काठमाडौं – सिके राउतको जनमत र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबिच एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । दुवै पार्टीको एकता कार्यदलको आइतबार बसेको पहिलो बैठकमा पार्टीको संरचना, विधान र दस्ताबेजका विषयमा छलफल भएको छ । जनमत पार्टीका तर्फबाट गठित कार्यदलका संयोजक अब्दुल खानले पहिलाको मधेशकेन्द्रित दलको एकता कार्यदलको समीक्षा गर्दै कसरी अगाडि बढ्ने भनेर छलफल भएको बताए।
‘विधान, नियमावली र दुवै पार्टीको दस्ताबेज मिलाउने कुरा भएको छ,’ उनले भने, ‘१३ चैतमा अर्काे बैठक बस्नेछ । आउने बैठकमा पदको बाँडफाँटको विषय, दस्ताबेजको विषय दुवैतर्फबाट टुंग्याइनेछ ।’ खानका अनुसार नयाँ दलको अध्यक्ष सिके राउत हुने गरी प्रस्ताव गरिएको छ । नाउपाले धेरै हदसम्म मानेको छ । कार्यदलले नै अन्तिम रूप दिनेछ । प्रस्तावित पदहरूमा सहअध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरी हुने भनिएको छ ।
खानले दुई पार्टीबिच एकता भइसकेपछि डा. बाबुराम भट्टराईसँग छलफल अगाडि बढ्ने बताए । ‘दुई पार्टीसँग भएपछि अरूसँग हुने कुरा हो । रेशम चौधरीसँगको कुराकानीमा बाबुराम भट्टराई को कुरा उल्लेख्य गर्दै तपाईंहरू अगाडि बढ्नुस्, हामी पछि–पछि आउँछौँ भन्नुभएको छ । बाबुराम हाम्रो सम्पर्कमा हुनहुन्छ । हाम्रो एकता भएपछि अरू दलसँग एकता गर्ने हुन्छ । यसमा कुरा उठेको थियो । हामी एकता नभएसम्म अरूलाई एकता गराउन हतारो हुन्छ । सोच्दै गरौँला,’ उनले भने । कार्यदलमा खानसहित जनमतबाट प्रवक्ता शरदसिंह यादव र सचिव बालगोविन्द चौधरी छन् । नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, सुनिता चौधरी र रामलाल डगौरा छन् ।
नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले कार्यदलले एकता टुंग्याउने बताए । ‘माग र मुद्दा मिल्ने पार्टी हो । एकता हुन्छ । कार्यदलले बैठक बसेर सबै टुंग्याउँछ । जिल्ला, प्रदेशमा जान्छन् । सुझाव संकलन गरिसकेपछि होला,’ उनले भने, ‘हामी एकदमै नजिक छौँ । केन्द्रीय समितिको बैठकमा सिके राउतलाई आफ्नो मनको अवधारणा राखेका छौँ । पुर्ब मन्त्री अब्दुल खान को समाजिक संजाल बाट
Discussion about this post