![]()
अर्नमा गाउँपालिका वडा नं ५ किसनपुरमा अन्तराष्ट्रिय अपांगता दिवस पदमोदय फाउन्डेशनद्वारा ह्वीलचेयर वितरण कार्यक्रम गरी मनाइएको छ। स्थानीय सम्भु यादवको पहलमा तथा फाउन्डेशनका अध्यक्ष दिपेन्द्र महतोको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा वडा अध्यक्ष, वडा सचिव लगायत विभिन्न समाजसेवीहरूको उपस्थिति रहेको थियो। हिँडडुलमा समस्या भएका अपांगता भएका व्यक्तिहरूलाई ह्वीलचेयर हस्तान्तरण गरिएको यस कार्यक्रमलाई मानवीय सेवाको उदाहरणका रूपमा लिइएको छ।
आयोजक पक्षले यस्ता कार्यक्रमले अपांगता भएका व्यक्तिहरूको दैनिक जीवन सहज बनाउन सहयोग पुग्ने र समाजमा सकारात्मक सन्देश फैलिने विश्वास व्यक्त गरेका छन्।







Discussion about this post