• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

करारका इन्जिनियर डोमि यादबको अकुत सम्पति : ७ बर्षमा १२ ठाउँमा जग्गा जमिन र झण्डै २० करोडको सम्पति

करारका इन्जिनियर डोमि यादबको अकुत सम्पति : ७ बर्षमा १२ ठाउँमा जग्गा जमिन र झण्डै २० करोडको सम्पति
Share on FacebookShare on Twitter
सिरहा । एक करारको कर्मचारीले ७ बर्षमा १२ ठाउँमा जग्गा जमिन र झण्डै २० करोडको सम्पति जोडेको भन्दा पत्यार नलाग्न सक्छ, तर सिरहाको एक करारका ईन्जिनीयरले झण्डै २० करोडको सम्पति जोडेको खुलासा भएको छ ।
करार इन्जिनियर भएर सरकारी सेवामा प्रवेश गरेको ७ वर्षमा काठमाडौँ सहित १२ स्थानमा जग्गा किन्न सफल भएको इन्जिनियर माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पति शुद्धिकरण आयोगमा अकूत सम्पतिको मुद्दा दायर भएको छ ।
स्थानीय तह गठन भएको वि.सं. २०७४ सालको स्थानीय चुनावपछि करार सेवाको करार इन्जिनियरमा प्रवेश गरेका सुखीपुर नगरपालिका वडा नम्बर ७ स्थायी घर भएका इन्जिनियर डोमी यादवले काठमाडौँ लगायत १२ स्थानमा घर जग्गा खरिद गरेको प्रमाण सहित खुलासा भएको छ।
सिरहा जिल्ला सुखीपुर नगरपालिकाका करार इन्जिनियरको रुपमा कार्यरत यादवले ७ वर्षमा काठमाडौँ, गोलबजारमा घडेरीसहित घर र बिभिन्न फरक फरक स्थानमा करोडौँको जग्गा लगायत केहि ट्रिपर जोडेको सम्बन्धमा पक्राउ गरी छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सम्पति शुद्धिकरण आयोगमा मुद्दा दायर गरिएको हो ।
इन्जिनियर यादवले काठमाडौँ उपत्यका भित्र ललितपुरमा २ किता, किता नम्बर ४०४५ र २०७२ को जग्गा उपत्यका भित्र रहेको र उक्त जग्गाको हालको मूल्य झन्डै ६ करोडको रहेको अनुमान समेत गरीएको छ।
क्रमश किता नम्बर ११९२ र ११९१ , गोलबजारमा नगरपालिका भित्र रहेको अन्दाजी मूल्य झन्डै २ करोडको रहेको र गोलबजारको मुख्य स्थानमा १७ धुर जग्गामा अन्दाजी ५ करोडको घर रहेको खुलेको छ। साविक सिरहाको सिग्राही मटिअर्वामा रहेको जग्गाको किता नं १०१९ र १०१८ रहेको छ। उक्त जग्गाको अन्दाजी १ करोड रहेको छ।
कित्ता नम्बर यकिन नभएको लाहानमा २ किता रहेको जग्गा अनुमानित रकम २ करोडको रहेको छ। जग्गाको कित्ता नम्बर यकिन नभएको गोलबजार चौकमा रहेको १७ धुरमा घर रहेको जग्गाको अन्दाजी रकम २ करोड रहेको छ। साथै, बिभिन्न व्यक्तिसंग ५ करोड भन्दा बढीको कपाली तमसुक र बैँक चेक राखेको समेत निवेदनमा उल्लेख गरिएको छ।
इन्जिनियर यादवको श्रीमती मनिषा यादव र सासु रेखा यादवको नाममा रहेको २ ओटा ट्रिपर रहेको तथा सो ट्रिपर नगरपालिकाको काम काजमा प्रयोग गरि मोटो रकम निकासा गर्ने गरेको पाइएको छ।
नगरपालिकाको सम्पूर्ण निर्माण र बजेट चलाउने काम निरन्तर रुपमा यादव आफुले नै हेर्दै आएको र खुलेआम कमिसनको बार्गेनिङ गर्दै आएको र सबै ठेक्का पट्टा आफन्तको निर्माण व्यवसायलाई पालिकाको कागज पत्र मिलोमतो गरि रकम निकासा गरेर असुली गर्दै आएको खुलेको छ।
एक गोप्य श्रोतका अनुसार, ठूला–ठूला नेताहरूको मिलोमतो र संरक्षणमा इन्जिनियर यादव अकूत सम्पति कमाउन सफल भएको बताउँछन्‌। साथै उक्त नेताहरूलाई चुनावको समय र बेला बखतमा चन्दा दिदैँ आफ्नो हालीमुहाली कायम राखेको श्रोतको दाबी छ।
उल्लेखित किता नम्बरको घर र जग्गा अधिकांश सम्पति आफ्नो श्रीमती मनिषा यादव, सासु रेखा कुमारी यादव लगायत आफन्तको नाममा लुकाएर पछि बकस पत्र गरि सम्बन्धित निकायलाई समेत झुकाएर आफूलाई दानमा आएको भन्दै आफ्नो र घर परिवारको नाममा राखेको प्रमाण सहित फेला परेको छ।
निज र निजको परिवार र ससुराली पट्टिको सम्प्रुण व्यक्तिहरूको बैंक खातामा झन् बढी रकम हुन सक्ने श्रोतले दाबी रहेको छ।
स्रोतलाई गम्भीर क्षति हुन सक्ने भएकोले यस समाचारमा श्रोत गोप्य राखिएको छ । (प्रमाण सुरक्षित छ) enewsbureau
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

नजिकिँदै ओली-प्रचण्ड, देउवालाई दबावमा राख्ने ओली रणनीति

नजिकिँदै ओली-प्रचण्ड, देउवालाई दबावमा राख्ने ओली रणनीति

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In