• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

सवालको घेरामा: जेनजेड आन्दोलन र अन्तरिम सरकार


सवालको घेरामा: जेनजेड आन्दोलन र अन्तरिम सरकार
Share on FacebookShare on Twitter

अनिल सिंह

नेपाली राजनीतिमा देखा परेको जेन जेड आन्दोलनले देशभर नयाँ तरंग उत्पन्न गरेको थियो। सडकमा उत्रिएका युवा, उनीहरूको आक्रोश, शहादत र राज्यले भोगेको भौतिक तथा मानवीय क्षति केवल सामान्य राजनीतिक घटना थिएन। यो आन्दोलनले नेपाली राजनीतिमा गहिरो प्रश्न उठायो—के हामीले विगतमा अनुभव गरेका असफल राजनीतिक संरचना, दलतन्त्र, नेतृत्वको अवसरवाद र सत्तामाथिको लोभलाई मात्र दोहोर्याउनेछौं, कि वास्तवमै वैकल्पिक राजनीति र नयाँ चेतनाको सुरुवात गर्नेछौं?

तर, फाल्गुन २१ गते चुनावको मिति घोषणा भएलगत्तै धेरै कथित जेन जेडहरूको राजनीतिक मनोवृत्ति दिशाविहीन बनेको देखियो। चुनाव घोषणा हुनासाथ उनीहरूको मनमा आफुलाई सम्भावित शासक वा मन्त्रीको रूपमा देख्ने प्रवृत्ति हावी भयो। आन्दोलन, शहादत र परिवर्तनका गम्भीर मुद्दा ओझेलमा परे। चुनाव जित्ने, भोलिपल्टै मन्त्री बनेर सबै समस्या समाधान गर्ने, जनताको जीवन स्तर तुरुन्त सुधार्ने जस्ता कपोलकल्पित आश्वासनले राजनीतिक सतह ओगट्यो। यसले आन्दोलनको मूल उद्देश्य, दीर्घकालीन वैचारिक परियोजना र राजनीतिक परिपक्वता कमजोर बनायो।

जेन जेड आन्दोलनको मूल माग केवल सत्ता प्राप्ति वा पदमा पुग्नु मात्र थिएन। यसले राज्यको चरित्र, शासन प्रणाली, दलतन्त्र, प्रतिनिधि लोकतन्त्रको असफलता र नेतृत्वको नैतिक पतनजस्ता गहिरा सवाल उठायो। तर आन्दोलनपछिको राजनीतिक अभ्यासले ती सवाललाई संस्थागत बहस वा नीति निर्माणतर्फ रूपान्तरण गर्न सकेन। आन्दोलनमा सहभागी धेरै जेन जेडहरू पुरानै पार्टी, पुरानै संरचना र पुरानै नेतृत्वको पछाडि लाग्दै गए। यसले आन्दोलनको वैकल्पिक राजनीतिक चरित्रलाई नै चुनौती दियो।

अन्तरिम सरकारमा सहभागी हुँदा पनि जेन जेडहरू पुरानै सेवार्थीवादी, पदमुखी र अवसरवादी क्रियाकलापमा फसे। आन्दोलनले दिएको ऊर्जा व्यक्तिगत लाभ, सत्ताको आकर्षण र राजनीतिक अवसरवादमा विलीन भयो। यसले स्पष्ट रूपमा देखायो कि जेन जेडहरूको राजनीतिक चेतना अझै नेपाली राजनीतिको निम्नपुँजीवादी चिन्तनबाट बाहिर निस्कन सकेको छैन। उत्पादन, श्रम, सामाजिक न्याय र संरचनागत सुधारको सट्टा चुनावी गणित, गुट उपगुट र पद बाँडफाँट प्राथमिक बनेको छ।

