्रकार यादवमाथि ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दर्ता भएकोले पक्राउ गरिएको सप्तरी प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले बताए ।

उनका अनुसार दर्जनौँ मान्छेहरूको जाहेरी परेपछि प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको र सोही क्रममा पत्रकार यादव पक्राउ परेका हुन ।  यसअघि प्रहरीले पैसा डबल गरिदिने धन्दा चलाइरहेका गिरोहका मुख्य नाइके सप्तरीकै तिलाठी कोइलाडी गाउँपालिका –७ निवासी रामबहादुर भन्ने हनुमानी रजकलाई पक्राउ गरिसकेको छ ।

पक्राउ परेकाहरुविरुद्ध १३ वटा जाहेरी परेको प्रहरी प्रवक्ता बस्नेत बताउँछन् । उनका अनुसार यो गिरोहले दश वर्षदेखि सप्तरीमा पैसा डबल गरिदिने भन्दै ठगी धन्दा चलाइरहेका थिए । अहिलेसम्म परेको जाहेरीमा यो गिरोहले करिब अढाइ करोड रुपैयाँ ठगी गरेको पाइएको छ ।

ठुलो गिरोह बनाएर ठगी धन्दा चलाइरहेको देखिएकोले प्रहरीले यो घटनामा सूक्ष्म अनुसन्धान सुरु गरिएको डिएसपी बस्नेतले बताए । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा राखिएको छ ।

कसरी चल्थ्यो ठगी धन्दा ?

सप्तरी प्रहरीका अनुसार यो धन्दाको सुरुवात करिब दश वर्ष अगाडिदेखि भइरहेको छ । पत्रकार र नेताहरूसहितको गिरोह बनाएर ठगी गर्ने योजनाका साथ धन्दा सुरुवात गरिएको प्रहरी अनुसन्धानमा देखिएको छ ।  प्रहरीका अनुसार त्यही योजनाअनुसार उक्त गिरोहले आफूहरूसँग पैसा छाप्ने मेसिन रहेको भन्दै सुरुमा प्रचार गरेका र  पछि पैसा ठग्न थालेका हुन् ।

डबल पैसा पाउने लोभमा ठगिएका भरत ठाकुरका अनुसार सुरुमा यो गिरोहका मान्छे सर्वसाधारणको घरमा जान्थे । उनी भन्छन्, ‘आफूहरूसँग पैसा छाप्ने मेसिन छ, त्यसमा केमिकलको प्रयोगबाट पैसा डबल बनाइन्छ भन्दै जालमा फसाइन्थ्यो । रकम बढी आइसकेपछि पैसा छाप्ने मेसिनको केमिकल सकिएको छ, आउन केही समय लाग्छ भन्दै त्यसपछि उनीहरु बहाना बनाउन सुरु गर्थे ।’

उनका अनुसार जब पैसा माग्न गइन्थ्यो तब उनीहरूले झन् उल्टै धम्काउँथे  । उनका अनुसार प्रहरी प्रशासन, नेता गुन्डाहरू सबै आफ्नो गोजीमा रहेको भन्दै उल्टै हामीलाई हप्कीदप्की आउँथ्यो ।

प्रहरी प्रवक्ता बस्नेत भन्छन्– ‘गिरोहले सुरुमा सर्वसाधारणसँग कम पैसा लिन्थ्यो, केही समयपछि त्यसलाई डबल गरेर फिर्ता गरिदिन्थ्यो । जुन कारण सर्वसाधारण विश्वस्त हुन्थे । त्यसपछि ती व्यक्ति फेरि लोभमा परेर लाखौँ रुपैयाँ दिन्थे । अनि जब बढी पैसा आउँथ्यो, त्यो पैसा भने उनीहरूले गायब बनाइदिन्थे ।’

उनका अनुसार तर उक्त गिरोहले पैसा लिँदा भने कुनै प्रमाण दिँदैन्थ्यो, जुन कारण सर्वसाधारणहरू बिचल्लीमा पर्थे । तर धेरैको जाहेरी आइसकेपछि प्रहरीले थालेको अनुसन्धानमा उक्त गिरोह धेरै जनासँग ठगी गरेको पाइएको उनी बताउँछन् । यसरी नै उनीहरूले लामो समयदेखि जिल्लामा ठगी धन्दा चलाइरहेको पाइएको प्रहरी भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

केन्द्र र जिल्ला विचको विवाद– सर्वोच्च पुग्ने निश्चित्

केन्द्र र जिल्ला विचको विवाद– सर्वोच्च पुग्ने निश्चित्

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In