गौशाला, जेठ ४ गते । उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। चार जना घाइते भएका छन् । मंगलबार राति ९ बजेतिर मदनभण्डारी राजमार्गअन्तर्गत उदयपुरगढी ६ नेपालटारको बैजनाथ खोलाको पुलमा दुर्घटना भएको हो।
दुर्घटनामा मोरङको बिराटनगर ५ चादनीचोकका ३४ वर्षीय देबेन्द्र चापागाईको ज्यान गएको हो । दुर्घटनामा घाइते भएका देबेन्द्रलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा राति ११ बजेतिर मृत घोषणा गरेको हो ।
मोरङ बिराटनगर महानगरपालिका ५ चाँदनी चोकका ३१ वर्षीय कार चालक बिशाल राय, २३ वर्षीय सुजन खतिवडा, २७ वर्षीय सागर घिमिरे र ३५ वर्षीय सुरज पौडेल घाइते भएका उदयपुरका प्रहरी प्रवक्ता डीएसपी सन्तोष आचार्यले जानकारी दिए। घाइतेहरुलाई उपचारका लागि न्युरो अस्पताल बिराटनगर लगिएको छ ।
उनीहरु बीरगन्जबाट बिराटनगरतर्फ जाँदै थिए। शव जिल्ला अस्पताल उदयपुरको शव गृहमै छ । नेपालखबर
Discussion about this post