
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1

आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी जसपा, नागरिक उम्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकल चुनाव चिन्हमा प्रतिस्पर्धा गर्ने सहमति औपचारिक रूपमा सम्पन्न भएको छ।
तीन दलका अध्यक्षले हस्ताक्षर गरेको सहमति पत्रमा नागरिक उम्मुक्ति पार्टी नेपालमा दर्ता रहेको जाँतो चिन्हलाई साझा चुनाव चिन्हका रूपमा प्रयोग गर्ने निर्णय स्पष्ट उल्लेख गरिएको छ।
सहमति अनुसार तीनै दल आगामी निर्वाचनमा साझा घोषणा पत्र, संयुक्त प्रचार कार्यक्रम र समन्वित उम्मेदवार चयन प्रक्रियाको आधारमा एकीकृत अभियान सञ्चालन गर्नेछन्। विचार मिल्ने राजनीतिक शक्ति तथा विभिन्न समूहसँग सहकार्य विस्तार गर्ने प्रक्रिया पनि अविराम जारी राखिने जनाइएको छ।
यससँगै, केही समयदेखि एकीकरण पहलमा सक्रिय राष्ट्रिय मुक्ति पार्टी नेपाल सात दलीय संघीय लोकतान्त्रिक मोर्चामा औपचारिक रूपमा समावेश भएको छ। मोर्चाभित्र उक्त पार्टीले आफ्नो पुरानो चकिया चुनाव चिन्ह यथावत कायम राख्ने निर्णय भएको छ।
तीन दलबीचको साझा चुनावी सहकार्य र मोर्चाभित्रको चिन्ह व्यवस्थापन सम्बन्धी निर्णयलाई आगामी निर्वाचनमा मधेश केन्द्रित राजनीतिक शक्तिहरू एकताबद्ध भएर अघि बढ्न लागेको महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ।

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.
© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.
Discussion about this post