• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

दर्ताविनै सञ्चालन अस्पतालमा अप्रेसन गराउँदा वविता २० दिनसम्म अचेत


दर्ताविनै सञ्चालन  अस्पतालमा अप्रेसन गराउँदा वविता २० दिनसम्म अचेत
Share on FacebookShare on Twitter

जनकपुरधाम-१४ पिडारीचोकस्थित दर्ताविनै सञ्चालनमा रहेको मुस्कान अस्पतालमा गरिएको शल्यक्रियापछि २५ वर्षीया वविता यादव २० दिनसम्म बेहोस अवस्थामा छिन्।

सर्लाहीको हरिपुर्वा नगरपालिका-५ निवासी अंगेश यादवकी पत्नी वविताको पित्तथैलीको पत्थरी निकाल्ने क्रममा गम्भीर स्वास्थ्य समस्या उत्पन्न भएको हो।

वविताका बुबा ब्रह्मदेव यादवका अनुसार माघ ३ गते मुस्कान अस्पतालमा सर्जन डा. ज्ञानकुमार साहको नेतृत्वमा शल्यक्रिया गरिएको थियो। तर, त्यसयता वविता होसमा आएकी छैनन्। शल्यक्रियामा गम्भीर लापरवाही भएकै कारण छोरीको अवस्था जटिल बनेको उनको दाबी छ।

शल्यक्रियापछि सुधार नआएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो। अवस्था झन् जटिल बनेपछि अस्पतालले उनलाई सिटी स्क्यान गराउन बाहिर पठायो। त्यसपछि अस्पतालले न्यूरो विशेषज्ञ नभएको भन्दै अन्यत्र उपचार गराउन दबाब दिएको ब्रह्मदेव यादवले बताए।

माघ ६ गते ववितालाई जनकपुरस्थित जानकी हेल्थकेयरमा भर्ना गरियो, तर अहिलेसम्म उनी बेहोसी अवस्थामै छिन्। ‘शल्यक्रियामा लापरवाहीकै कारण छोरीको होस आएको छैन,’ बुबा ब्रह्मदेवले भने ।

चिकित्सक र अस्पतालमाथि कारबाहीको माग

परिवारजनले मुस्कान अस्पताल र शल्यक्रिया गर्ने चिकित्सकविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषा, नेपाल मेडिकल काउन्सिललगायत निकायमा उजुरी दिएका छन्। उजुरीमा बिरामीको सुरक्षाको बेवास्ता गर्दै अस्पतालले आफ्नै आर्थिक फाइदाका लागि शल्यक्रिया गरेको आरोप लगाइएको छ।

ब्रह्मदेवका अनुसार वविताले पेट दुखेपछि जनकपुरको सुर्या अल्ट्रासाउन्ड सेन्टरमा जाँच गराएकी थिइन्। त्यहाँ कार्यरत सुशीलकुमार यादवले ललाइफकाइ मुस्कान अस्पतालमा शल्यक्रिया गराउन बाध्य पारेको आरोप उनी लगाउँछन्।

‘उपयुक्त स्वास्थ्य सुविधा नभएको अस्पतालले शुरुमै बिरामी भर्ना लिनु हुँदैनथ्यो,’ उजुरीमा भनिएको छ, ‘तर, अस्पतालले लापरवाहीपूर्ण ढंगले उपचार गरी बिरामीलाई असहज अवस्थामा पुर्‍याएको छ।’

शल्यक्रिया गर्ने डा. ज्ञानकुमार साहले भने उपचारमा कुनै लापरवाही नभएको दाबी गरेका छन्। ‘शल्यक्रियापछि बिरामी होसमा आउनुभएको थियो,’ उनले भने, ‘तर, उनलाई पहिल्यैदेखि छाडेरोग (मृगी) थियो । जुन परिवारले लुकाए।’

उनका अनुसार न्यूरोसम्बन्धी समस्या देखिएकाले उपयुक्त अस्पतालमा लैजान सुझाव दिइएको थियो। तर, परिवारजनले उनलाई सिटी स्क्यानका लागि लैजाने भन्दै जानकी हेल्थकेयरमै भर्ना गरिदिएको उनको दाबी छ।

