• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

नजिकिँदै ओली-प्रचण्ड, देउवालाई दबावमा राख्ने ओली रणनीति


नजिकिँदै ओली-प्रचण्ड, देउवालाई दबावमा राख्ने ओली रणनीति
Share on FacebookShare on Twitter

काठमाडौं। आइतबार सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘सकारात्मक’ छलफल भएको थियो।

शान्ति प्रक्रियाका बाँकी काम निष्कर्षमा पुर्‍याउन दुई नेताबीच ‘सकारात्मक’ छलफल भएको भनिएको भोलिपल्ट सोमबार यी दुई नेताले प्रतिनिधिसभा बैठकमा देखाएको हार्दिकताले चर्चा पाएको छ।

सोमबार प्रतिनिधिसभा बैठकमा सरकारले शुक्रबार पेश गरेको नीति तथा कार्यक्रममाथि भाग लिँदै प्रचण्डले नीति तथा कार्यक्रमप्रति असन्तुष्टि मात्रै पोखेनन्, सरकारको समेत विरोध गरे। तर त्यसपछि सरकारको नेतृत्व गरेका ओली र प्रचण्डबीच देखिएकोे हार्दिकता भने अनौठो खालको छ।

स्रोतका अनुसार सोमबार नै संसद भवन नयाँ बानेश्वरका प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डको चेम्बरमा पुगेर प्रधानमन्त्रीले केही बेर भलाकुसारीसमेत गरेका थिए।

कतिपयले ओली र प्रचण्डको हार्दिकता प्रधानमन्त्रीको रणनीतिक दाउका रुपमा टिप्पणी गरेका छन्। उनले प्रचण्डसँग निकटता देखाएर सत्ता सहयात्री दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दबावमा राख्न खोजेको रुपमा पनि टिप्पणी हुन थालेको छ।

देउवाले प्र्रधानमन्त्री ओलीलाई दबावमा राखेर आफू अनुकुल पात्रलाई राजनीतिक नियुक्त दिएको भन्दै एमालेभित्र असन्तुष्टि बढिरहेका बेला ओलीले देउवालाई दबावमा राख्न प्रचण्डसँग निकटता बढाएको हुन सक्ने बुझाइ कांग्रेस वृत्तमा देखिएको छ।

‘संसदमा सरकार प्रमुख र प्रतिपक्ष दलको नेताबीच हार्दिकता देखिनु सकारात्मक विषय हो। यसैलाई आधार मानेर सभापतिजी (शेरबहादुर देउवा) लाई दबावमा राख्न खोजेको रुपमा बुझ्नु उचित हुँदैन,’ देउवा निकट एक नेताले भने।

पछिल्लो समय राजनीतिक नियुक्तिलाई लिएर कांग्रेस-एमालेबीच विवाद हुने गरेको छ। विशेष गरी गभर्नर नियुक्तिको विषयमा यी दुई दलबीच सहमति हुन सकेको छैन।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा एमालेले आफ्नो नियुक्ति गरेको र राष्ट्र बैंकको गभर्नर कांग्रेसले पाउनु पर्ने भन्दै कांग्रेसले अडान राखिरहेको छ।

जस अनुसार कांग्रेसको कोटाबाट गुणाकर भट्टलाई नियुक्ति गर्ने सहमति भइसक्दासमेत उनको नियुक्ति हुन सकेको छैन। केही कानुनी जटिलता हटाएर भट्टलाई नियुक्त गर्नुपर्ने कांग्रेसले अडान लिँदै आएको छ।

प्रधानमन्त्री ओली कांग्रेसका नेताहरुप्रति आश्वस्त हुन सकेका छैनन्। कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नै सरकारको आलोचना गर्न थालेका छन्।

उता अर्का नेता शेखर कोइरालाले त सरकारले गति लिन नसकेको र सात बुँदे सहमति अनुसार काम गर्न नसकेको भन्दै पहिलादेखि नै सरकारको आलोचना गर्दै आएका थिए।

जनतामा सरकारप्रति भरोसा जगाउन नसकेको भनेर सरकारको आलोचना भइराख्नु, सत्ता सहयात्री दलप्रति पूर्ण विश्वस्त हुन नसक्नु र भूराजनीतिक अवस्था पनि आफू अनुकुन हुन नसकिरहेका बेला ओली र प्रचण्डको निकटतालाई अर्थपूर्ण रुपमा हेर्नुपर्ने राजनीतिक विश्लेषकहरु बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

अमेरिकामा राष्ट्रपति ट्रम्पका निर्णयहरुको विरोधमा देशभर प्रदर्शन

अमेरिकामा राष्ट्रपति ट्रम्पका निर्णयहरुको विरोधमा देशभर प्रदर्शन

Discussion about this post


© Dainik Sanjal

भर्खरै

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

नजिकिँदै ओली-प्रचण्ड, देउवालाई दबावमा राख्ने ओली रणनीति

नजिकिँदै ओली-प्रचण्ड, देउवालाई दबावमा राख्ने ओली रणनीति

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...