News of Nepal
Advertisement
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
Monday - August 8, 2022
No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
No Result
View All Result
News of Nepal
No Result
View All Result

‘भोट त हाल्यौं, काम भारतमै छ’


‘भोट त हाल्यौं, काम भारतमै छ’

धनगढी ,जेठ १४ गते । कञ्चनपुरको बेलडाँडी गाउँपालिका खैरीघाटका वसन्त ओड भारतको बेंगलोरमा चौकीदारीको काम गर्छन्। उनी भारतमा काम गर्न थालेको २० वर्षभन्दा बढी भयो। यो अवधिभित्र उनले नेपालमा आएर ५/६ पटक भोट हाले पनि।

‘नेताहरूले फोनका फोन गरे हजुर त्यही भएर आएको हुँ। भोट हालें, नेता जिताएँ। उनी कुर्सीमा बसेको पनि हेरें। झन्डै दुई सातापछि आज फेरि त्यही डन्डा बजाउन जाँदैछु’, निधारमा रातो टीका लगाएका उनले गौरीफन्टा बोर्डरमा भावुक हुँदै भने। वसन्तलाई बेलडाँडीका पाँच जना नेताले फोन गरेर बोलाएका थिए।

उनलाई आतेजाते भाडा पनि दिने भनिएको थियो। ६/७ जनाको युवाको समूह बाँधेर उनी आए पनि। तर गाउँमा मतदान भयो, नेताहरू घरमा पटकपटक आए, भोट मागे र जिते पनि। तर, अहिले उनी आफ्नै पैसाले टिकट काटेर भारत जाँदैछन्। ‘गाउँभरि पैसा बाँडियो भन्ने सुनेँ सर। तर, मलाई त आउने जाने टिकट पनि कसैले दिएनन्। चुनावमा भोट हाल्न आउन मन लागिहाल्छ’, वसन्तले भने।

कैलालीको लम्कीचुहा— ८ का ३२ वर्षका युवा दमन देवकोटा पनि भोट हालेर गत बुधबार भारत फर्किए। ७/८ जनाको समूहमा रहेका देवकोटाले भने, ‘हामीले भोट दिएका जनप्रतिनिधिहरूले जितेका छन्।’ कैलालीको लम्कीचुहामा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी युवा नेतृ सुुशीला शाहीले मेयरमा जितेकी छन्। उनको पालिकामा उपमेयर पनि महिलाले नै जितेकी छन्। ‘हामी नेपाली नागरिक हौं, हामीले मताधिकारको प्रगोग गर्नुपर्छ। त्यसैले भोट हाल्न आएका हौं’, उनले भने।

दमनको विचारमा अहिले स्थानीय तहमा धेरै भ्रष्टाचार र बेथिति बढेको छ। उनी भन्छन्, ‘नेताहरूले हामीजस्ता लाखौं युवा विदेशमा छन् भनेर थाहा पाउनु पर्‍यो, युवाहरू नै नभएको पालिकामा विकास कसरी होला भनेर थाहा पाउनु पर्‍यो। रोजगारमुखी कार्यक्रमहरू ल्याउनु पर्‍यो’, दमनले भने। कञ्चनपुरको बेलौरी नगरपालिका— ३ का किसन सिंह थापा पनि २८ वर्षका भए। उनले यसअघि २०७४ सालको निर्वाचनमा पनि भोट दिएका हुन्।

‘पाँच वर्षअघि पनि नेताहरूलाई भोट दिएर जिताएँ, तर गाउँमा कुनै रोजगारी पाइएन। तीन वर्षदेखि भारतको बेंगलोरस्थित एक होटलमा काम गर्छु’, उनले भने, ‘चुनाव आएका बेला, घरमा पनि भेटघाट हुन्छ। आफ्नो मतको प्रनि प्रयोग हुन्छ भनेर आएको, अब घरमा बसेर के गर्ने ? त्यसैले फर्केर जाँदैछु’, भावुक हँुदै उनले भने।

जनकपुर चुरोट कारखाना, विराटनगर जुट मिलजस्ता धेरै संस्थानहरू खारेज भएको उनलाई थाहा छ। हेटांैडा सिमेन्ट उद्योग, जनकपुर चुरोट कारखानाजस्ता रोजगार दिने कम्पनीहरू खारेज भएको पनि उनलाई थाहा छ। उनी भन्छन्, ‘राजाका पालामा भएका कम्पनीहरू त नेताहरूले बेचेर खाए, अब उनीहरूबाट के आस गर्ने ? म नेपाली नागरिक हुँ, मत हाल्नु मेरो ठुलो धर्म हो भनेर मात्रै आएको, नेताहरूले केही गर्लान् र हामीजस्ता युवाहरूले स्वदेशमै रोजगारी पाउँला भन्ने आस मरिसक्यो।’

कञ्चनपुरकै पुनर्बास नगरपालिका—५ की मनमाया विकको भारतको राजधानी नयाँदिल्लीमा पसल छ। उनी २८ गते चुनावकै लागि घर आएकी हुन्। परिवारका तीन जना आएको बताउँदै उनले भनिन्, ‘आउने मन त थिएन, तर आमा दलित वडा सदस्यमा लड्नु भएको रहेछ, आमालाई त जिताउनुपर्छ भनेर आएको हुँ’, उनले भनिन्। उनकी आमाले चुनाव जितेकी छिन्।

पुनर्बास नगरपालिकामा पनि मेयर र उपमेयर दुवै पद नेपाली कांग्रेसले जितेको छ भने त्यहाँका अधिकांश वडामा पनि नेपाली कांग्रेसले जितेको छ। मनमाया भन्छिन्, ‘नेपालमा केही काम पाउने भए, भारतमा अर्काको देशका भाँडा माझ्न किन जान्थेँ र ?