यस्तो परिस्थितिले आन्दोलनका शहादत र देशले भोगेको क्षतिको मूल्याङ्कन कसरी गर्ने भन्ने गम्भीर प्रश्न उठाउँछ। आन्दोलनमा ज्यान गुमाएका युवाहरूको बलिदान केवल केही अनुहार संसदमा पुर्‍याउन वा केहीलाई मन्त्री बनाउनका लागि थियो भने त्यो आन्दोलनको उद्देश्य सीमित र कमजोर थियो। तर यदि बलिदान राज्यको चरित्र सुधार, शासन प्रणालीको सुधार र नयाँ राजनीतिक संस्कृतिको निर्माणका लागि थियो भने त्यसअनुसारको दीर्घकालीन र संस्थागत पहल अझै देखिएको छैन।

फाल्गुन २१ पछि देखिएको राजनीतिक प्रवृत्ति जेन जेड आन्दोलनको वैचारिक कमजोरीलाई प्रस्ट देखाउँछ। उनीहरूले पुरानै पार्टीमा विभाजित हुनु, पार्टी नेतृत्वको सही–गलत छुट्याउन नसक्नु, विगतका राजनीतिक घटनाक्रमको विश्लेषण नगरी भविष्यको कार्यदिशा तय गर्ने प्रयास नगर्नुले उनीहरूको राजनीतिक अपरिपक्वता प्रकट गर्छ। यदि आन्दोलनले राजनीतिक शिक्षा र वैकल्पिक दृष्टिकोण स्थापना गर्ने लक्ष्य राखेको हो भने, यस्ता व्यवहारले आन्दोलनलाई कमजोर र दिशाहीन बनाएको छ।

नेपाली राजनीतिमा विगत सात दशकदेखि देखिँदै आएको मुख्य समस्या वैचारिक अस्पष्टता र अवसरवाद हो। राजतन्त्रदेखि गणतन्त्र, बहुदलदेखि संघीयता आइपुग्दा पनि जनताको जीवनस्तरमा अपेक्षित सुधार नआउनुको मुख्य कारण यही हो। जेन जेड आन्दोलनले यो ऐतिहासिक संकट चिर्ने अवसर पाएको थियो। तर त्यो अवसरलाई दीर्घकालीन वैचारिक परियोजनामा रूपान्तरण नगर्नु आन्दोलनकै कमजोरी हो।

आज देखिएको यथार्थ के हो भने कथित जेन जेडहरू क्रमशः भ्रमित हुँदै गइरहेका छन्। आन्दोलनको ऊर्जा चुनावी हतारोमा रूपान्तरण भएको छ। वैकल्पिक राजनीतिक दर्शनको निर्माण गर्नुको सट्टा सिट, टिकट र गठबन्धनको गणित प्राथमिक बनेको छ। यसले जेन जेड आन्दोलनलाई परिवर्तनको संवाहकभन्दा पनि विद्यमान राजनीतिक संस्कारकै निरन्तरताको अध्यायमा सीमित बनाएको छ।

राजनीतिक परिवर्तन केवल पुस्ता परिवर्तनले मात्र सम्भव हुँदैन। यसको लागि वैचारिक स्पष्टता, संरचनागत सोच, दीर्घकालीन रणनीति र जनतासँगको गहिरो सम्बन्ध आवश्यक छ। जेन जेड आन्दोलनले यदि साँच्चिकै नेपाली राजनीतिमा नयाँ अध्याय सुरु गर्न चाहन्छ भने सर्वप्रथम आत्मसमीक्षा गर्नुपर्छ। आन्दोलनका कमजोरी स्वीकार गर्नुपर्छ, विगतका गल्तीबाट सिक्नुपर्छ र भावनात्मक राजनीतिबाट बाहिर निस्केर विवेकशील, तथ्यआधारित र दीर्घकालीन राजनीतिक परियोजना निर्माण गर्नुपर्छ।