वविताको अवस्था अझै गम्भीर रहेको र परिवारजन अस्पताल तथा चिकित्सकमाथि कारबाहीको माग गर्दै न्यायका लागि लडिरहेका छन्।

वविताका ससुरा वीरेंद्र अधिकारीले चिकित्सक र अस्पताल प्रशासनले चरम लापरवाही लुकाउन बिरामीलाई ‘छाडेरोग’ रहेको झुटो आरोप लगाइरहेको दाबी गरे।

‘बिरामीलाई कुनै छारेरोग थिएन। अपरेसनमा भएको चरम लापरवाही ढाकछोप गर्न अस्पतालले गलत दाबी गरिरहेको छ। वविताको गाउँमै विवाह भएको हो, गाउँमा विवाह हुँदा सबै कुरा राम्ररी बुझिन्छ। यो घटनाको निष्पक्ष छानबिन हुनुपर्छ, सत्यतथ्य बाहिर आउनुपर्छ,’ उनले भने।

अधिकारीका अनुसार जनकपुरस्थित जानकी हेल्थकेयरले बिरामीलाई अन्यत्र लैजान सुझाव दिए पनि भेन्टिलेटरसहितको एम्बुलेन्स र आवश्यक आर्थिक साधन अभावका कारण उनलाई त्यहीँ राख्न बाध्य हुनुपर्यो। वविताका दुई र चार वर्षका छोराहरू छन्।

धनुषा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेपछि प्रहरीले घटनालाई संवेदनशील रूपमा लिएको छ। प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार यस विषयमा दुई पक्षबीच दुई दिनसम्म छलफल भए पनि कुनै निष्कर्ष निस्किएको छैन।

‘हामीले पहिलो प्राथमिकता बिरामीको उपचारमा दिन भनेका छौँ, त्यसपछि मात्र थप छलफल गरिनेछ,’उनले बताए।

अवैध रूपमा सञ्चालनमा रहेको अस्पताल

वविताको शल्यक्रिया भएको मुस्कान हस्पिटल एक महिनाअघि मात्र सञ्चालनमा आएको अस्पताल हो। बिहीबार दिउँसो २:५० बजे अस्पतालको अवस्था बुझ्न जाँदा त्यहाँ कुनै चिकित्सक उपस्थित थिएनन्। आपत्कालीन कक्षमा तीनजना बिरामी भए पनि त्यहाँ मात्र एकजना स्वास्थ्यकर्मी थिए। काउन्टरमा बसेका कर्मचारी मो. अफराज सदामले आफूलाई कुनै जानकारी नभएको बताए।

अस्पतालको बोर्डमा उल्लेखित सम्पर्क नम्बरमा फोन गर्दा आफू अस्पतालको सल्लाहकार रहेको बताउने कमल राइनले ‘मुस्कान हस्पिटल २५ शय्याको हो र उपमहानगरपालिकामा दर्ता छ,’ भन्ने दाबी गरे। तर, जनकपुर उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय साहले ‘यो अस्पताल यहाँ दर्ता छैन, दर्ता प्रक्रियामा समेत आएको छैन,’ उनले स्पष्ट पारे।

यसैगरी, मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समेत मुस्कान हस्पिटलको कुनै दर्ता छैन। यो अस्पतालका सञ्चालक सैयद अलि हुन्।

जनकपुरमा बिना दर्ता अस्पताल सञ्चालन गरेर बिरामीको ज्यान जोखिममा पार्ने, अनियमित शुल्क असुल्ने, आवश्यक स्वास्थ्य सेवा नदिने घटनाहरू बढ्दै गएका छन्। तर, सम्बन्धित सरकारी निकायले मिलेमतो गर्दै कुनै पनि नियमन वा कारबाही नगरेर मूकदर्शक बनेको आरोप लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

Discussion about this post


© Dainik Sanjal

भर्खरै

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...