तपाईंलाई थाहा छ, भारतीयहरू नेपाली युवाहरूका कारण धनी भइरहेका छन्, हाम्रो देशका नेताहरूका कारण हामी विदेश जान बाध्य छौं, युवाहरू नै नभएको देशको विकास कसरी हुन्छ। त्यसैले अब नेताहरूको चेतना खुलोस्।’

अछामको कमलबजारका नेत्रबहादुर विष्ट पनि गौरीफन्टा सीमा नाकामा भेटिए। मंगलबार अछामबाट बसमा आएका उनी बुधबार बेलुकी गौरीफन्टा नाका भएर भारतको मुम्बई गएका हुन्। आफ्नो गाउँका नेतालाई जिताउन १ लाख ८० हजार भारुमा गाडी रिजर्भ गरेर आएका उनीहरू बुधबार साढे ६ हजार प्रतिव्यक्ति भाडा तिरेर फर्किएका छन्। ‘आउने बेलाको भाडा त नेताज्यूले दिए तर जाने बेला पनि यति महँगो भाडा परेको छ। नेताज्यूसँग भेट नै भएन। भोट माग्ने बेला तीन पटक दैलोमा आए’, नेत्रबहादुरले भने। नेत्रबहादुरले भोट दिएका नेता पनि जितेका उनले बताए।

अहिले किसानले बेर्ना छर्ने, मकै छर्ने र अबको एक महिनापछि रोपाइँसहित खेतीपातीको बेला भएको छ। तर ५÷१० दिनको बिदामा आएका उनीहरू फेरि खेतीका लागि फर्कने गरी भारत पसेका हुन्। हुन त सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री पनि लामो समय भारतमा काम गरेका व्यक्ति हुन्।

लामो समय भारतमा चौकीदारी गरेका उनले प्रदेश सरकारको मुख्यमन्त्री छँदा नै भावुक हुँदै अब भारत जानेका दिनहरू फर्काउने निर्णय गरेका थिए।

उनको कार्यकालको पाँच वर्ष सकिन थालेको छ। तर भारतमा जानेहरूको संख्यामा भने कुनै कमी आएको छैन। प्रदेश र संघ सरकारले भारतसहित तेस्रो मुलुक जाने युवाहरूको संख्या घटाउन सकेको छैन। सरकारसँग भारत जाने नेपालीको कुनै तथ्यांक छैन। तर गैरसरकारी संस्थाहरू भने सुदूरपश्चिमबाट मात्रै भारत जानेको संख्या ७ लाख भएको दाबी गर्दै आएका छन्।

अन्नपूर्णपोस्ट बाट

Related

Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

दुबईबाट आएका दुई जना सुनसहित पक्राउ

दुबईबाट आएका दुई जना सुनसहित पक्राउ

बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

गस्तीमा रहेका वनरक्षकमाथि बुधबार साँझ आक्रमण, एक जना पक्राउ

मधेस प्रदेश, ‘भरत ताल’मा ३० करोड रुपैयाँको अनियमितता

मधेस प्रदेश, ‘भरत ताल’मा ३० करोड रुपैयाँको अनियमितता

सशस्त्र द्वन्द्वमा पीडित सुरक्षाकर्मीको परिवारद्वारा बानेश्वरमा धर्ना

सशस्त्र द्वन्द्वमा पीडित सुरक्षाकर्मीको परिवारद्वारा बानेश्वरमा धर्ना

जब जर्मन युवती ‘ट्राभल डकुमेन्ट’मा नेपाल छिर्न खोजिन्…

जब जर्मन युवती ‘ट्राभल डकुमेन्ट’मा नेपाल छिर्न खोजिन्…

Leave Comment

हालको खबर

ए.आर पुष १ गतेबाट छायाङ्कनको तयारी

ए.आर पुष १ गतेबाट छायाङ्कनको तयारी

रेडक्रसमा सरकारी बलजफ्ती अदालतले रोक्यो

रेणुका शाह बर्खास्ती विरुद्धको मुद्दा नहकुल सुवेदीको इजलासमा

करुवामा लुकाएर खैरो हेरोइन लागूऔषधको व्यापार, दम्पतीसहित ४ जना पक्राउ

करुवामा लुकाएर खैरो हेरोइन लागूऔषधको व्यापार, दम्पतीसहित ४ जना पक्राउ

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

७ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

इजरायलद्वारा गाजा प्यालेस्टिनी विद्रोहीसँग युद्धविरामको प्रस्ताव स्वीकार

इजरायलद्वारा गाजा प्यालेस्टिनी विद्रोहीसँग युद्धविरामको प्रस्ताव स्वीकार

कुनै पनि सञ्चारमाध्यममा हाम्रा समाचार वा अन्य सामग्रीको प्रयोग गर्नु अघि अनिवार्य रुपमा अनुमति लिनुपर्नेछ । अन्यथा प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार कानूनी कार्वाही हुने जानकारी गराईन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक – संजिव बिक्रम साह
समपादक – मिथलेश कुमार साह
सह संयोजक – राम शंकर भण्डारी
कार्यकारी निर्देशक – विजय कुमार सिंह

सूचना तथा विभाग दर्ता नं.

कार्यालय सम्पर्क

चाबहिल काठमाडौँ
Dainik Sanjal Media Pvt. Ltd.

शाखा कार्यालय

गोलबजार नगरपालिका – ४
Tel. +९७७ – ३३-५४०४९१

विज्ञापनका लागी सम्पर्क

Email – dainiksanjal9@gmail.com
Mob +९७७,९८११७६१२१८
Mob +९७७,९८४७३४४१४४ 

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.

No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.