संविधानका सीमाहरू, शासन प्रणालीका कमजोरी, दलभित्रको अलोकतान्त्रिक अभ्यास र राज्यको वर्गीय चरित्रबारे गम्भीर बहस आवश्यक छ। त्यसका लागि सार्वजनिक सुनुवाइ, सर्वपक्षीय गोष्ठी, वैचारिक सम्मेलन र जनमत संकलन आवश्यक छन्। केवल चुनावमा उम्मेदवारी दिनु, भाषण गर्नु र सामाजिक सञ्जालमा लोकप्रिय हुनु राजनीतिक परिवर्तनको मापदण्ड हुन सक्दैन।

अन्ततः प्रश्न यही हो कि जेन जेड आन्दोलन नेपाली राजनीतिमा एउटा क्षणिक तरंग मात्र थियो कि दीर्घकालीन रूपान्तरणको बीउ। यसको उत्तर जेन जेडहरूले स्वयं दिनेछन्। यदि उनीहरूले आत्मसमीक्षा, वैचारिक स्पष्टता र दीर्घकालीन प्रतिबद्धताको बाटो रोजे भने यो आन्दोलन इतिहासमा अर्थपूर्ण अध्याय बन्न सक्छ। तर यदि उनीहरू आजकै जस्तै भ्रम, हतारो र अवसरवादमा अल्झिरहे भने जेन जेड आन्दोलन पनि नेपाली राजनीतिका असफल आन्दोलनहरूको सूचीमा थपिने निश्चित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

हिमाली क्षेत्रमा मौसम बाधक बने दोस्रो चरणमा चुनाव गराइने

हिमाली क्षेत्रमा मौसम बाधक बने दोस्रो चरणमा चुनाव गराइने

पुरानो संसद फर्काउने चलखेल स्वीकार्दैनौँ : लामिछाने

पुरानो संसद फर्काउने चलखेल स्वीकार्दैनौँ : लामिछाने

उत्पादन र मूल्य बढ्दा सिगानाको सुन्तला चम्कियो

उत्पादन र मूल्य बढ्दा सिगानाको सुन्तला चम्कियो

जेनजी आन्दोलनका शहीदको शालिक बनाइने, सामाजिक सञ्जाल विधेयक फिर्ता

जेनजी आन्दोलनका शहीदको शालिक बनाइने, सामाजिक सञ्जाल विधेयक फिर्ता

फागुन २१ को निर्वाचनमा ८० हजार सेना र हजारौँ प्रहरी खटिँदै

फागुन २१ को निर्वाचनमा ८० हजार सेना र हजारौँ प्रहरी खटिँदै

‘मधेसको समस्याको समाधानका लागि पहल गर्नेछु’ – गगनकुमार थापा

‘मधेसको समस्याको समाधानका लागि पहल गर्नेछु’ – गगनकुमार थापा

Discussion about this post


© Dainik Sanjal

भर्खरै

हिमाली क्षेत्रमा मौसम बाधक बने दोस्रो चरणमा चुनाव गराइने

हिमाली क्षेत्रमा मौसम बाधक बने दोस्रो चरणमा चुनाव गराइने

पुरानो संसद फर्काउने चलखेल स्वीकार्दैनौँ : लामिछाने

पुरानो संसद फर्काउने चलखेल स्वीकार्दैनौँ : लामिछाने

६८औँ ग्रामीमा दलाई लामाको ऐतिहासिक जित

६८औँ ग्रामीमा दलाई लामाको ऐतिहासिक जित

अनुदान कटौतीपछि हार्वर्डमाथि ट्रम्प प्रशासनको नयाँ दबाब

अनुदान कटौतीपछि हार्वर्डमाथि ट्रम्प प्रशासनको नयाँ दबाब

३८ आरोपसहित युवराज्ञीका छोरा मारियस होइबी पक्राउ

३८ आरोपसहित युवराज्ञीका छोरा मारियस होइबी पक्राउ

शेख हसिनाकी भतिजी टुलिप सिद्दिकलाई थप ४ वर्षको कैद सजाय

शेख हसिनाकी भतिजी टुलिप सिद्दिकलाई थप ४ वर्षको कैद सजाय

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...