यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
अनिल सिंह 
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले आज पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा पत्र प्रदेश प्रमुखलाई बुझाउँदै मुख्यमन्त्रीको जिम्मेवारीबाट अलग हुने घोषणा गरेका हुन्। सोनलको राजीनामाले मधेश प्रदेशमा नयाँ राजनीतिक समीकरणको बाटो खोलिएको छ।
संविधानको धारा १६८ अनुसार, प्रदेश प्रमुखले अब नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउनेछन्। यदि कुनै दलले स्पष्ट बहुमत देखाउन सकेन भने गठबन्धनको बहुमतका आधारमा नयाँ मुख्यमन्त्री नियुक्त गरिनेछ। त्यस्तो पनि सम्भव नभएमा सबैभन्दा ठुलो दलका नेतालाई मुख्यमन्त्री बनाउने संवैधानिक व्यवस्था छ। अन्ततः कुनै पनि विकल्प असफल भएमा प्रदेशसभा विघटन भई नयाँ निर्वाचनको बाटो खुल्नेछ।
सोनलको राजीनामा वैधानिक मात्र नभई प्रतीकात्मक दृष्टिले पनि महत्त्वपूर्ण मानिएको छ। विगत केही दिनयता मधेशमा देखिएको राजनीतिक अस्थिरता, दलभित्रको शक्ति संघर्ष र सभामुखको विवादित कदमका कारण प्रदेश सरकार सञ्चालन कठिन बन्दै गइरहेको थियो। यस्तो अवस्थामा सोनलले पदबाट अलग भएर राजनीतिक संस्कार र संघीय मूल्यप्रतिको प्रतिबद्धता देखाएको विश्लेषकहरूको धारणा छ।
मधेशको राजनीतिक सन्दर्भमा यो घटनाले संघीयताको अभ्यास, दलगत आचरण र सत्ता सञ्चालनको शैलीबारे नयाँ बहस सुरु गरेको छ। अब मधेशमा नयाँ सत्ता समीकरण निर्माणको तयारी तीव्र बन्ने अपेक्षा गरिएको छ, जसले प्रदेशको आगामी नीति–दिशामा निर्णायक प्रभाव पार्ने देखिन्छ।

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.
© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.
Discussion about this post