काठमाडौं । मधेश आन्दोलन पश्चात एमालेका अत्यधिक नेताहरु मधेशी पार्टीमा समाहित भए! एमालेको जनमत मधेशमा खस्केर गयो! तर रघु्विर महासेठले मधेशलाई सम्हालेर अडिग भएर रहे! मधेशको शानमा आँच नआउने गरि निजको नेतृत्वमा नै मधेसमा बि. सं. २०७९ को चुनावमा स्थानीय, प्रदेश र संघीय चुनावमा एमालेले राम्रो नतिजा हासिल गर्यो!
आज मधेशको सिरहा जिल्ला मा एमालेको जिल्ला अधिवेशन हुदैछ! सम्माननीय प्रधानमन्त्री के पी शर्मा ओली ज्यू बाट उक्त अधिवेशन उदघाटन गर्ने कार्यक्रम रहेकोछ ! तर मधेशको शान, एमालेको केन्द्रिय सचिव, भूतपूर्व मधेश इन्चार्जलाई लीलानाथ ज्यू को आदेशमा निम्तो गरिएको छैन! मधेशका सबै नेताहरुलाई निम्ता गरिएको छ, तर महासेठलाई निम्ता गर्न नदिएर लिलानाथ ज्यू ले गुटलाई बैधानिकता दिएका छन्! लिलानाथ जी को गुटमा रहेका मात्र सिरहाको अधिवेशनमा प्रबेस पाएका छन् ! सिरहा का का. वा. अध्यक्ष नविन यादवलाई सम्पर्क गर्दा मधेश इन्चार्ज लीलानाथ जी को आदेश नभएको जवाफ पाइयो!
यस निर्णयले एमालेका मधेशी कार्यकर्ताहरु अत्यधिक रुष्ट भएका छन् र चिन्तित पनि! लीलानाथ ज्यू को यस गुटवन्दि का कारण एमालेको 84 अभियान मधेश मा असफल हुने निश्चित नै छ!
को हुन लीलानाथ श्रेष्ठ?
पुंजिवादी वर्ग मा पर्ने लीलानाथ श्रेष्ठ को परिवार ले सम्पति संरक्षण को लागि लिलानाथ श्रेष्ठ लाई कमुनिस्ट नेता बनाउन प्रेरित गर्यो! श्रेष्ठ का बुवा ले गरिव किशान तथा बालबालिका को प्रयोग गरि बिडी उत्पादन गर्थे! लीला बिडी फ्याक्ट्री मधेश मा प्रख्यात छ! सस्तोमा किशान बाट सुर्ती खरिद गरि बालबालिका र महिला लाई कम ज्याला दिई सुर्ती बाट बिडी बनाई बिक्रि गर्ने श्रेष्ठका परिवार समाज मा अत्यधिक धनि वर्ग मा पर्दछन्! किशान, बालबालिका तथा महिला को श्रम शोषण गरि मुनाफा आर्जन गर्दै कमाएको सम्पत्ति संरक्षण का लागि श्रेष्ठ कम्युनिस्ट भएको जग जाहेर छ! आफुलाई संरक्षित गर्ने नेता महासेठ लाई मधेश बाट लखेट्ने रणनीति मा श्रेष्ठ छन् तर केन्द्रिय नेतृत्व ले समय मा नै महसुस नगरेमा यसको प्रभाव आगामी चुनाव मा एमाले ले भोग्ने देखिन्छ!
Discussion about this post