राजविराज । नेपाल पत्रकार महासंघ, सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुलाई तराई मधेश महिला फाउण्डेशनले सम्मान गरेको छ ।
बुधबार नेपाल पत्रकार महासंघको सभाहलमा कार्यक्रम गरी फाउण्डेशनका पदाधिकारीले पत्रकार महासंघमा निर्वाचित भएकालाई सम्मान गरेको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष सुनिता साहले नेपाल पत्रकार महासंघ, सप्तरीको अध्यक्षमा निर्वाचित श्रवणकुमार देवसहित पदाधिकारी एवं सदस्यहरुलाई सम्मान गरिएको हो । नवनिर्वाचितलाई गमछा एवं रुद्राक्षको माला लगाइदिएर उनले सम्मान गरिन् ।
यस्तै, केन्द्रीय परिषद् सदस्यमा निर्वाचितलाई पनि सम्मान गरियो ।
Discussion about this post